कोरियामा थकालीहरुको "तोरन्ल्हो" कार्यक्रम सम्पन्न l
https://nnkorea.blogspot.com/2013/04/l_3.html
रमेश खावाजु , दक्षिण कोरिया l
" आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गरौँ "भन्ने नाराका साथ थकाली सेवा समाज (थसेस )कोरियाले ३१ मार्च २०१३ आइतबारका दिन सउलमा थकालीहरुको महान चाड "तोरंल्हो पर्व " को अवसरमा आयोजना गरेको "बिबिध सांस्कृतिक तथा दिवा भोज " कार्यक्रम सफलताका साथ सम्पन्न गरेका छ l
दुई चरणमा विभाजित सो कार्यक्रमको पहिलो चरणमा आशन ग्रहण कार्यक्रम गरेपश्चात प्रमुख अतिथि राजदुत कमानसिंह लामाले दिप प्रवज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए l तत्पश्चात थकाली परम्परा अनुसार थसेसका अध्यक्ष क्षेत्र थकाली ,तथा आदिबासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचनद्वारा स्वर्गिय पितृहरुको सम्झनामा पुजापाठ गरेका थिए भने अध्यक्ष क्षेत्र थकालीले तारा खेलको उद्घाटन गरेका थिए l राजदुत कमान सिंह लामा लगायत अतिथिहरुले पनि धनुषबाण प्रहार गरि तारा खेल खेलेका थिए l उक्त कार्यक्रममा थसेसका उपाध्यक्ष मल्लिका थकालीले स्वागत मन्तब्य ,प्रमुख अतिथि राजदुत कमान सिंह लामा ,तथा अतिथिहरु समाजसेवी रुद्र शर्मा , एन. आर .एन कोरीयाका अध्यक्ष केपी सिटौला , नेपाली सम्पर्क समिति अध्यक्ष लोचन राइ , आदिबासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन , कोरीया कम्युनिटी शेरिंग कम्पैग्नका सचिब किम दोङ मियुनले आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए l सो कार्यक्रमको संचालन भरत तुलाचनले गरेका थिए भने पहिलो चरण कार्यक्रम क्षेत्र थकालीको अध्यक्षता सम्पन्न भएको थियो l, सो कार्यक्रममा आमाको घरकी संचालिका दिलशोभा श्रेष्ठ ,कोरियामा सक्रिय थुप्रै संघ संस्थाका अध्यक्षज्युहरु लगायत प्रतिनिधिहरु तथा कोरियावासी नेपालीहरुको उपस्थिति रहेको थियो l
औपचारिक कार्यक्रमको समाप्ति पश्चात सम्पूर्ण सहभागीहरु दिवाभोज कार्यक्रममा सहभागी भएका थिए l थकाली महिलाहरुले पकाएको मिठो भोजनको सहभागीहरुले धेरै प्रशंसा गरेका थिए l
कार्यक्रमको दोश्रो चरणमा सामुहिक कलाकारहरुले रास्ट्रिय गित "जाग लम्क नौजवान ..." गित गाएर बिबिध सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका थिए l यस कार्यक्रममा सामुहिक थकाली पुरुष तथा महिलाहरुले थकाली भाषामा गित गाउनुका साथै कोरियाका स्थानिय लोक गायिका सरु पौड्यालले लोकगित ,बिसौनी समूहका गायक गायिकाहरुले लोक दोहारी गित ,,गायक भरत गुरुङ ,अशोक थुलुङ्गले आधुनिक गित तथा पप गितहरु गएका थिए l गायक तथा गायिकाहरुको गितमा सहभागीहरु दर्शकहरु मज्जाले नाचेका थिए l त्यस्तै नृत्यतर्फ,मगर नाच देखाएका जीया ग्रुप , स्विटी तामाङ, सतिश गुरुङ ,, पुर्णिमा गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने थकाली महिलाहरुको समुहले थकाली नाच पनि नाचेका थिए l

थप फोटोहरु

Post a CommentDefault CommentsFacebook Comments