काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा संरक्षक र सल्लाहकारहरू चयन
https://nnkorea.blogspot.com/2013/03/blog-post_20.html
सम्पूर्ण सदस्यहरूलाई मासिक लेवि बुझाउन अनुरोध
काभ्रे सम्पर्क समिति दक्षिण कोरिया(KCC KOREA)को दोश्रो साधारण सभा पछिको पहिलो पूर्ण बैठक मार्च १७ तारिक आईतवार सउलमा सम्पन्न भएको छ l उक्त समितिका नवनिर्वाचित अध्यक्ष श्री मन महेश भुजेलको अध्यक्षतामा बसेको बैठकले दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण काभ्रे जिल्लावासी हरुलाई समेट्दै अन्य संघ संस्थाहरु संग प्रगाढ भाइचाराको सम्बन्ध विकास गरि हातेमालो गर्दै जाने र बिगत देखि नै प्रवासी भूमि दक्षिण कोरियामा मात्र नभएर गृहजिल्ला काभ्रेपलान्चोकमा समेत गर्दै आइरहेको सामाजिक परोपकारी कामहरुलाई निरन्तरता दिने र सक्दो सहयोग गर्दै जाने योजनाअनुसार जिल्लाका बिभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रमा शिक्षा र स्वास्थ्य संग सम्वन्धित विषयमा सहयोग गरिने निर्णय गरेको छ र त्यसकोलागि संस्थामा आबद्ध सदस्यहरूले अनिवार्य रूपमा २०१३ जनावरी १ देखि मासिक लेवि रकम महिनाको ५०००/- पाँच हजार कोरियन वन का दरले प्रत्येक तीन महिनामा एक पटक (१५०००/-) पन्ध्र हजार वन वुझाउनुहुन आनुरोध गरिन्छ । साधारण सभामा सदस्यता परिचय पत्र लिने समयमा तिरेको १०,०००/- दश हजार वन जनवी र फेब्रुअरी महिनाको लेविको रूपमा लिईएकोले परिचय पत्र लिई सक्नु भएका सदस्यहरूले मार्च महिना देखिको लेविबुझाउनुहोला लेवि बुझाउनको लागि समितिका पदाधिकारीहरुको सम्पर्क नं तल दिईएको छ सम्पर्क गरि बुझ्नसक्नु हुनेछ वा समितिको फेसबुक kavresamparkasamiti @facebook.com मा message गर्नु भएपनि हुन्छ । लेबि बाट उठेको जम्मा रकमको ३५% रकम कोरियामा आईपर्ने बिभिन्न समस्याहरूमा सहयोग पुर्याउने उद्धेश्यले आपत्कालिन राहत कोषमा जम्मा गर्ने र बाँकी ६५% रकम जिल्लामा सामाजिक सहयोगका कार्यमा लगाउदै अगाडी बढ्ने योजना तय गरेको हुँदा कोरियामा रहनु भएका सम्पूर्ण काभ्रेपलान्चोक वासीहरू एकतावद्ध हुदै प्रवासमा मात्र नभएर मातृभूमि गृहजिल्लाको शैक्षिक,आर्थिक र सामाजिक विकासका लागि पनि केहीगर्नु पर्दछ भन्ने सोचका साथ संस्थाको सक्रिय निरन्तरताको लागि यहाँहरु सबैले सहयोग गरि संस्थामा आबद्धभईदिनुहुन समितिले हार्दिक अपिल गरेको छ । समितिले आर्थिक,सामाजिक बिषय लगायत संस्थाको भावियोजना तयगरी तपसिल बमोजिम संरक्षक,सल्लाहकारहरु चयनगरेको छ l
# संरक्षक :- श्री कमान सिंह लामा ( महामहिम राजदूत ,कोरिया)
१,बरिष्ठ सल्लाहकार:- श्री यम प्रसाद श्रेष्ठ ( कासस संस्थापक अध्यक्ष )
२, " सल्लाहकार :- श्री राजेश लामा ( समाज सेवी तथा व्यावसायी )
३, सल्लाहकार :- श्री अशोक मैनाली ( नेपमसकोशा सचिव )
४, सल्लाहकार :- श्री देव सिंह तामाड० (नेतासको भूपू सचिव)
५, सल्लाहकार :- श्री हरिकृष्ण श्रेष्ठ (एनआएन कोरिया के सदस्य)
६, सल्लाहकार :- श्री पेमा लामा (काससदको संस्थापक सदस्य)
७, सल्लाहकार :- श्री राजदाश श्रेष्ठ ( काससदको सदस्य)
८, सल्लाहकार :- श्री केदार प्र काफ्ले ( काससदको सदस्य )
९, सल्लाहकार :- श्री दिनेश शाह ( आसेसदको भूपू अध्यक्ष )
१०, सल्लाहकार :- श्री सागर लामा (नेतासको उपाध्यक्ष)
११, सल्लाहकार :- श्री मिड०मार लामा (काससदको भूपू सह सचिव)
कार्यसमिति पदाधिकारीहरू र सम्पर्क नं :-
१, अध्यक्ष :- मन महेश भुजेल ०१०५३२७४८८६
२, उपाध्यक्ष :- गणेश तिमल्सिना ०१०४२६३८०२२
३, उपाध्यक्ष :- गोविन्द गौतम ०१०५९५००५६३
४, सचिव :- मनहरी ढकाल ०१०३०६५२२३०
५, सहसचिव :- रामहरी पाण्डे ०१०७२६४७१५५
६, कोषाध्यक्ष :- सन्ध्या वुद्धाचार्य ०१०७२१९३४१९
७, सदस्य :- दिपक चापागाई ०१०२१८०५३५०
८, सदस्य :- विजय सापकोटा ०१०४८३७४८८६
९, सदस्य :- वद्रीनारायण श्रेष्ठ ०१०४६९४६८३०
१०,सदस्य :- प्रकाश अधिकारी ०१०८६८२७२६५
११, सदस्य :- सिताराम तिमल्सिना ०१०२१७९९९५५
१२, सदस्य :- राजकुमार थपलिया ०१०७२१४३२६५
१३, सदस्य :- रवि तिमल्सिना ०१०४९६४३१५४

Post a CommentDefault CommentsFacebook Comments