युट्युबमा कोरियन गायक साईको जेन्टलम्यानले कीर्तिमान राख्दै l
https://nnkorea.blogspot.com/2013/04/l_18.html
देवेन्द्र सम्वाहाम्फे ,दक्षिण कोरिया l
दक्षिण कोरियाली पप स्टार पार्क छे साङ उर्फ साईको नयाँ गीत 'जेन्टलमेन' ८० घन्टामा नै यूट्युबमार्फत १० करोडभन्दा बढीपटक हेरिएपछि नयाँ कीर्तिमान राख्न सफल भएको छ ।
उक्त गीत साईले गत शनिबार सोलस्थित वल्डकप रंशालामा पहिलोपटक प्रस्तुति दिएका थिए । ५० हजार दर्शकमाझ गरिएको प्रस्तुति सकिएलगत्तै राति ९ बजे रिलिज भएको यो म्युजिक भिडियो ८० घन्टामा नै बुधबार स्थानीय समय बिहान ५ बजेसम्ममा १० करोडभन्दा पटक हेरिएको थियो । साईको अघिल्लो मेघा हिट गीत 'गाङनाम स्टाइल' लाई त्यो चरणमा पुग्न ५१ दिन लागेको थियो । यसअघि २४ घन्टामा ८० लाखपटक हेरिएको जस्टिन बिबरको 'ब्वाइफ्रेण्डलाई समेत जेन्टलमेनले पछि पारेको छ ।
जेन्टलमेन पहिलो २४ घन्टाभित्र २ करोडभन्दा बढीपटक हेरिएको थियो । 'जेन्टलमेन' रिलिज भएको दिन कोरिया, ब्राजिल, मेक्सिको र क्यानडामा सबैभन्दा धेरै हेरिएको थियो । यो गीत दैनिक २ करोडभन्दा बढीले हेरिरहेका छन् ।
'जेन्टलमेन' बुधबार अपराह्नसम्ममा ११ करोड ८० लाखभन्दा पटक यूट्युबमा लगअन गरिएको छ भने ११ लाख ४५ हजारभन्दा बढीले लाइक र २ लाख ११ हजारले डिस लाइक बटनमा क्लिक गरेका छन् । यो गीत प्रसिद्ध गीतकार तथा निर्माता यू गुन ह्यन र साईले संयुक्त रूपमा लेखेका हुन् ।
३ मिनेट ५४ सेकेन्ड लामो जेन्टलमेनमा एमबीसी टेलिभिजनद्वारा उत्पादित मुन्हा थोजन कार्यक्रमा सदस्यहरू यु जे सक, पार्क म्यङ सु, गिल नो, ह्यन छल र ब्राउन आई गल्स आइडल समूहका गायिका गा इनको साथ रहेको छ । 'जेन्टलमेन'लाई छो सु ह्यनले निर्देशन गरेका हुन् । साईले गतवर्ष 'गाङनाम स्टाइल' गीत गाएर विश्व कीर्तिमान कायम गरेका थिए ।
३६ वर्षअघि सोलमा जन्मिएर सन् २००१ बाट गीत गाउन थालेका उनको 'गाङनाम स्टाइल' एक अर्बभन्दा बढीपटक हेरिएको विश्वकै पहिलो म्युजिक भिडियो हो । बुधबार यूट्युबले सार्वजनिक गरेको तथ्यांकअनुसार 'जेन्टलमेन' हेर्नेहरूको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छन् । आइट्युन चार्टसनुसार 'जेन्टलमेन' हाल अर्जेटिना, बेल्जियम, ब्राजिल, डेनमार्क लगायत ४२ देशमा टप वानमा, अस्ट्रलिया, चिली क्यानडा र भारत, इटाली, जापान लगायत देशमा टप थ्रीमा रहेको छ भने बेलायतमा सातौं र अमेरिकामा तेह्रौं स्थानमा रहेको छ । गायक साई सम्बद्ध एजेन्सी वाइजी इन्टरटेन्डमेन्टले बुधबार बिहान 'जेन्टलमेन'ले विश्व पप संगीतलाई नयाँ आयाम दिने र नयाँ कीर्तिमान कायम गर्ने आशा गरेको जनाएको छ ।
दक्षिण कोरियाली पप स्टार पार्क छे साङ उर्फ साईको नयाँ गीत 'जेन्टलमेन' ८० घन्टामा नै यूट्युबमार्फत १० करोडभन्दा बढीपटक हेरिएपछि नयाँ कीर्तिमान राख्न सफल भएको छ ।
उक्त गीत साईले गत शनिबार सोलस्थित वल्डकप रंशालामा पहिलोपटक प्रस्तुति दिएका थिए । ५० हजार दर्शकमाझ गरिएको प्रस्तुति सकिएलगत्तै राति ९ बजे रिलिज भएको यो म्युजिक भिडियो ८० घन्टामा नै बुधबार स्थानीय समय बिहान ५ बजेसम्ममा १० करोडभन्दा पटक हेरिएको थियो । साईको अघिल्लो मेघा हिट गीत 'गाङनाम स्टाइल' लाई त्यो चरणमा पुग्न ५१ दिन लागेको थियो । यसअघि २४ घन्टामा ८० लाखपटक हेरिएको जस्टिन बिबरको 'ब्वाइफ्रेण्डलाई समेत जेन्टलमेनले पछि पारेको छ । जेन्टलमेन पहिलो २४ घन्टाभित्र २ करोडभन्दा बढीपटक हेरिएको थियो । 'जेन्टलमेन' रिलिज भएको दिन कोरिया, ब्राजिल, मेक्सिको र क्यानडामा सबैभन्दा धेरै हेरिएको थियो । यो गीत दैनिक २ करोडभन्दा बढीले हेरिरहेका छन् ।
'जेन्टलमेन' बुधबार अपराह्नसम्ममा ११ करोड ८० लाखभन्दा पटक यूट्युबमा लगअन गरिएको छ भने ११ लाख ४५ हजारभन्दा बढीले लाइक र २ लाख ११ हजारले डिस लाइक बटनमा क्लिक गरेका छन् । यो गीत प्रसिद्ध गीतकार तथा निर्माता यू गुन ह्यन र साईले संयुक्त रूपमा लेखेका हुन् ।
३ मिनेट ५४ सेकेन्ड लामो जेन्टलमेनमा एमबीसी टेलिभिजनद्वारा उत्पादित मुन्हा थोजन कार्यक्रमा सदस्यहरू यु जे सक, पार्क म्यङ सु, गिल नो, ह्यन छल र ब्राउन आई गल्स आइडल समूहका गायिका गा इनको साथ रहेको छ । 'जेन्टलमेन'लाई छो सु ह्यनले निर्देशन गरेका हुन् । साईले गतवर्ष 'गाङनाम स्टाइल' गीत गाएर विश्व कीर्तिमान कायम गरेका थिए ।
३६ वर्षअघि सोलमा जन्मिएर सन् २००१ बाट गीत गाउन थालेका उनको 'गाङनाम स्टाइल' एक अर्बभन्दा बढीपटक हेरिएको विश्वकै पहिलो म्युजिक भिडियो हो । बुधबार यूट्युबले सार्वजनिक गरेको तथ्यांकअनुसार 'जेन्टलमेन' हेर्नेहरूको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छन् । आइट्युन चार्टसनुसार 'जेन्टलमेन' हाल अर्जेटिना, बेल्जियम, ब्राजिल, डेनमार्क लगायत ४२ देशमा टप वानमा, अस्ट्रलिया, चिली क्यानडा र भारत, इटाली, जापान लगायत देशमा टप थ्रीमा रहेको छ भने बेलायतमा सातौं र अमेरिकामा तेह्रौं स्थानमा रहेको छ । गायक साई सम्बद्ध एजेन्सी वाइजी इन्टरटेन्डमेन्टले बुधबार बिहान 'जेन्टलमेन'ले विश्व पप संगीतलाई नयाँ आयाम दिने र नयाँ कीर्तिमान कायम गर्ने आशा गरेको जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments