"बहानामा के छ कुन्नी"

-बुद्धि मोक्तान 
-गजल
आज हैन भोली भन्ने,बहानामा के छ कुन्नी !
बैश छदै तर्किने को, चाहनामा के छ कुन्नी !

थाली भरी फूल बोकी,मन्दिरमा देख्छु सधै
मुर्ती ढोगी मिल्ने त्यस्तो,प्रार्थनामा के छ कुन्नी !

रुप हेर्‍यो रुपै राम्रो,बोली चाली खुबै राम्रो
आवरणले नबताउने,भावनामा के छ कुन्नी !

भेट पछी छुट्ने बेला,राम्रो सग जाउ है भन्छिन्
बुझ्नै गार्हो त्यो दिलको,कामनामा के छ कुन्नी !

पिरतीको बास गरे,सुख भोग हुन्छ भन्दा 
छाडी गए प्रेम बस्ती,रमानामा के छ कुन्नी !

-बुद्धि मोक्तान ,
दक्षिण कोरिया l                                                                                                                     

Related

poem 6862515900911198976

3 commentsDefault Comments

  1. बहाना र रमाना काफिया फेर्न सके राम्रो।अरु त उम्दा छन्।

    ReplyDelete
    Replies
    1. This comment has been removed by the author.

      Delete
    2. धन्यवाद सर!! यहाँ हजुरको सुझाब सिरोपर गर्नेछु !

      Delete

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item