कोरियामा बुद्ध जयन्तिमा शान्ति र्याली भब्य रुपमा मनाइन उप समिति गठन l

सुरज गुरुङ्ग,सउल, दक्षिण कोरिया l
नेपाल बौद्ध परिवार दक्षिण  कोरियाको बैठक आफ्नै कार्यलय छाविए चिवमा परिवारका अध्यक्ष ईश्वर गुरुङ्गको अध्यक्ष्तामा सम्पन्न भएको छ । बैठकमा २५५७ औं बुद्ध जयन्तिको उपलक्ष्यमा मनाईने अन्तराष्ट्रिय शान्ति र्यालीलाई कसरी भव्य, सभ्य र व्यवस्थित बनाउने बारेमा विशेष छलफल भएको थियो । साथै केहि महिना पछि बौद्ध परिवारको आठौं साधरण सभा गर्नु पर्ने भएकोले अर्को बैठकमा नया“ सदस्यता वितरणको लागि दोङ्गदेमुन, आन्सान आदि विभिन्न स्थानबाट सदस्य फर्म वितरण गर्ने जानकारी पनि दिनु भयो । सो बैठकमा उपस्थित सदस्यहरुले शान्ति दिपको बारेमा अलि स्पस्ट नभएको र स्पस्ट पारी दिन अनुरोध गरेको कारण शान्ति दिप प्रज्वलन व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका ईश्वर गुरुङ्गले भन्नु भयो, राजदुतावास र दोसोन्सा गुम्बाको पहलमा शान्ति दिप मे को २ तारिक द. कोरिया आईपुग्ने र शान्ति दिपको लागि नेपालमा नागरिक स्तरको व्यवस्थापन कमिटी पनि गठन गरिएको छ । विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि एक हजार आठ सदस्सीय नागरिक समिति, त्यसै समितिको मातहत रहने गरि अन्य उप समिति पनि गठन गरिएको कारण यस द. कोरियामा पनि गत हप्ता राजदुतावासको सभाहलमा (समितिको सचिवालय)मा बसेको बैठकले विभिन्न क्षेत्रिय, जातीय, विद्यार्थी, पत्रकार, व्यापारीहरु, धार्मिक संगठनका प्रमुखहरु लगायत राजनितिक दल जनअधिकार मञ्चका अध्यक्ष दिपक पुन, जनसम्पर्क समितिका अध्यक्ष  गंगा थापा, एन.डी.एफ. का अध्यक्ष कृष्ण राई, लिम्बुवान परिषदका अध्यक्ष प्रकाश लिङ्गदेन पनि स्वतः यस कमिटीका सदसीय रहने गरी जम्मा एक सय आठ नगरिक समिति र त्यसै समितिको मातहत रहने गरि अन्य उप समिति पनि गठन गरिएको छ । 
उप समिति यस प्रकार छ । 
१. आर्थिक संकलनः
 रुद्र शर्माको संयोजकत्वमा सदस्यहरु  मनोज कार्की, सहचारी  तुलसी कोईराला,  प्रकाश धमला, भिम गुरुङ्ग, पेम्बा लामा, राजेश लामा, जुनु गुरुङ्ग, मलिका थकाली, हिमानी गुरुङ्ग, मन्जु गुरुङ्ग रहनु भएको छ ।
२. प्रचार प्रसार विभागः 
पत्रकार महासंघ द. कोरियाका प्रमुख खेम कार्कीको संयोजकत्वमा अन्य सदस्य रहने गरि प्रचार प्रसार विभाग चयन गरिएको छ । 
३. शान्ति दिप स्वागत व्यवस्थापनः
  भू.पू. सोन्सिल्कका अध्यक्ष आस्था विन्दु मल्लको संयोजकत्वमा  जुनु गुरुङ्ग,  हिमानी गुरुङ्ग, कल्पना गुरुङ्ग, सोनी शेर्पा, सुम्ज्यो शेर्पा, लोचन राई, भक्त शेरचन रहनु भएको छ । 
४. ल्यान्टर्स फेस्टिबल (शान्ति ¥याली)ः
  भिम गुरुङ्गको संयोजकत्वमा रामकाजी गुरुङ्ग, भक्त शेरचन, रमेश श्रेष्ठ, उईनासिंङ्ग लामा, विर्ख तामाङ्ग, मिलन राना, नविन गुरुङ्ग, क्षेत्र गुरुङ्ग घम गुरुङ्ग, आनन्द गुरुङ्ग, ताशी शेर्पा, तेन्जिङ्ग गुरुङ्ग हनु भएको छ । 
५. आगन्तुक तथा अतिथिहरुको निरिक्षया एवं व्यवस्थापनः 
  नेपाली राजदुतावासलाई जिम्मा दिईएको छ । 
६. यातायात व्यवस्थापनः
  थप सदस्य रहने गरी विनोद कुंवरलाई चयन गरिएको छ । 
७. सा“स्कृतिक झा“की व्यवस्थापनः
  गंगा राईको संयोजकत्वमा विर्ख तामाङ्ग, रमेश श्रेष्ठ, हेम थापा, टीका राई, आनन्द काम्बाङ्ग र क्षेत्र थकाली रहनु भएको छ । 
८. अतिथि सत्कारः
   रामकाजी गुरुङ्गको संयोजकत्वमा प्रकाश लामा, एन.डी. ह्योल्मो, धर्म गुरुङ्ग, निर्मल महर्जन, विर बहादुर डंगोल रहनु भएको छ । 
९. स्वयंम सेवक परिचालनः
 राजु श्रेत्रीको संयोजकत्वमा प्रकाश लामा, ताशी शेर्पा, पेम्बा लामा, उईना सिंङ्ग तामाङ्ग, सुरज गुरुङ्ग तेन्जी गुरुङ्ग रहनु भएको छ । 
यस पवित्र कर्मको लागि सहयोग गरिदिनु हुन द. कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गर्नुको साथै आर्थिक सहयोग गरिदिनु हुन पनि अनुरोध गरेको छ । जस अनुशार संस्थागत रुपमा ३ लाख वन र व्यक्तिगत ५ लाख वन भन्दा बढी सहयोग गर्ने संस्था वा व्यक्तीहरुलाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र पनि दिने छ l

Related

korea 4804235075312709779

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item