दिल शोभा श्रेष्ठ सम्मान कार्यक्रमको तयारी पूरा l

रमेश खावाजु ,कोरिया l
दक्षिण कोरियामा आउंदो मार्च १७ तारिखका दिन १०३ औं नारी दिवसको अवसरमा वोमन फर वोमन, भिजन नेपाल नेटवर्क र नेपाल कोरिया न्युजले संयुक्त रुपमा दोङ्देमुनको ग्यङदोङ चर्चमा आयोजना गर्न लागेको समाजसेवी दिल शोभा श्रेष्ठ सम्मान कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको छ l  दक्षिण कोरियाको नेपाली सम्पर्क समिति , नेवा पुचः,  नेपाल तामाङ संघ लगायत अन्य संस्थाहरुले समाजसेवी दिल शोभा श्रेष्ठले नेपालमा बेसाहारा वृद्धा आमाहरुको सेवा अनि गरिब बालबालिकाहरुको लागी शिक्षाको ब्यबस्था गरिदिए वापत सम्मान गर्न लागेको नेपाल कोरिया न्युजका संचालक  पुरु जोशीले बताए l 
दिल शोभा श्रेष्ठ दक्षिण कोरिया आईपुगिन्
सुन्दर ह्र्दय भएकी नारी दिल शोभा श्रेष्ठ दक्षिण कोरिया आईपुगेकी छिन् । उनलाई स्वागत गर्न वोमन फर वोमनकी अध्यक्ष जुनु गुरुङ , भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था बिन्दु मल्ल, नेपाल कोरिया न्युजका संचालक पुरु जोशी र सम्पादक गिरीराज कुँवर इन्छन एयरपोर्ट पुगेका थिए ।  
वोमन फर वोमनका  अध्यक्ष जुनु गुरुङले मार्च १७ तारिख आईतबारमा हुने दिल शोभा सम्मान कार्यक्रममा  उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन हुन कोरिया रहेका नेपाली दाजुभाइ , दिदिबहिनीहरु तथा सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई अनुरोध गर्नु भएको छ l

मितिः २०१३ मार्च १७ ,आइतबार 
समयः ठीक १ बजे ।
स्थानः ग्यङदोङ चर्च
जाने तरिकाः दोङ्देमुन हिष्ट्री एण्ड कल्चर स्टेशन गेट नम्बर ४


साहसी  दिल शोभा श्रेष्ठ 
दिल शोभा श्रेष्ठ  सुन्दर ह्र्दय भएकी नारी हुन।   बि.सं .२००९ सालमा काठमाडौंको थानकोट स्थित नेवारी समुदायमा जन्मेका दिल शोभा श्रेष्ठको जिबन कहानी  मार्मिक छ l   सुन्दा कुनै रोचक कथाका पात्र झैं लाग्छ उनि l  जब उनी ३८ बर्ष कि थिइन् उनको श्रीमानले छोरा नपाएको निहुँमा घर छोडेर गएको थियो l  साथ साथै आफ्नै छोरीको बिहा गर्न जम्मा पारेको पैसा पनि उनीको श्रीमानले लगेका थियो l  जिन्दगीभर साथ् दिन्छु भनेर प्रेमबिबाह गरेको श्रीमानले नाटकीय पारामा घर छोड्दा बिचलित भएका  दिलशोभाले  एक्कासी बिष खाएर आत्महत्या गर्ने प्रयास सम्म गर्न पुगेका थिए l  तर साहसी दिल शोभा श्रेष्ठले  केही दिनको रुना धुना पछी यस्तो निर्णय गरिन जस्ले गर्दा आफ्नो छोरा छोरी तथा परिवारबाट निष्काशित बेसाहारा  बुढा बुढी तथा अनाथहरुको साहारा बनिन ।लगातार १४ वर्ष लामो सेवाका क्रममा करिब १ सय वृद्धा आमालाई स्याहार तथा ३० जना बालबालिकाहरूलाई पनि आश्रय दिएकी  छिन् । दिल शोभालाई कुनै समयमा लाग्थ्यो, मानिसको जिन्दगीमा बुढेशकालको साहरा कि छोराछोरी हुन्छ कि लोग्ने हुन्छ तर उनीको जीवनमा न छोरा थियो न त लोग्ने नै थियो तर उनलाई अन्त्यमा जिन्दगीले पाठ पढाएर छोड्यो कि बुढेशकालको साहारा कुनै नातागोता भन्दा पनि निस्वार्थ सेवाको भावना हो। त्यसैले उनि भन्ने  गर्थिन  "मरेपछी गर्ने श्राद्ध भन्दा बाचुन्जेल श्रद्धा गरौ"।





Related

korea 3108239138741311205

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item