नेपाल बौद्ध परिवार कोरियाको अन्तरक्रिया कार्यक्रम l

सुरज गुरुङ्, सउल कोरिया l
  नेपाली दुतावास सउल र नेपाल बौद्ध परिवार द. कोरियाको संयुक्त आयोजनामा आगामी २०१३–०३–१० तारिखका दिन बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । 

गत आईतावार फेब्रूवरी २४ तारिखका दिन कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा र एन.बि.एफ. का पदाधिकारीहरु बिच भएको भेटघाट तथा छलफल अनुसार उक्त कार्यक्रम गर्ने निर्णय भएको हो । 

आगामी मे महिनको ११ तारिख बुद्ध जयन्तिको अवसर पारेर सउल स्थित नेपाली दुतावास र दोसन्सा गुम्बाको विशेष पहलमा बुद्धको जन्म स्थल लुम्बिनीमा रहेको अखण्ड ज्योति अथवा शान्तिको ज्योती ल्याई कोरियाका १०८ प्रमुख गुम्बाहरुमा राख्ने कार्यक्रम तय गरिएको छ ।

पछि लोटस लान्टेर्न फेस्टिवल (अन्तराष्ट्रिय शान्ति पद यात्रा) मा घुमाउने योजनालाई कसरी सभ्य, भव्य एवं व्यवस्थित रुपमा सफल पूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने मूल भूत विषयमा केन्द्रित रहेर छलफल हुने कुरा एन.बी.एफ. का अध्यक्ष ईश्वर गुरु ले बताउनु भएको छ । 

नेपाली दुतावास सउल र देसन्सा गुम्बा बिच केहि महिना अघी भएको सम्झौता अनुसार सो ज्योती ल्याउने भएको हो । यीनै उद्देश्य र योजनालाई विशेष मध्य नजर राख्दै यो कार्यक्रम हुन लागेको हो ।ज

ेविश्वमा छरिएर रहेका नेपाली र नेपालकै पहिचानलाई अझ उचाईमा पु¥याउने भएको हुनाले द. कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायलाई समेट्ने गरि यो छलफल कार्यक्रम गर्न लागिएको कुरँ महामहिम राजदुत कमानसिंह लामाले बताएका छन् । 

तसर्थ द. कोरियाका विभिन्न संघसंस्था एवं सम्पूर्ण नेपाली समुदायका विच बृहत रुपमा छलफल तथा अन्तरक्रिया गरि उत्कृष्ट सल्लाह सुझाबको लागि सबै कोरियाली नेपालीलाई अनुरोध छ ।

साथै बिभिन्न सहयोग लिनु पर्ने आवश्यकता महसुस भएकोले द. कोरियाका सम्पूर्ण संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधि र नेपाली दाजुभाई दिदीबहिनीहरुमा उपस्थित भै दिनुहुनका लागि नेपाली दुतावास सउल र नेपाल बौद्ध परिवार ले संयुक्त रुपमा अनुरोध गरेको छ ।

मितिः २०१३–०३–१० तारिख आईतावर
समयः दिनको १२:00 बजे
स्थानः नेपाली दुतावासको सभाहल सउल 

Related

korea 7243056183538801219

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item