दोङ्देमुनमा बिसौनी समुहको लाईभ दोहोरी सांझ हुने l

-नमस्ते नेपाल कोरिया सम्वाददाता l
२०१३ मार्च १६ तारिक शनिबार साँझ दोङ्देमुन स्थित फर्स्ट नेपाल रेष्टुरेण्टमा 'बिसौनी समुह’को बिषेश प्रस्तुतीका साथ लाईभ दोहोरी सांझ हुने भएको छ। 

कोरियामा नेपाली लोकधुन तथा लोक दोहोरी गायनमा नेपालीहरु माझ मन छुन सफल रहेको बिसौनी समूहले नेपाली मौलिक पहिचान बोकेको लोकप्रिय लोकगीतहरु प्रस्तुत गर्ने जानकारी फर्स्ट नेपाल रेष्टुरेण्टका प्रवन्धक टिका गौतमले बताउनु भएको छ l  कोरियामा रहेका लोकगित पारखिहरुको लागी यो सुनौलो अवसर पनि हो l बिसौनी समुहका गायक सि.पी.मगरले पनि यस प्रबासी भूमि कोरियामा आफ्नो समुहले नेपाली पहिचान झल्काउने ठेट लोकगीतहरु सुनाउन सधै लागिपर्ने बताउनु भएको छ lउहांले बेलुका ८: ३० बजे देखि सुरु हुने सो लोक दोहारी साँझमा नेपाली माटो अनि नेपालीपनको झझल्को दिलाउने लोकगीतमा झुम्ने चाहना भएका कोरियामा रहेका नेपाली साथिहरुलाई उपस्थित हुन् अनुरोध पनि गर्नु भएको छ l 

मिति : १६ मार्च २०१३ 
समय : बेलुकी ८ : ३० बजे 
स्थान : फर्स्ट नेपाल रेष्टुरेण्ट ,दोङ्देमुन l 
दक्षिण कोरियाका चर्चित बिसौनी समुहका कलाकारहरु 

Related

korea 3102735114693177631

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item