कोरियामा थकाली सेवा समाजको तोरन्ल्ह कार्यक्रमको तयारि पुरा l
https://nnkorea.blogspot.com/2013/03/l_29.html
रमेश खावाजु , दक्षिण कोरिया l
" आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गरौँ "भन्ने नाराका साथ दक्षिण कोरियामा आउंदो मार्च ३१ तारिखका दिन थकाली जातिको महान चाड "तोरन्ल्ह पर्व " को अवसरमा थकाली सेवा समाजले सउलमा आयोजना गर्न लागेको "विविध सांस्कृतिक तथा दिवा भोज " कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l दिउसो १२ बजे देखि सउल छुंगु छंसोन्यन् सुर्यन ग्वानमा गरिन लागेको सो कार्यक्रममा थकाली रितिरिवाज अनुसार पुरुषहरुले तारो हान्ने, महिलाहरुले नाचगान गर्ने तथा कोरियाका स्थानीय नेपाली कलाकारहरुले पनि आ आफ्नो प्रस्तुति देखाउने उपाध्यक्ष मल्लिका श्रेष्ठ थकालीले बताउनु भएको छ l
नेपाली तथा थकाली कला संस्कृति अनि परम्परालाइ जगेर्ना गर्ने उदेश्यले गरिन लागेको सो कार्यक्रम २ चरणमा गरिनेछ l पहिलो चरणमा औपचारिक कार्यक्रम तथा थकाली रितिरिवाज अनुसार पुजापाठ लगायत तारो हान्ने कार्यक्रम गरिनेछ l कार्यक्रमको दोश्रो चरणमा कोरियाका चर्चित स्थानीय कलाकारहरु भरत गुरुङ ,अशोक थुलुङ,बिसौनी समूह ,तथा नृत्यकार सलिना पुन , जया आले ,सबिन गुरुङ , मदन थापा ,सजनी थकाली , लोक बाँनिया , सुइटी तामाङको प्रस्तुति रहनेछ l सो कार्यक्रममा भोजनको ब्यबस्था पनि गरिएको छ
प्रत्यक बर्ष फागु पुर्णिमाको दिनलाई बीचमा पारि तीन दिन सम्म थकाली जातीहरुले आफ्ना स्वर्गिय पितृहरुको सम्झनामा पूजाआजा गरि तोरन्ल्ह पर्व धुमधामका साथ मनाईन्छ l यो पर्वमा थकालीहरूले आफन्त सित् भेटघाट गर्ने , चेलीबेटीलाई पाहुना खुवाउने,पुरुषहरुले तारो हान्ने , महिलाहरुले नाकाभोटे खेल खेल्ने तथा तरुणीहरु कौडी खेल पनि खेल्ने गर्दछन । बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल रहेको हाम्रो राष्ट्रका हामि नेपालीहरु अनि संसारमा जहाँ गए पनि जहा बसे पनि आफ्नो कला र संस्कृतिलाई संरक्षण गरिरहेका छन् l
त्यस्तै कोरियामा थकाली संस्कार अनि संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यका स्थापित थकाली सेवा समाज दक्षिण कोरियाले पनि नेपाली तथा थकाली चाड,पर्व तथा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् l कोरियामा पनि हरेक बर्ष थकाली सेवा समाज कोरियाले तोरन्ल्ह पर्वको अवसरमा थकाली रितिरिवाज अनुसार पुरुषहरुले तारो हान्ने, महिलाहरुले नाचगान गर्ने लगायत बिबिध सांस्कृतिक कार्यक्रम तथा दिवा भोजको आयोजना गरि मनाइरहेको छ l विदेशमा पनि हाम्रो कला र संस्कृति बचाउन गरिएको यी कार्यक्रमहरुमा हामीले नेपाली माटोको सुवास अनि नेपालीपन पाउन सकिन्छ l
आउँदो मार्च ३१ तारिख आइतबारका दिन थकाली जातिको महान चाड "तोरन्ल्ह पर्व " को अवसरमा थकाली सेवा समाजले सउलमा आयोजना गर्न लागेको "विविध सांस्कृतिक तथा दिवा भोज " कार्यक्रममा उपस्थित हुन् कोरियाका रहेका सम्पूर्ण संस्थाहरु तथा कोरियाबासी नेपालीहरुमा सो संस्थाका अध्यक्ष क्षेत्र थकालीले अनुरोध गर्नु भएको छ l
बिस्तृत जानकारी
मिति :आइतबार , ३१ मार्च २०१३ ,
समय : दिउसो १२ बजे
स्थान : सउल छुंगु छंसोन्यन् सुर्यन ग्वान ( लाइन नं ३ र ६ याक्सु स्टेसन गेट नं ५ बाट २ मिनेट अगाडी l
सम्पर्क
०१० ९१९२ ६३६१ ,
०१० ४९९६ ५१२५ ,
०१० २६७२ ९५७६ ,
०१० २३८८ ८४१० ,
०१० ४८०५ ७६१३

Post a CommentDefault CommentsFacebook Comments