क्यानडा जाने प्रलोभनमा नफस्न नेपाली दुताबासको आग्रह l
https://nnkorea.blogspot.com/2013/03/l_5671.html
सउल, दक्षिण कोरिया l
दक्षिण कोरियामा रहेका नेपालीहरुलाईक्यानडा जानेप्रलोभनमा नठगिन नेपाली दुताबाले आग्रह गरेको छ । दक्षिण कोरियाको कम्पनीले नेपाली कामदारलाई क्यानाडा पठाउने सम्वन्धमा कामदार माग गर्ने कम्पनीको बैधता र कामदार माग(पत्रको प्रमाणिकता नहुने हुंदा नेपाली कामदारहरुलाई भ्रममा नपर्न भन्दै दुतावासद्धारा एक सुचना जारी गरिएको छ । सुचना यसप्रकार छ ।
दक्षिण कोरियामा रोजगारीका लागि आएका नेपाली नागरिकहरुको लागि
जरुरी सूचना
कोरियाको NAMMI EMIGRATION नामक कम्पनीले क्यानाडामा रोजगारी उपलब्ध गराई दिने भनी एक विज्ञापन मार्फत निवेदन आव्हान गरेको र करिव २०० जना नेपालीहरुबाट निवेदन समेत संकलन गरेको जानकारी हुन आएको छ । प्राप्त सूचनाको आधारमा विज्ञापन वमोजिम नेपाली कामदारहरुले क्यानेडियन डलर १२,००० बुझाउन पर्ने भन्ने पनि बुझिन आएको छ ।
नेपाल सरकारको स्विकृति वेगर कसैले पनि नेपाली कामदारलाई तेश्रो मुलुकमा रोजगारमा पठाउन र जान हुंदैन । नेपाल सरकारको जानकारीमा नआएको नेपाली कामदारहरुको माग(पत्रको बैधानिकता कुनै निकायबाट प्रमाणित समेत नहुंने हुंदा नेपाली कामदार अलपत्र पर्ने, र ठगिने सम्भावना प्रशस्त रहने हुन्छ । दक्षिण कोरियाको कम्पनीले नेपाली कामदारलाई क्यानाडा पठाउने सम्वन्धमा कामदार माग गर्ने कम्पनीको बैधता र कामदार माग(पत्रको प्रमाणिकता नहुने हुंदा नेपाली कामदारहरुलाई भ्रममा नपर्न अनुरोध गरिएको छ । कुनै कसैको राहदानीमा क्यानाडाको लागि भिसा उपलब्ध भईसकेको भन्ने जनाई केहीलाई भ्रममा पार्न पनि खोजिएको हुनसक्छ । क्यानाडाको अद्यागमन कानून वमोजिम अदक्ष र अर्धदक्ष कामदारहको लागि भिसा प्रकृया जटिल भएकोले भिसा प्राप्त भएको भनिएकाहरुको भिसा नक्कली पनि हुन सक्दछ । यस तर्फपनि नेपाली कामदार सजग हुन जरुरी छ ।
अतः बैदेशिक रोजगारीको सिलसिलामा वास्तविक तथ्य नबुझिकन विज्ञापनको भरमा परी आफूले दुःख गरीे आर्जन गरिएको रकम कुनै कसैलाई नबुझाउन हुन सम्वन्धित सवैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ ।
नेपाली राजदूतावास
सिउल, दक्षिण कोरिया
मितिः फाल्गुण ३०, २०६९

Post a CommentDefault CommentsFacebook Comments