किम्हेमा खेलकुद समितिले भलिबल प्रतियोगिता गर्ने l

निर्मल थपलिया किम्हे, दक्षिण कोरिया l
किम्हे मैग्रंट्स हाउस अन्तर्गत रहेको प्रबासी खेलकुद समिति, किम्हेले 'मैग्रंट्स रनिङ्ग कप भलिबल 'प्रतियोगिता गर्ने भएको छ । किम्हेको मैग्रंट्स हाउसमा बसेको प्रबासी खेलकुद समितिको नियमित बैठकले सो निर्णय गरेको हो । बिभिन्न देशबाट कामको लागि कोरियाको किम्हे क्षेत्रमा आएको भलिबल खेल रुचाउने कामदारहरुको बिचमा बिगत केहि बर्ष देखि यस्तो प्रतिस्पर्दा हुदै आएको छ । गत बर्ष सो कप को बिजेता खजेदो ए नेपाली टीमले इन्डोनेसिया लाई पराजित गरि कप हासिल गर्न सफल भएको थियो । नेपाली नयाँ वर्ष बि.स. २०७०  को अवसरमा गर्न लागिएको भलिबल प्रतियोगिता नेपाल सम्पर्क समिति (एन सी सी) बुसानले अप्रिल १४ मा गर्ने सास्कृतिक कार्यक्रमको निश्चित गरे पछि सो कार्यक्रमलाई असर नपर्ने गरि गर्न सो कार्यक्रम पश्चात गर्ने भएकोले इच्छुक भलिबल टीमले अप्रिल १४ अगाडी नै आफ्नो टीम दर्ता गराउन सकिने कुरा प्रबासी खेलकुद समितिका अध्यक्ष सुशील गौचनले बताउनु भयो साथै स्थान र समय बारे बुसानको संस्कृतिक कार्यक्रममा जानकारी दिने पनि बताउनु भयो । सो प्रतियोगिता बिगतको बर्षहरुमा एन सी सी (बु उल ख्यंग) हुदै एन आर एन कोरियाको क्षेत्रीय समितिले गर्दै आएको थियो । मैग्रंट्स रनिङ्ग कप भलिबल प्रतियोगितालाई ब्यबस्थित गर्न एन आर एन क्षेत्रीय समितिका अध्यक्ष मधु सुधन महतको संयोजकत्वमा ७ सदस्यीय ब्यबस्थापन समिति चयन गरेको छ ।

Related

korea 2771589891383291987

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item