कोरियामा समाजसेवी दिलशोभा श्रेष्ठलाई सम्मान गरिने l

अशोक मैनाली ,सउल, दक्षिण कोरिया l

समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिने भएको छ। ‘आमाको घर’नामक संस्था स्थापना गरेर १४ बर्ष अघि देखि समाज सेवामा संलग्न रहेकी श्रेष्ठलाई मार्च १७ तारिखमा एक भव्य कार्यक्रम गरी सम्मान गर्न लागिएको हो। दोङ्देमुन स्थित ज्ञ्याङ्दोङ चर्चमा हुन लागेको उक्त सम्मान कार्यक्रम वोमेन फर वोमेन ,भिजन नेपाल नेटवर्क र नेपालकोरिया न्युजले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था बिन्दु मल्लका अनुसार समाजसेवी दिलशोभा श्रेष्ठले अनेकौं कठिनाईका बीच पनी वृद्धाहरूको सेवामा आफूलाई समर्पित गरेकोले उनलाई सम्मान गर्न लागिएको हो। उनका अनुसार उक्त कार्यक्रममा ‘आमाको घर ‘को लागी पनी सहयोग रकम संलन गरिने छ। सो सम्मान कार्यक्रममा सहभागी हुन श्रेष्ठ मार्च १५ मा यंहा आइपुग्ने आयोजकले बताएका छन्।
आफ्नै श्रिमानले धोका दिएपछी दुःखको भुँमरीमा परेकी दिलशोभालाई आफ्नै जीवनमा सम्हाल्न नसकिने पहिरो थियो । तर त्यति नै बेला उनले सडकमा मानिसहरू भोकै सुतेको देखिन् । आफ्नै दुःखलाई भुल्न दिलशोभाले परित्यक्त वृद्धालाई आफ्नो घर ल्याइन् । ल्याउन त ल्याइन्, तर खान लाउन दिने प्रशस्त सुविधा उनीकहाँ थिएन । विस्तारै उनको कामको प्रशंसा गर्नेहरू बढे । उनका बारे पत्रपत्रिकामा पनि खबर आउन थाल्यो । पत्रकार विजय कुमारले आफ्नो लोकपि्रय कार्यक्रम ‘दिशानिर्देश’ मा उनको अन्तर्वार्ता लिएपछि चाहिँ कुरै बेग्लै भो।

केही महिनायतादेखि उनले वृद्धाहरूसँगै ३० जना बालबालिकाहरूलाई पनि आश्रय दिएकी छिन्| १ सय वृद्धा आमालाई स्याहार गरीरहेकी दिलशोभाले आफुलाई कोरिया बोलाएर सम्मान गर्न लागेकोमा खुशी लागेको बताउंदै यसले झन् आफूलाई उत्साहित बनाएको बताएकी छिन्।


Related

korea 6496508540004795896

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item