दक्षिण कोरियाको अघोषित दास प्रथा l


कमलप्रसाद अर्याल
मानव अधिकार र मानव स्वतन्त्रतामा अमेरिकाको जस्तै उदार नीति लिएको भनी आफूलाई मानवताको र भौतिक विकासमा अमेरिकासित तुलना गर्न रुचाउने कोरियाको वास्तविता भने अलि भिन्न छ l कोरियालाई कोरियाको भाषामा हान्गुक भनिए पनि देहान मिगुक भन्ने गर्दछन् मिगुकको अर्थ कोरियाको भाषामा अमेरिका भन्ने हुन्छ र हरेक मानव विकास, मानवतावाद र व्यक्तिगत स्वतन्त्रताका हकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका नीतिलाई वा अन्तर्राष्ट्रिय मानव अधिकार घोषणापत्रहरूलाई अनुमोदन गरी राष्ट्रिय कानून अनुरुप लागु गरिएको दाबी गरिए पनि दक्षिण कोरियाको अन्तरिक नीति भने फरक छl यो मुलुकमा लाखौ अमेरिकी सेना पालिएका छन् गोरा र कला छालालाई फरक दृष्टिले हेरिन्छन् करिव १५ देशका कामदार रोजगारीका सिलसिलामा कोरियामा बसोवास गर्दै आएका छन् तिनीहरू माथि लादिएका कोरियन नीतिले दासको जस्तै जीवन बिताउन वाध्य पारिएका छौंl अमेरिकी प्रोफेसर र अन्य यसियाली मुलुकका प्रोफेसरलाई हेर्ने दृष्टिकोण फरक छ भने हामी जस्ता कामदारको हकमा के कति नै चर्चा गरिरहनु जस्तो लाग्छ l
मालिक साहु भनेपछि कोरियनहरू कारखानाको नियम बिपरित कार्य गर्न पनि पछि पर्दैनन् l किन यस्तो गरियो भन्दा साहुको आदेश गजब छ कोरियाको चलन ,म अन्य कुरा गर्न चाहन्न हप्तामा १ दिन बिदामा पनि काम गर्दिन भन्ने अधिकार छैन l गोरुले झैँ हरेक दिन आवस्यक ठानिदा काम गर्न वाध्य परिन्छ l कुनै कम्पनीले तोकिएको तलब सुबिधा पनि दिदैन आफ्नो इच्छा अनुसार जति घण्टा पनि काम लगाउन सक्छ , कसैलाई भनूँ सुनिदिने स्पस्ट निकाय नभएको हो वा सबैलाई जानकारी गराइदैन l कारखाना भित्र अभद्र व्यवहार गाली गलौजको प्रयोगले आत्महत्या जस्तो जघन्य अपराध गर्न वाध्य भइन्छ l परिवारसंग छोरा छोरीसंग संगै बस्न पाउनु पनि अन्तरराष्ट्रिय मानव अधिकारले परिभाषित गरेको भए पनि यहाँ एकल बसोवास को अधिकार छ l आफ्नी श्रीमती / श्रीमान /छोरा/ छोरी ल्याउने अधिकार छैन l एकलरुपमा बाँधा जस्तोरुपमा कमायो निश्चित अवधि सकिए पछि फर्कनु पर्ने बाध्यता छ l कोरियामा कमाएको पैसा कोरियामै लगानी गरौ भने वातावरण छैन , कुनै विकल्प दिइएको छैन l आफ्नो समस्या समाधानका निम्ति केही समय बसौ भन्दा अबैधानिक रुपमा बस्नु पर्ने वाध्यता सिर्जना हुन्छ l कोरियाले इ पी यस अन्तर्गत आएकाहरूलाई ६ वटा सम्म कम्पनी परिवर्तन गर्न पाउने अधिकार घोषणा गर्यो जस अन्तर्गत कतिपयले कम्पनी परिवर्तन गरे l कम्पनी परिवर्तन गर्नेलाई उमेरको हदबन्दी लगाउने र पुन कोरिया प्रवेश गर्न अलग भाषा परीक्षा दिनु पर्ने कम्पनि परिवर्तन नगर्नेका हकमा भने सिधा पुन प्रवेश पाउने नीति बनायो यो कुरा कम्पनी परिवर्तन गर्नु भन्दा पहिला नै जानकारी गराउनु पर्ने थियो l यस्तो सुभिधा हुन्छ भन्ने जानकारी भएको भए कतिपयले कम्पनि परिवर्तन गर्ने सोच नबनाउन सक्थे l जे गरेपनि हुन्छ जस्तो नीति बनाए पनि हुन्छ गरिब देशका गरिब जनता केही बोल्दैनन् भन्ने परेर नै हो l यदि हामीलाई कम्पनी परिवर्तन गर्ने सुबिधा न दिएको भए सरिदैन थियो होला l
यसरी जतिबेला जस्तो नीति बनाउन मन लाग्यो बनायो रास्ट्रको कुनै नैतिकता छैन कुनै स्पस्ट नियम छैन भिसाका सम्बन्धमामा पनि प्रवासी मजदुर वा अन्यका निम्ति स्पस्ट निर्देशिका सार्वजनिक गर्दैन हामीले के कस्ता सुभिधा लिन सकिन्छ भेन्ने निश्चित छैन l कोरियाली अध्यागमनमा बुझ्न गयो भने अलग अलग परिभाषामा झुलाएर जसरी भएपनि हतोत्साहित बनाइ रहेका हुन्छन् l युरोपिएन मुलुकहरुमा जसरी मानवताको सम्मान गर्दै ईच्छा मुताबिकका क्रियाकलाप गर्न छुट प्रदान गरिन्छ दक्षिण कोरियामा त्यस्तो छैन तर बराक ओबामासित काधमा काँध मिलाएर हिडेका छौ भन्ने भ्रम भने छोडिरहेका छन् l हामीले दासका रुपमा जीवन निर्वाह गर्दै आएको वास्तविकता बाराक ओबामालाई पनि जानकारी होस् जसरी अब्राहम लिंकनले दास प्रथा उन्मुलन गरे त्यसरी हामी १५ मुलुकका दासहरुलाई अधिकार दिलाएर स्वतन्त्र मानव जीवन स्थापित गर्न भूमिका खेलुन् यसका निम्ति अंग्रेजी भाषाको ज्ञान भएकाहरुले अनुवाद गरी यो जानकारी ओबामा सम्म पुर्याई दिने कस्ट गरिदिनु होला भन्ने अनुरोध समेत गर्दछु l
(अर्याल चितवन सम्पर्क समिती कोरीयाका अध्यक्ष हुन् )

Related

bichar 8827957322395214508

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item