लुम्बिनीबाट ‘शान्तिद्धीप’ कोरिया ल्याइने l
https://nnkorea.blogspot.com/2013/03/l_19.html
देवेन्द्र सम्बाहाम्फे , दक्षिण कोरिया l
‘शान्तिद्धीप’ नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अप्रील १९ मा थाई एयरवेजको चार्टर बिमानबाट इन्छन एयरपोर्टमा पुर्याउने योजना रहेको छ । दाहाल बृहत्तर लुम्बीनी बिकासकोषका अध्यक्ष पनि हुन् ।
शान्तद्धीप प्रज्वलनका लागि नेपालमा मनाङ जिल्ला विकास समाजका अध्यक्ष कपिल लामाको अध्यक्षतामा १ हजार ८ सदस्यीय नागरिक समिति गठन गरिएको छ भने छिट्टै सरकारी स्तरमा उच्चस्तरीय शान्तद्धीप हस्तान्तरण समिति समेत गठन गरिने भएको छ । यसरी नै कार्यक्रमलाई भब्य र सभ्य बनाउन कोरियामा पनि नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा बिभिन्न संस्थाका प्रतिनीधिहरु रहने गरी ब्यवस्थपन समिति गठन गरिएको छ ।
शान्तद्धीप प्रज्वलन कार्यक्रममा करिब ५ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । नेपाली पक्षले लुम्बिनीमा पूजापाठ गर्दा लाग्ने खर्च मात्र ब्यहोर्नु पर्नेछ । प्लेन चार्टर गर्दा लाग्ने २ करोड रुपैया सहित कोरियामा लाग्ने सबै खर्च दोसन्सा गुम्बाले ब्यहोर्ने आयोजकहरुले समझदारी गरेका छन् ।
राजदूत कमानसिंह लामाले कोरियाली प्रायद्धीपमा शान्तिको सन्देस दिन र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्दै नेपालको पर्यटन प्रर्बद्धनमा जोड दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए । ‘दुईदेश बिच प्रचीनकालदेखि रहन्दै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै जन स्तरसम्म पुर्याउने लक्ष राखेका छौं’ राजदूत लामाले ई-कान्तिपुरसंग भने ‘यस पवित्र कार्यलाई सफल बनाउन सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु’ ।
लुम्बिनीबाट ‘शान्तिद्धीप’ कोरिया ल्याइने भएको छ । सोलस्थित नेपाली राजदूतावबस र दोसन्सा गुम्बाको संयुक्त प्रयासमा ल्याउन लागिएको‘शान्तिद्धीप’ बुद्ध जयन्तीको अवसर पारेर दुईदिन मनाइने लोटस लाल्टीन फेस्टभलमा घुमाउन र १०८ बौद्ध बिहारहरुमा स्थायीरुपमा प्रज्वलन गरिने छ । कोरियामा चीनीयाँ पात्रो अनुसार बुद्ध जयन्ति मे ११ मा मनाउने गरिन्छ ।
‘शान्तिद्धीप’ नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अप्रील १९ मा थाई एयरवेजको चार्टर बिमानबाट इन्छन एयरपोर्टमा पुर्याउने योजना रहेको छ । दाहाल बृहत्तर लुम्बीनी बिकासकोषका अध्यक्ष पनि हुन् ।
शान्तद्धीप प्रज्वलनका लागि नेपालमा मनाङ जिल्ला विकास समाजका अध्यक्ष कपिल लामाको अध्यक्षतामा १ हजार ८ सदस्यीय नागरिक समिति गठन गरिएको छ भने छिट्टै सरकारी स्तरमा उच्चस्तरीय शान्तद्धीप हस्तान्तरण समिति समेत गठन गरिने भएको छ । यसरी नै कार्यक्रमलाई भब्य र सभ्य बनाउन कोरियामा पनि नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा बिभिन्न संस्थाका प्रतिनीधिहरु रहने गरी ब्यवस्थपन समिति गठन गरिएको छ ।
शान्तद्धीप प्रज्वलन कार्यक्रममा करिब ५ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । नेपाली पक्षले लुम्बिनीमा पूजापाठ गर्दा लाग्ने खर्च मात्र ब्यहोर्नु पर्नेछ । प्लेन चार्टर गर्दा लाग्ने २ करोड रुपैया सहित कोरियामा लाग्ने सबै खर्च दोसन्सा गुम्बाले ब्यहोर्ने आयोजकहरुले समझदारी गरेका छन् ।
राजदूत कमानसिंह लामाले कोरियाली प्रायद्धीपमा शान्तिको सन्देस दिन र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्दै नेपालको पर्यटन प्रर्बद्धनमा जोड दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए । ‘दुईदेश बिच प्रचीनकालदेखि रहन्दै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै जन स्तरसम्म पुर्याउने लक्ष राखेका छौं’ राजदूत लामाले ई-कान्तिपुरसंग भने ‘यस पवित्र कार्यलाई सफल बनाउन सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु’ ।
Post a CommentDefault CommentsFacebook Comments