कोरियामा ‘अखण्ड ज्योति प्रज्वलन व्यवस्थापन समिति’गठन l

अशोक मैनाली ,सउल कोरिया l
बुद्दको जन्मस्थल लुम्बिनीमा रहेको ‘अखण्ड ज्योति’कोरियामा भित्र्याउन दक्षिण कोरियामा एक नागरिक स्तरको मुल ब्यवस्थापन समिति गठन गरिरको छ।
 सौल स्थित नेपाली दूतावासको सभाहलमा राजदूत कमान सिंङ लामाको उपस्थितीमा हिजो एक अन्त्रक्रिया कार्यक्रमको आयोजना गरी ‘ अखण्ड ज्योति प्रज्वलन व्यवस्थापन समिति’गठन गरिएको हो। लामो समय अघि देखि यंहा बुद्द दर्शन र बुद्दको जन्मस्थल लुम्बिनीको बारेमा प्रचार प्रसार गर्दै आएको नेपाल बौद्द परिवार कोरियाका अधयक्ष ईश्वर गुरुङ्को संयोजकत्वमा गठित उक्त समितीमा एन आर एन का पूर्व एसिया सह संयोजक रुद्र शर्मा ,एन आर एन कोरियाका अध्यक्ष केपी सिटौला,एन आर एन आइ सी सी सदस्य गंगा राज राई ,नेपाली संपर्क समिति कोरियाका अध्यक्ष लोचन राई ,समासेवी मनोज कार्की ,जनजाती महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन ,पत्रकार महासंघ कोरियाका अध्यक्ष खेम कार्की , वोमेन फोर वोमेनकी अध्यक्ष जुनु गुरुङ् लगायतका छ्न्। प्रत्येक वर्ष मई ११ मा बुद्ध जयन्तीको अवसर पारेर मनाइने ‘लोटस लाल्टीन फेस्टिभल’मा यो बर्ष ए माओवादीका अध्यक्ष तथा बृहत्तर लुम्बिनी विकास परियोजनाका संयोजक समेत रहेका पुष्पकमल दाहालको नेतृत्वमा सो ‘अखण्ड ज्योति’कोरिया ल्याउन लागिएको हो। यस अघी नेपालमा नागरिक स्तरको ब्यवस्थापन कमिटी गठन गरिएको छ। विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी एक हजार ८ सदस्यीय नागरिक समिति र त्यसै समितिको मातहत रहेने गरी अन्य उपसमिती पनि गठन गरिसकिएको छ।

Related

korea 2831196358589790394

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item