कोरियामा जम्दैछ नेपाली रक ब्याण्ड " रेड गोर्खाज " l

रमेश खावाजु , दक्षिण कोरिया l
दक्षिण कोरियामा पछिल्लो समयमा काम गर्न आउने नेपालीहरुको चाप र संख्याको बृदि संग संगै विभिन्न संस्थाहरुले नेपालबाट कलाकारहरु बोलाइ धमाधम सांस्कृतिक कार्यक्रमहरु गर्न थालेका छन् l नेपाल  छोडेर विदेश  लाग्दैमा आफ्नो देशको माया पटक्कै हुँदैन भन्ने तथ्य सत्य हुँदै होईन भन्ने कुराको पुष्टी बिदेशमा रहेका नेपालीहरुको स्वदेश प्रतिको अगाध माया र स्नेहका यस्ता उदाहरणहरुबाट प्रमाणित हुन्छ l  अचेल कोरियामा नेपाली गित संगीतहरुमा रुचि राख्ने नेपालीहरुको संख्या पनि ह्वातै बढेको छ l  कोरियामा नयाँ पहिचान सहितको रक संगीत प्रति रुचि राख्ने केहि नेपाली युवाहरु मिलेर १ वर्ष अगाडी कोरियाको सउलमा "रेड गोर्खाज ब्याण्ड" स्थापना गरेका थिए l हाम्रा वीर, निडर गोर्खालीहरुको प्रेम, सहयोग अनि एकता भावनाबाट  प्रभावित भएर ब्याण्डको नाम " रेड गोर्खाज" राखेको सो  ब्याण्डका लिड गितारिष्ट सुधिर गुरुङले बताउनुभयो l 
रेड गोर्खाज ब्याण्डको  सदस्यहरु
  सो ब्याण्डको स्थापना भए पनि संगीतका साधकहरुले  १ वर्ष लामो समयको साधना पछि बल्ल यसै बर्षको सालनाल देखि कोरियाको सांस्कृतिक  कार्यक्रममा आफ्नो प्रस्तुति दिन थालेका छन्  l यो समूहको गायकमा  जितु बिक ,लिड गीतारिस्टमा सुधिर  गुरुङ ,  , रिदम गीतारिस्टमा  सन्तोष लामा ,कि बोर्डमा नेषबंग राइ , फ्लुतेमा बिजय ,ड्रममा बिक्रम , बेस गीतारिस्ट कुल पुन तथा यमन  लिम्बु हुनुहुन्छ l 
                                                    रेड गोर्खाज ब्याण्डको भिडियो  
रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ l सँगीतका धेरै प्रकार र शैली हुने गर्दछन् l  दक्षिण कोरियामा रहेको रेड गोर्खाज ब्याण्डले  रक शैलीको संगीतहरु श्रृजना गर्ने सो ब्याण्डका गायक जितु बिकले  बताउनु भएको छ । 



Related

korea 9162344048732030895

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item