नमस्ते नेपाल महोत्सव २०१३ भब्यतासाथ सम्पन्न l
https://nnkorea.blogspot.com/2013/03/l_21.html
एन आर एन कोरियाद्वारा हार्दिक धन्यवाद ज्ञापन
२०१३ मार्च १७ आइतबारमा सउल ग्लोबल कन्सर्ट र सउल खुला बजारको आयोजनामा कोरियाको राजधानी सउलस्थित ग्वाङह्वामुन सेजोङ रोडमा एन आर एन कोरियाको प्रतिनिधित्वमा भएको "नमस्ते नेपाल महोत्सव २०१३ "भब्यतासाथ सम्पन्न भएको छ l
सउलको मुटु भनेर चिनिने ग्वाङह्वामुनको सेजोङ पथलाइ प्रत्येक आइतबार गाडि रहित पथ बनाउने उद्देश्यले कोरिया स्थित विदेशी कम्युनिटिहरू र कोरियनहरू विच सम्बन्ध गाँस्नुको साथै एक अर्काको संस्कृति, भेषभुषा र आफूसँग भएका अन्य सामग्रिलाइ साटा साट र सस्तो मूल्यमा विक्रि गर्नुका साथै दान दिन सकिने जस्ता मूल उद्देश्य बोकेर आयोजना गरेको उक्त महोत्सबमा पचास हजार भन्दा बढि स्वदेशी तथा विदेशीहरूको उपस्थिति रहेको थियो । खुल्ला बजार तर्फ १३ वटा देश, खानेकुरामा ८ वटा देश, ग्लोबल कन्सर्टमा ३ वटा देश साथै थुप्रै कोरियन संघ संस्थाहरूले भाग लिएका थिए ।
यस महोत्सबमा नेपालले मात्र माथिका ३वटै क्षेत्रमा भाग लिएको थियो भने यसको प्रतिनिधित्व एन आर एन कोरियाले गरेको थियो । पर्यटक सूचना केन्द्र, फोटो र हस्तकला प्रदर्शनि, खानाका परिकार लगायत ६वटा स्टल सहित ४वटा सास्कृतिक कार्यक्रम प्रदर्शनि भएका थिए । जस्को शुरूवात विसौनी समुहको लोक धुनले गरेको थियो भने गडगडाहट तालीका साथ नचाएको र मगर संघका २ जोडीको झ्याउरे नाचले अर्को छुट्टै मौलिकता प्रस्तुत गरेको थियो । यसैगरि लिम्बु समुदायको च्याब्रुङ नाच र राइहरूको साकेला नाचले महोत्सबलाइ थप रोचक र आकर्षक बनाएको थियो । त्यस्तै नेपाल चिनाउने सगरमाथाको पोस्टर र नेपाल सम्बन्धि पर्यटन सामग्री लगायत नेपाली खाना स्टलमा मानिसहरूको उस्तै भिड रहेको पाइयो । नेपालको पर्यटन प्रवर्धन तथा सांस्कृतिक आदानप्रदान र दुइ देश विचको कुटनैतिक सम्बन्ध साथै जनस्तरको सम्बन्ध दरिलो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा प्रष्ट छ ।
यसरि सबै क्षेत्रमा राम्रो सफलता मिल्नुमा नेपाली दूतावास, विभिन्न संघ संस्था तथा माथि उल्लेखित कलाकार तथा समुदायहरू, साथै यो महोत्सबमा सहभागिता जनाइ प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याइदिनुहुने नेपाली समुदाय, दाजु भाइ तथा दिदीबहिनीहरूलाइ एन आर एन कोरियाका अध्यक्ष के. पी. सिटौलाले धन्यबाद प्रकट गर्नुभएको छ । उहाँले आउँदा दिनहरूमा पनि कोरियाबासी नेपालीहरुको यस्तै सहयोग र उपस्थितिको अपेक्षा गर्नु साथै ,नेपाल र नेपालीको शिर उँचो बनाउन एन आर एन कोरिया पूर्ण प्रतिवद्ध रहने कुरा पनि बताउनभयो l

नमस्ते नेपाल फेस्टिभल २०१३ सउलका फोटोहरु हेर्नुहोस l
&
Post a CommentDefault CommentsFacebook Comments