नेपाली दूतावासले फेरी भन्यो कोरियाली प्रायद्दिपको तनावले डराउन पर्दैन
https://nnkorea.blogspot.com/2013/04/blog-post.html
अशोक मैनाली ,सउल, दक्षिण कोरियाㅣ
दक्षिण कोरिया स्थित नेपाली दूतावास स्रोतले उत्तर कोरियाको पछिल्लो धम्कीदेखी डराउनु नपर्ने बताएको छ। उत्तरले दक्षिणमा रहेका विदेशी नागरिकलाई दक्षिण छाड्न आग्रह गरे लगत्तै दूतावासको यस्तो प्रतिक्रिया आएको हो। दूतावास स्रोतले बताए अनुसार उत्तर कोरियामा रहेका विदेशी नियोगलाई अप्रिल १० सम्म उसले देश छाड्न आग्रह गरेपनि उनिहरुले कुनै चासो नलिएकोले यंहा रहेका नेपालीहरूले कुनै डर मान्न जरुरी नभएको बताएको हो। साथै दूतावासले उसले यस अघी निकालेको बिज्ञप्तीमा अझै कायम रहेको र त्यस्तो जटिल परिस्थिती आएमा सुचना निकालेर जानकारी गराउने पुन आग्रह गरेको छ।
त्यस्तै कोरिया प्रायद्दीपको पछिल्लो तनावको बिषयमा हिजो दक्षिण कोरिया स्थित सबै विदेशी नियोग संग दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले छ्लफल गरेको बुझीएको छ। सो छलफलमा मन्त्रालयले आफ्नो गुप्तचर निकायको सुचना उध्रित गर्दै तत्काल उद्दको सम्भावना नरहेको बताएको छ। सो छलफलमा कोरियाको लागी नेपाली राजदूत कमान सिंङ् लामा पनी सहभागी भएका थिए । राजदूत लामा निकट स्रोतले नेपालकोरियाटाइस्मलाई बताए अनुसार मन्त्रालयका उच्च अधिकारीहरूले उत्तरले यस्तो धम्की ६० बर्ष देखी दिंदै आएको भन्दै तत्काल युद्दको सम्भावना नरहेको र त्यस्तो अवस्था आएमा समयमै जानकारी गराउने बताएका थिए।

Post a CommentDefault CommentsFacebook Comments