कोरियन चिकित्सकद्धारा निशुल्क उपचार हुने l

देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया l
कोरिया नेपाल एशोसीएसन  र जीओस्ट नामक संस्थाको  संयुक्त  प्रायोजनमा नेपालमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । थेगुस्थित दोङ सान,योसेप र कीम एण्ड सोङ अस्पतालका  बिशेषज्ञहरु संलग्न सो स्वास्थ्य शिविरमा  आगोले पालेको  र  जन्मदै खुंडो परेकाको  निशुल्क प्लास्टीक सर्जरी  गरिने अस्पताल श्रोतले जनाएको छ  ।

चैत्र १० देखि  १३ सम्म  सुष्मा  कोइराला मेमोरीय अस्पताल सांखुमा  संचालन हुने स्वस्थ्य शिविरमा कोरिया नेपाल एशोसीएसनका अध्यक्ष कीम दक यङ, डा . राजेशचन्द्र जोशी, प्रो. सोन दे गु,डा. ये छोन हो, डा. क्वन ह्यक जुन, डा.जो थे ही, डा. पार्क इन जाले सेवा प्रदान गर्नेछन् ।

दैनिक  ५० जना बिरामीको स्वास्थ्य परीक्षण गर्ने र बिपन्न वर्गलाई प्राथमिकता दिइने डा . राजेशचन्द्र जोशीले बताए  । दोङसान अस्पतालले बिगत  १०  बर्षदेखि नेपालको बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन  संचालन गर्दै आएको छ ।

Related

news 2201490079585363413

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item