उत्तर कोरियाली नेताको लडाईका लागि तयार हुन निर्देशन l

सिओल, (एजेन्सी) -
 उत्तर कोरियाका युवा नेता किम जोन उनले सम्भावित युद्धका लागि तयार रहन सैनिकहरुलाई निर्देशन दिएका छन्। सरकारी पत्रिकाले जनाएअनुसार सन् १९५३ को युद्धविरामको घोषणा परित्याग गरी आक्रमण हुनसक्ने भएकाले यस्तो निर्देशन दिएका हुन्।  
 उत्तर कोरियाको सरकारी पत्रिकाले कुनै पनि समय युद्ध छेडिनसक्ने उल्लेख गरेको छ। उनले पानीको विवाद रहेको क्षेत्रमा लडाकुलाई तयार रहन निर्देशन दिएका हुन्। यो क्षेत्रमा पटकपटक तनाव हुँदा धेरैको ज्यान गइसकेको छ।
आणविक हतियारको विषयमा यो मुलुकले दक्षिण कोरियामाथि मानसिक दवाव दिँदै आएको छ। यद्यपी दक्षिण कोरियाली रक्षा मन्त्रीले भने युद्धको सम्भावना नकारेका छन्। दक्षिण कोरियाली आणविक हतियारको विषयलाई लिएर उत्तर कोरियाले दवाव दिन खोजेको बताइएको छ। 

Related

news 6132072202415712105

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item