अवैधानिक नागरिक फर्काउन नेपाललाई कोरिया सरकारको दवाव l

अशोक मैनाली ,सौल ,कोरिया l 
कोरिया सरकारले आफ्ना अवैधानिक नागरिक स्वदेश फर्काएर सहयोग गर्न नेपाल सरकारलाई पटल पटक दवाब दिएको खुलेको छ। कोरिया सरकारका प्रतिनिधिहरूले अन्य देशलाई जस्तै नेपाललाई पनी आफ्ना अवैधानिक नागरिक स्वदेश फर्काउन सहयोग गर्न धेरै पटक आग्रह गरेको सौल स्थित दूतावास स्रोतले नेपालकोरियाटाइम्सलाई बताएको छ। उक्त स्रोतले बताए अनुसार कोरियन सरकारको उच्च अधिकारी र नेपाल लगायत अन्य देशका कुटनितिक अधिकारीहरू संगको नियमित छफलमा यो बिषयलाई प्रमुखताका साथ उठाउंदै आएको छ। तर ती नियमित छलफल र भेटघाटहरुमा नेपालले आफ्ना नागरिक अवैधानिक हुनुमा कोरिया सरकार नै जिम्मेवार रहेको बताउंदै आएको दूतावासका एक अधिकारीले बताए। ‘कोरियालाई आवश्यक भएकोले नै हाम्रा नागरिकलाई काम दीइएको हो यदि तपाइहरूले काम दिनुभएन भने हाम्रा नागरिक यंहा बस्ने कुरै हुंदैन भनेर हामीले कोरिया सरकारलाई भन्दै आएका छौ’ ती अधिकारीले भने। उनका अनुसार कोरियन अधिकारीहरूले अवैधानिक नागरिक नेपाल फर्काउन सहयोग गरे ईपीएस कोटा बढाइदिने बताउदै आएका छन्।
कोरियाको कडा निगरानी सुचीमा नेपाली
पछिल्ला दिनमा कोरिया सरकारले नेपाली नागरिक प्रति निगरानी बढाएको छ। उसले अन्य देशका नागरिकको तुलनामा नेपालीहरू सरकार विरोधी गतिविधीमा संलग्न रहेको भन्दै नेपालीहरू प्रति निगरानी बढाएको हो । बिशेषत नेपालीहरू कोरियाका बिभिन्न मजदूर संगठन संग आवद्द भएको र त्यस्ता आन्दोलनमा सहभागी भएको भन्दै नेपाल समक्ष असन्तुष्टी पोख्दै आएको बताईएको छ। जानकारहरुका अनुसार केही महिना अघि निर्वाचित कोरोयाली राष्ट्रपती प्रजातान्त्रिक गतिवीधी प्रती अनुदार रहेको अनुमान गरिए बमोजीम उसका पछिलो गतिबिधीले ती अनुमानको पुष्टी गरेको छ। कतिपले भने दुई कोरिया बीचको तनावलाई ध्यान दिएर पनी विदेशी नागरिक प्रति निगरानी बढाएको हुन सक्ने बताएका छन्।

Related

korea 5503171373027297709

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item