दक्षिण कोरियामा साइबर आक्रमण ?
https://nnkorea.blogspot.com/2013/03/blog-post_6579.html
दक्षिण कोरियामा बुधबार साइबर आक्रमण भएको अनुमान गरिएको छ। त्यहाँका प्रमुख प्रसारण संस्थाहरु र बैँकहरुका कम्प्युटर नेटवर्क ठप्प भएका छन्। प्रहरी र सरकारी एजेन्सीहरुले साइबर आक्रमणको शंकामा अनुसनधान गरिरहेका छन्।
उत्तर कोरियाका वेबसाइटहरु दक्षिण कोरिया र अमेरिकाले गरेको साइबर आक्रमणका कारण बन्द भएको भनी प्योङयाङले लगाएको आरोपको केही दिनपछि यस्तो भएको हो।
दुई देशबीच अहिले तनाव बढ्दो छ।
दक्षिण कोरियाका दुई प्रसारण संस्था केबीसी र एमबीसीले अपराह्न दुई बजे आफूहरुको कम्पनीका सबै कम्प्युटरहरु बन्द भएको बताए। त्यसैगरी वाइटिएन केबल न्युज च्यानलले पनि आफूहरुको आन्तरिक कम्प्युटर नेटवर्क पूरै ठप्प भएको बताएको छ lनागरिक

Post a CommentDefault CommentsFacebook Comments