राम्रो चरित्र भएको विदेशी प्रमाणपत्र’ पाएपछि दंग नेपाली

मीनप्रकाश उप्रेती सउल (दक्षिणकोरिया) ।
 वैदेशिक रोजगारका लागि विदेश गएका नेपालीले मेहनत अनुसारको पैसा कमाउँदा पाएको खुसी भन्दा काम गरेको देशले गरेको सम्मानले अझै धेरै खुसी हुने गरेका छन् । यसको उदाहरण हुन् धरानका निशान र इटहरीका रोसन श्रेष्ठ । स्वदेश फर्कने बेला कमाएको पैसा भन्दा ‘राम्रो चरित्र भएको विदेशी’ को प्रमाणपत्रले उनीहरूमाझ खुसी छाएको हो ।
कोरियाको उन्याङ्ग उन्छनमा एक प्लास्टीक कंम्पनीमा कार्यरत निसानले छनान प्रहरि कार्यलयबाट उक्त प्रमाण पत्र पाएका हुन । यसैगरि ईटहरि ८ का रोसन श्रेष्ठले पनि यस्तै प्रमाण पत्र पाए छन । रोसनले कोरियाको फेन्तेक स्थित एक मेटल कंम्पनीमा सात बर्ष बिताएका छन् ।
रोसनले पाएको प्रमाणपत्र देखाउदै भने ‘हामीले प्रवाशमा पाएको यो प्रमाण पत्रले हामी हाम्रो ईमान्दारितामा कहिपनि चुक्ने छैनौ र जहाँ रहेपनि यसलाई बचाई राख्ने छौं । हामी यस उर्जालाई नेपालमा अझ ईमान्दारिताका साथ पालन गर्ने छौं ।’ रोसनले भने ‘राम्रो काम र चरित्रको सम्मान जाहा पनि हुदो रहेछ ।’
कोरियाली सरकारले बिदेशी कामदारलाई त्यस देशको नियमलाई पुर्णरुपमा पालन गररी सबै समय बिताएको अवस्थामा उक्तप्रमाण पत्र दिने गरेको छनान बिदेशि सहयोग केन्द्रकी गिता राईले बताउनुभयो । अहिलेसम्म यस केन्द्रबाट आठ जाना नेपालीले उक्त प्रमाणपत्र पाईसकेका छन । कोरियामा बिदेशि कामदारहरुलाई राम्रो काम गरे बापत कोरियन कंम्पनिले र गैरकानुनी काम नगरि बसे कोरियाली प्रहरिले यस्ता प्रमाण पत्र दिने गरेका छन।

Related

korea 2187044440506185942

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item