अमेरिकामाथि परमाणु हमलाको अनुमति : उत्तर कोरिया l
https://nnkorea.blogspot.com/2013/04/l_4.html
उत्तर कोरियाले भनेको छ की उसले आफ्ना सेनालाई ‘अमेरिकामाथि परमाणु हमला गर्नका लागि अनुमति दिएको छ । उत्तर कोरियाली सेनाद्वारा जारी विज्ञप्तिमा कोरियाली प्रायद्विपमा आजै वा भोलिदेखि नैं युद्व सुरु हुन सक्ने बताइएको छ । उता अमेरिकी राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता क्याटलिन हेडनले भनेका छन् की उत्तर कोरियाको विज्ञप्तिले दुई देशका बीचमा जारी संकट समाधानका लागि कुनै सहयोग गर्दैन । उक्त विज्ञप्तिले अमेरिकालाई भड्काउन खोजेको प्रवक्ता हेडनको भनाइ छ । अमेरिकालाई निशाना बनाउनका लागि आवश्यक रकेट सहितका अन्य आधुनिक हतियार उत्तर कोरियासँग रहेको दक्षिण कोरियाको राजधानी सोलमा रहेका बीबीसी संवाददाता डेमियन ग्रेमेटिकसले लेखेका छन् ।उत्तर कोरियाले आफ्नो मिसाइल प्रणालीलाई हमलाका लागि तयार रहन भनिसकेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भनेको छ की उत्तर कोरियाले गर्ने सम्भावित आक्रमणको सामना गर्नका लागि आगामी हप्तामा उसले व्यालिस्टिक टर्मिनल हाई अल्टीट्यूड एरिया डिफेन्स सिस्टम (थाड) लाई गुआममाथि तैनाथ गर्नेछ ।गत फेब्रुअरीमा मात्रै उत्तर कोरियाले आफ्नो तेस्रो परमाणु परीक्षण गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्व प्रतिबन्ध लगाएको थियो । अमेरिका तथा दक्षिण कोरियाले गरेको साझा सैन्य अभ्यासका कारण उत्तर कोरियाको अझ आक्रोसित बनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments