इशानी श्रेष्ठ बनिन् मिस नेपाल l

१७  सुन्दरीलाई पछि पार्दै  इशानी श्रेष्ठ  यस वर्षकी नेपाल सुन्दरी घोषित भएकी छिन्। काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यको प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट रनर अप रोजिशा शाही ठकुरी  भएकी छिन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। सेकेन्ड रनर अप घोषित  श्रीतिमा शाहले मिस इन्टरनेसनल  सहभागिता जनाउने छिन्।
विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार रुपैयाँ नगद र एउटा अपार्टमेन्ट पाउनेछन्।मिस फोटोजेनिक श्रीतिमा शाह, पन्क्चुआलिटी मेघना श्रेष्ठ, ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, बेस्ट वाक इशानी श्रेष्ठ, ट्यालेन्ट सिपोरा गुरुङले जितिन्। एसएमएसमा बढी मत पाएर मिस बब्ली उपाधि अस्मिता सिटौलाले जितिन्।

Related

news 6160753649465979044

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item