कोरिया पुगेका ३३ नेपाली इन्छन एअरपोर्टबाटै फर्काइए (नामावली सहित )
https://nnkorea.blogspot.com/2013/02/blog-post.html
काठमाडौं ।
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् ।
सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ ।
ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् ।
नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’
कसरी प्रयोग भयो नक्कली पासपोर्ट ?
सामान्यतया नक्कली पासपोर्ट प्रयोगकर्तालाई नेपालको कानुनले दण्डनीय बनाएको छ । सम्पूर्ण प्रकृया सरकारी तहबाटै संचालन हुने एपीएसमा नक्कली पासपोर्ट प्रयोगकर्ता कसरी छानिए त ? थापाले भन्नुभयो- पहिले त्यहीं बसेर फर्किएका नेपालीहरुले पासपोर्ट हरायो भनेर नयाँ नाममा पासपोर्ट बनाएर गएका होलान, त्यहाँ बायोमेटि्रक प्रणालीअनुसार उनीहरुको रेकर्ड रहने हुनाले पुरानोसँग मिल्नासाथ फर्काएको होला ।’ कोरिया सरकारले यी ब्यक्तिलाई फर्काएका छौं भनेर जानकारी मात्र गराउने तर के कारणले फर्काइयो भनेर बिस्तृत जानकारी नदिने कारणले फर्किनेहरुको कसुरको प्रकृति स्पष्ट हुन नसकेको थापाले बताउनुभयो ।
कोरियाको विमास्थलमा अध्यायमनले बायोमेटि्रक्स सिस्टममा आँखाको नानी र औठा छापको चेक गर्ने गरिन्छ । ‘नागरिकता र पासपोर्ट लिएर आएपछि हामीले अरु हेर्ने सिस्टम छैन’ थापाले भन्नुभयो-’तर, बायोमेटि्रक्स सिस्टममा नयाँ र पुरानो तुलना गर्दा मिल्नासाथ फर्काइदो रहेछ ।’ यसरी विमानस्थलबाटै फर्काइएकाहरु पुनः कोरिया जान नपाउने र गैरकानुनी रुपमा जान खोजे कोरियाको इमिग्रेसनले रोक्ने उहाँको भनाई छ ।
बैधानिकरुपमा बसेर फर्किएकाहरुलाई पुनः भाषा परिक्षामा भाग लिएर इपिएस अन्र्तगत कोरिया जान छुट दिइएको भएपनि तोकिएको समयभन्दा बढि गैरकानुनीरुपमा बसेका र त्यहाँ अपराधको अभियोग लागेर फर्किएकाहरु भने कोरिया जान पाउँदैनन् ।

Post a CommentDefault CommentsFacebook Comments