कोरियाले कृषिमा साढे ३ हजार नेपाली लैजाने l
https://nnkorea.blogspot.com/2013/03/l_12.html
मोहन गुरुङ , काठमाडौं l
दक्षिण कोरियाको मानव संसाधन विकास (एचआरडी)ले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कृषि क्षेत्रमा ३ हजार ६ सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । यसअघि, कृषि र औद्योगिक क्षेत्र दुवैका लागि कोरियाले नेपाली कामदार लिँदै आएको थियो ।
यस वर्ष कृषिको मात्र भाषा परीक्षा (केएलटी) लिने र सोहीअनुरुप कामदार लैजाने एचआरडी कोरियाको वेबसाइटमा उल्लेख छ । यससम्बन्धी औपचारिक घोषणा भने ‘मे २१’ मा गर्ने जनाइएको छ ।
ईपीएस केएलटी एचआरडी कोरियाको वेबसाइटमा ‘ईपीएस टपिक र सीप परीक्षण तालिका २०१३’ शीर्षकमा २०१३ मा नेपाललगायत आठ मुलुकमा केएलटी परीक्षा गर्ने उद्घोष गरिएको छ । कोरियाले उज्वेकिस्तान, टिमोरलेस्टे, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मंगोलिया सात मुलुकमा भने कृषि र औद्योगिक क्षेत्र दुवैमा परीक्षा लिनेछ ।
यता, कृषितर्फ कोरिया जान योग्यसूची (रोस्टर) मा नेपाली कामदारको संख्या कम हुँदै गएपछि कोरियाले पुनः परीक्षा लिन लागेको छ । सन् २०१२ मा कृषितर्फका लागि करिब २ हजार ६ सय नेपालीलाई रोस्टरमा राखिएको थियो । ती मध्ये ६ सय कामदारमात्र कोरिया जान बाँकी छ । औद्योगिकतर्फ करिब ९ हजार नेपाली रोस्टरमा छन् । त्यसैले औद्योगिक क्षेत्रलाई चासो नदिइएको अनुमान गरिएको छ ।
कृषिमा जान इच्छुक कामदारलाई जुन १६ देखि १९ सम्म फारम भराउने योजना कोरियाको छ । कोरिया भाषा परीक्षा भने सेटेम्बर ६ र ७ मा हुनेछ । केएलटीको परीक्षाफल सेटेम्बर २४ मा आउने तालिका छ । केएलटी उत्तीर्णले सीप परीक्षणको परीक्षा दिनुपर्छ । कुनै समस्या आएमा समय परिवर्तन हुनसक्ने पनि वेबसाइटमा उल्लेख छ ।
ईपीएस कोरिया शाखाका प्रमुख नारायण थापाले एचआरडीले आधिकारिक रूपमा कृषि क्षेत्रमा ३ हजार ६ सय नेपाली कामदार लैजाने घोषणा भने नगरेको बताए । “कृषि क्षेत्रमा रोस्टरमा रहेका कामदार सकिन लागेकाले केएलटी परीक्षा गर्नुप¥यो भन्नेबारेमा कोरियासँग छलफल भइरहेको छ,” उनले भने, “वेबसाइटमार्फत सार्वजनिक गरिएको परीक्षाको तालिका परीक्षा तयारीका लागि हुनसक्छ ।”
कोरिया नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक हो । ७० हजार खर्च गरी कोरिया जाने नेपालीले कम्तीमा मासिक ७० हजार रुपैयाँ कमाउन सक्छन् । ईपीएसअन्तर्गत कोरियामा १४ हजार नेपाली गइसकेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments