शान्ति द्दीप यात्राको लागि कोरियामा ७० लाख भन्दा बढी संकलन (नामावली सहित ) l
https://nnkorea.blogspot.com/2013/03/l_26.html
अशोक मैनाली,कोरिया l
बुद्दको जन्मस्थल लुम्बिनीमा रहेको ‘अखण्ड ज्योति’कोरियामा भित्र्याउन यंहाको नागरिक स्तरमा गठन गरिएको शान्ति द्दिप प्रजवलन व्यवस्थापन समितिले छोटो समयमा नै ७० लाख वोन भन्दा बढी रकम संकलन गरेको छ। हिजो समितीको सचिवालयमा बसेको बैठक पछि आर्थिक उप -समितीका संयोजक रुद्र शर्माले यस्तो जानकारी दिएका हुन्। संयोजक शर्माका अनुसार उपसमिती गठन गरिएको १ हप्ताको बिचमा यती रकम संकलन हुनुले आफूहरू अत्यन्त उत्साहित भएको र राष्ट्रको लागी केही गर्नु पर्दा नेपालीहरू उदार रुपले सहयोग गर्न तयार हुंदारहेछन् भन्ने महशुस भएको बताए। उनले अव केही दिन भित्रमा अझ धेरै रकम संकलन हुने अपेक्षा राखेको बताउंदै सबैलाई मन फुकाएर सहयोग गर्न पनी आग्रह गरेका छन्। कोरियाका लागी नेपाली राजदूत तथा उक्त समितीका संरक्षक कमान सिङ्ं लामाको उपस्थितीमा भएको सो बैठकमा विगतका कार्यहरुका समिक्षा र भावी योजनाको बारेमा छ्लफल भएको संयोजक ईश्वर गुरुङले जानकारी दिए। क -कसले कति सहयोग गरे - रुद्र शर्मा १० लाख १ हजार (फर्स्ट नेपाल रेष्टुरेन्ट ) केपी सिटौला १० लाख १ हजार (नेपाल टुर ) विनोंद कुंवर १० लाख १ हजार (दुर्गा रेष्टुरेण्ट ) राजु क्षत्री ५लाख १ हजार (ह्यापी कुक रेष्टुरेन्ट ) जुनु गुरुङ् ५ लाख १ हजार (सुभेच्छा मार्ट ) मनोज कार्की ५ लाख १ हजार (फर्स्ट नेपाल -२ रेष्टुरेण्ट ) भिम गुरुङ् ५ लाख १ हजार (माया मार्ट) बौद्द परिवार ५ लाख १ हजार आदिवासी जनजाती महासंघ कोरिया ५ लाख १ हजार तमु धी कोरिया ३ लाख १ हजार थकाली सेवा समिति ३लाख १ हजार वोमेन फर वोमेन ३ लाख १ हजार नेवा पुच कोरिया ३ लाख १ हजार (सबै रकम कोरियन वोन हो ) आर्थिक उपसमितीमा सदस्यहरू थपियो त्यसैगरी उक्त आर्थिक उपसमितीमा मल्लिका थकाली , हिमानी गुरुङ् र मन्जु गुरुङ्लाई सद्स्यमा चयन गरिएको संयोजक शर्माले जानकारी दिए। सो उपसमितीमा मनोज कार्की ,लोचन राई ,प्रकाश धमला ,गणेश रिजाल ,राजेश लामा,जुनु गुरुङ ,नवराज सिवाकोटी ,सुरेश लिम्बू ,यम श्रेष्ठ,दीपकराज रेग्मी ,पेम्वा लामा र मुकुन्द राई रहेका छन्। सहयोगी व्यक्ति र संस्थालाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र दिने उक्त अखण्ड(शान्ती) ज्योति प्रज्वलन कार्यका लागी आर्थिक सहयोग गर्ने संस्था र व्यक्तीलाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र दिईने भएको छ। जस अनुसार संस्थागत रुपमा ३ लाख वोन र व्यक्तीगत ५ लाख वोन आर्थिक सहयोग गर्नेलाई सम्मान पत्र दिईने बताईएको छ। अन्य उपसमिती यस्तो छ- भीम गुरुङको संयोजकत्वमा शान्तीद्दीप यात्रा व्यवस्थापन उपसमिती ,बिन्दु (आस्था )मल्लको संयोजकत्वमा अतिथि स्वागत उपसमिती ,रामकाजी गुरुङको संयोजकत्वमा अतिथि व्यवस्थापन उपसमिती,गंगाराज राईको संयोजकत्वमा झांकी व्यवस्थापन उपसमिती , बिनोंद कुंवरको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिती , राजु छेत्रीको संयोजकत्वमा स्वयंम् सेवक परिचालन उपसमिती गठन गरिएको बताईएको छ।त्यस्तै प्रचार प्रसार उपसमितीको जिम्मेवारी पत्रकार महासंघ कोरिया शाखालाई दिईएको छ।

Post a CommentDefault CommentsFacebook Comments