कोरियामा जुन जस्तै चम्किदैछन जुनु गुरुङ l

चिरायु नेपाल l
नेपाल बाहिर अहिले नेपाली डायोस्परामा समाज सेवा गर्ने हेतुले अनेकौ संघ संस्था स्थापित भएका छन र नगण्य मात्रले डायोस्परामा रहेका नेपालीहरुलाई मात्र नभै नेपाल सम्म प्रभाव छाड्ने गरि सामाजिक सेवामा सकृय छन ।अहिले रोजगार अनुमती प्रणाली मार्फत हजारौको संख्यामा कोरियामा नेपाली छन सयौंको संख्यामा बिद्दार्थी साथै उत्तिकै संख्यामा ब्यबसायीहरु कोरियालाई कर्मथलो बनाएर बसेका छन । हजारौको संख्यामा रहेका मजदुरका समस्या साधारणतया अन्य पेशामा रहेका वर्गको तुलनामा ज्यादै बढी र त्यसमाथि महिलाको स्थिती झनै विकराल स्थितिमा छ भन्दा अतियुक्ती नहोला ।सयौको संख्यामा कृयाशिल सामाजिक संस्थाहरुको बिचमा कोरियालि डायोस्परामा ‘महिलाका लागि महिला’ नामक सामाजिक संस्था उदाहरणिय रुपमा खडा मात्र भएको छैन छोटो समयमा नेत्रित्वमा रहेकि जुनु गुरुङको काम, मेहनत, लागव र लगनसिलताले गर्दा पनि  उल्लेखनिय कार्य गर्न सफल भएको छ ।   नेपालीहरुको रोजगारका लागि आकर्षक गन्तब्य बनेको कोरियामा रहेका नेपाली डायोस्पराले बिस्तारै नेपाली समाजमा पनि प्रभावकारी रुपमा उपस्थित जनाउन थालेका छन । स्थानिय मिडियाहरुको प्रभावसालि उपस्थितिले गर्दा पनि कोरियामा रहेका नेपाली समुदायहरुको गतिबिधी नेपालका मिडियामा रंगिन थालेका हुन ।
कोरियामा रहेको नेपाली समुदायामा तनमनका साथ सेवा गर्ने जुनु  आफ्नो थातथलो नेपालमा आएर पनि उत्तिकै ब्यस्त देखिन्थिन । केहि समय पहिला उनको ब्यवसाय गर्ने थलो महालक्ष्मि कम्प्लेक्समा भेटघाट गर्ने निंहुमा पुग्दा उनलाई खादा ओढाएर सम्मान गर्नेको घुँईचो थियो । बुझ्दै जाँदा उनलाई गुरुङ समाज ललितपुरले सम्मान गरेको रहेछ । अहिले कोरियामा जुनु उदाहरणिय महिला बन्दैछन । ब्यवसाय गर्न कोरिया हान्निएकी जुनु अहिले समाज सेविको रुपमा आफुलाई स्थापित गरेकि छन । सम्मान गर्न आउने गुरुङ समुदायले  हाम्रा छोरी बुहारी  पनि लाहुरेनी बनेर हैन समाजलाई युगान्तकारी परिवर्तन गर्न सक्षम हुने त्यो बाटोमा त्यो ठाँउ बिस्तारै ओगट्दै छन र अग्रसर पनि हुँदैछन भनि सम्मान गर्नेको भिडले भन्दा नजिकै रहेका उनका बाबु छोरीको कर्म बाट प्रफुल्लित देखिन्थे ।
अहिले विभिन्न प्रलोभनमा परेर वैबाहिकरुपमा कोरिया प्रवेश  गर्नेको जमात बढ्दो छ । केही सिमित अपबाद बाहेक प्रायको स्थिती दयनिय रहेको कोरिया स्थित सकृय विभिन्न संस्थाहरुले भन्ने गर्छन् । कोरियामा आयोजित हुने विभिन्न कार्यक्रममा फोरोम प्रयोग गर्दै एउटा भाषणमा मात्र सिमित गर्ने प्रवृतिका  बिचमा महिलाका लागि महिला भने अपबादको रुपामा वैबाहिक भिषामा आउने नेपालीका लागि डटेर लडेको छ । एनआरएन कोरिया, नेपाली संपर्क समिती जस्ता संस्था सामान्य सांस्कृतिक  कार्यक्रममा रुम्मलिएर ठुला-ठुला र भ्रमयुक्त  गफ गर्नेको भिडमा केही क्षेत्रिय,जातिय लगायतका संस्थाले भने यस्ता विविध समस्यालाई आफ्नो मिसनको रुपमा आफ्नो कार्यक्षेत्र भित्र पारेका छन ।
महिलाका लागि महिला नामक संस्थालाई डायोस्परा बाहिर चिनाउन उनै जुनु लगायत आफ्नो कार्यसमितिले  अहोरात्र खटेर यहाँ सम्म आईपुगेको संबादका क्रममा यस संतम्भकार लाई बताईन ।नेपाल बँसाइको क्रममा समेत खाडी मुलुक लगायत अन्य मुलुक बाट घरेलु हिंसामा परेर फर्किनेहरुको लागि आवास लगायत अन्य सिपमुलक तालिम दिंदै आएको पौरखी नेपाल संग सहकार्य गर्ने जमर्को समेत गरिन । पौरखी नेपाल यस संस्थाकी अध्यक्ष मञ्जु गुरुङको सहयोगमा कोरिया स्थित महिलाहरुको बारेमा अन्तर्कृया समेत गरेर नेपाली मिडियालाई कोरियामा रहेका नेपाली महिलाहरुको  बस्तुस्थिती जानकारी गराईन ।प्रत्येक महिना स्वास्थ्य शिविर राखेर निशुल्क रुपमा औषधोउपचार समेत कोरियामा रहेका नेपालीहरुलाई उपलब्ध गराउदै आएकि जुनु अहिले आफ्नो ब्यवसायलाई भन्दापनि प्रवासी नेपालीहरुका लागि समय दिंदा खुशी हुन्छिन ।  महिला र महिलाका लागि भविष्यमा समेत काम गर्ने संकल्प बोकेकी जुनु गुरुङ बिस्तारै आफ्नो थातथलोमानै फर्केर दु:खी गरिवको लागि काम गर्ने आफ्नो लक्ष्य रहेको बताँउछिन । कोरियामा रहेका सबै नेपालीहरुको दिदी बनेकी जुनु अहिले  आफ्नो कर्मको कारणले गर्दापनि जुन जस्तै चम्कदै छन ।

Related

bichar 3261698393804352758

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item