तामाङ सघं कोरियाद्धारा शव नेपाल पठाउन आर्थिक सहयोगको लागी हार्दिक अपिल l

विकास मोक्तान सउल कोरिया
१० महिना अघि विधार्थी भिषामा पढार्इको शिलशिलामा जापान पुगेकी काभ्रे जिल्ला मंगलटार गा. वि. स. वडा नं. ९ पिन्थली गाउकी २२ वर्षकी सानु कुमारी तामाङ (सविना दोङ काली)को २०१३ मार्च ७ तारीकका दिन अकस्मात निधन छ l मृतकका बाबा आमाले आफ्नो प्राण भन्दा प्यारो मुटुको टुक्राको मुख अन्तिम चोटी हेर्ने इच्छा व्यक्त गरेकोले उक्त शवलार्इ नेपाल पठाउन नेपाली ११/१२ लाख रूपया चाहिने हुदा जापानको एम वि सी र जापानको सघं सस्थावाट गरिएको सहयोग रकम नपुग भएको हुदा विश्वका विभिन्न देशहरूमा भएका संघ संस्थालार्इ सहयोगको लागी अनुरोध गरिएको छ l यसैक्रममा नेपाल तामाङ सघं दक्षिण कोरियाले मानवताको नाताले शवलार्इ नेपाल पठाउन आर्थिक सहयोग गर्दै कोरियामा रहेका सम्पुर्ण सघं सस्था तथा नेपाली दाजुभार्इ दिदीवहीनीहरूलार्इ सहयोगको लागी  हार्दिक अनुरोध गरिएको छ  ।

मृतका बाबाका भनार्इ अनुसार छोरी पढार्इमा मेहनती र तेज भएको हुदा उसको सुनैलो भविष्यको लागी ऋण खोजेर जापान पढ्न पठाएका थियौ तर उनको भविश्य सुनैलो त परार्इ जावस हाम्रो जीन्दगी पनि अध्यारो र दुःखमय भएको छ । जापान पढ्न पठाउदा लागेको ऋण अझै तिर्न वाँकी छ उक्त ऋण तिर्न घर वारीनै वेच्नुपर्ने अवस्था आएको छ । जीवनमा यस्तो होला भनेर सोचेका पनि थिएनै तर भैदियो भाग्यले साथ नदिए पछी यस्तो हुदो रहेछ भन्दै दुःख व्यक्त गरेका थिए।
उक्त घटनाको कसरी भयो भनी बुझ्नको लागी जापानमा भएका व्यक्तिहरू शन्तु लामा (०८१ ०८०३२४८५६१०), कमल तामाङ (०८१ ०८०३३७४८३४८,) धर्म तामाङ (०८१ ०८०३९५४८५४७) लार्इ सम्पर्क गर्न सक्नुहुनेछ भने कोरियामा नेपाल तामाङ सघं दक्षिण कोरीयाका पदाधिकारी तथा उक्त घटनाका आर्थिक संकलन संयोजक नेपाल तामाङ सघं दक्षिण कोरीयाका सदस्य चित्र मोक्तानलार्इ ०१०५९५०१९१७ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै सहयोग गर्न चाहनुहुने महानुभावहरूले I B K BANK A/C NO 299068-840-001011 मा CHITRA MOKTAN को खातामा रकम जम्मा गरीदिनुको लागि अनुरोध गर्नु भएको छ ल
नोट:
केही सघं सस्थावाट र व्यक्तिहरूवाट सहयोग रकम प्राप्त भैसकेको र सहयोग रकम आउनेक्रम जारी भएकोले सम्पुर्ण सहयोगीदाताहरूको नामवली विवरण पछी सार्वजनीक गरीनेछ ।

Related

korea 5558733680339153901

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item