विदेशीहरुलाई दक्षिण कोरिया छाडन उत्तर कोरियाको सुझाब l
https://nnkorea.blogspot.com/2013/04/l_2091.html
उत्तर कोरियाले दक्षिण कोरियामा रहेका विदेशीहरुलाई मुलुक छाड्ने उपाय सोच्न सुझाव दिएको छ । कोरियाली प्रायद्धीपमा युद्ध भएको अवस्थामा दक्षिण कोरियामा रहेका विदेशीहरुलाई क्षति नपुगोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उत्तरले यस्तो आग्रह गरेको बिबिसिले जनाएको छ । उत्तर कोरियाले दक्षिण कोरियामा रहेका सबै विदेशी संगठन, कम्पनी र पर्यटकहरुलाई त्यहाँबाट निस्कने उपाय खोज्न भनेको छ । उत्तर कोरियाले मिसायल परिक्षण गर्ने सम्भावना बढिरहेका बेला यस्तो चेतावनी आएको हो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा दक्षिण कोरिया, जापान र कोरियाली प्रायद्धीपमा रहेका अमेरिकी सैन्य वेश क्याम्पहरुमा लगातार जसो आक्रमणको धम्की दिइरहेको छ । यसैबीच जापानले राजधानी टोकियोमा आफ्ना ३ करोड जनताको सुरक्षार्थ एण्टी मिसायल प्रणाली परिचालन गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले आफ्ना जनताको सुरक्षाका लागि हरसम्भव उपाय अपनाउने भन्दै उनीहरुलाई सुरक्षित महशुस गर्नका लागि वातावरण बनाउने बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments