कोरियामा नेपालीलाई पुरस्कार l

मीनप्रकाश उप्रेती, सउल, दक्षिण कोरिया l
 दुई बर्षदेखि कोरियामा माहुरी अनुसन्धानमा लागेका काठमाण्डौ बौद्धका डा. रत्न थापालाई कोरियामा पुरस्कार थाप्न भ्याई नभ्याई छ । दिनहुँ बिहान आठ बजेदेखि साँ‌‌झ छ बजेसम्म उनी माहुरीको अनुसन्धानमै ब्यस्त हुन्छन । यसबाट पाएको उपलब्धिमा थापा मख्ख छन । सबै उपकरणले भरिएको कोरियामा बसेर नेपालमा उपयोगी हुने माहुरी अनुसन्धान गर्न पाउनु राम्रो अवसर भएको थापा बताउँछन ।
यसअघि थापा थाईल्याण्डमा कृषिबिषयका प्राध्यापक थिए । उनको दक्षताको कदर गर्दै कोरियाली सरकारले अनुसन्धानको लागि कोरिया बोलाएको थियो । कोरियमा माहुरीको उत्पादन सन २००७ देखि ह्रास हुँदै गएपछि कोरियन सरकारले त्यसको अनुसन्धानमा जोड दिन थालेको थापा बताउँछन । हाल नब्बे प्रतिसत मृत्युदरलाई घटाएर दस प्रतिसतमा झारेकोमा तीन जाना कोरियन नागरिकसंगै डां .थापालाई “Excellent Scientific Contribution to Korean Apiculture” ले सम्मान गरिएको छ ।

Department of Agricultural Biology, National Academy of Agricultural Science, RDA, Suwon, South Korea ले थापा लगाएतको टोलिलाई सम्मान गरेको हो । थापाले दुई बर्षको अबधिमा कोरियन सरकारको आधा दर्जन बढि सम्मान, अवार्ड र पुरस्कार पाईसकेका छन । थापा नेतृत्वको उक्त टोली अहिले रानी माहुरीको संख्या कसरि बढाउन सकिन्छ भन्ने अनुसन्धानमा लागेको छ ।

नेपालमा माहुरी उत्पादनको धेरै सम्भावना रहेको थापा बताउँछन । 'यहाँ अनुसन्धानबाट प्राप्त सीप र ज्ञान नेपालमा लगानी गर्ने छु,’ थापाले भने-’ 'लामो समय यहीँ बसेर अनुसन्धानमा सघाउन कोरियाले अनुरोध गरेको भएपनि म नेपाल नै फर्कन चाहान्छु, उहाँहरुको प्रस्तावलाई मैले अस्वीकार गरिसकेँ ।’

Related

korea 6094153053173568370

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item