स्याङ्जा परिवारको नंया वर्ष २०७० को शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न l

झक थापा मगर ,सउल, दक्षिण कोरिया l
आंउदो छुसकको दोश्रो दिन सेप्टेम्बर १९ तारिखमा “आंधी-खोला सांगितिक सौगात-४ कार्यक्रम गर्ने निर्णय l
गत १४ अप्रिल आईतबारको दिन स्याङ्जा परिवार गणतन्त्र कोरियाले आयोजना गरेको सउल हेवादोङ् स्थित नमस्ते ईन सउल रेण्टुरेण्टमा कोरियामा वसोबास गरिरहेका स्याङ्जावासीहरुको विचमा संस्थाको १६ औं वार्षिकोत्सव मनाउनुका साथै नंया वर्ष २०७० को शुभकामना आदन-प्रदान तथा परिचयात्मक कार्यक्रम र संस्थाले गर्ने भावी कार्यक्रम र योजनाहरुको बारेमा निर्णय गर्दै सम्पन्न गरेको छ। स्याङ्जावासीहरुको बाक्लो उपस्थिती रहेको  कार्यक्रम अध्यक्ष मिलन राना मगरको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी झक थापा मगर हुनुहुन्थ्यो। यसै गरि अन्य अतिथीहरुमा नरेश के.सी.,रुपेन्देही सम्पर्क समितिका उपाध्यक्ष तथा बौद्ध परिवार गणतन्त्र कोरिया सविच प्रितम गुरूङ्, बौद्ध परिवार गणतन्त्र कोरियाका अध्यक्ष ईश्वर गुरूङ् र नेपाल मगर संघ गणतन्त्र कोरियाका अधयक्ष हेम थापा मगर हुनुहुन्थ्यो।

   दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको कार्यक्रममा पहिलो चरणमा स्याङ्जा परिवार स्थापाना भएको १६ औं वर्ष पुगेको उपलक्ष्यमा १६ वटा मैन बत्ती बालेर शुरु भएको थियो भने संचालन सचिव दिपेन्द्र अधिकारीले गर्नुभएको थियो। उपस्थित हुने स्याङ्जावासीहरुलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष श्रीमती हिमानी गुरुङ् र सह-सचिव कुमार थापा मगरले प्रवास भूमिमा रहेर पनि स्याङ्जावासीहरुलाई यसरी एकै ठांउमा भेट भएर एक आपसमा परिचय गर्दै नंया वर्ष २०७० को शुभकामना आदन-प्रदान गर्न पाउंदा ज्यादै खुशी लागेको भन्दै नंया वर्षले स्याङ्जावासीहरु विचमा भएका झिना मसिना कुराहरुलाई त्यागेर “सर्वे भवन्तु सुखिन,सर्वे सन्तु निरमया।सर्वे भद्राणि पश्यन्तु मा कस्चिद् दु:ख भाग्जन:”।। भन्ने मूल मन्त्र मानेर संस्थाले ल्याउने कार्यक्रमहरुलाई सफल पार्न एक भई लाग्न अनुरोध गर्दै सबै जनाको सु-स्वास्थ र दिर्घायुको कामना गर्नुभएको थियो।कार्यक्रममा शुभकामना व्याक्त गर्नु हुनेमा झक थापा मगर, हेम थापा मगर, ईश्वर गुरुङ्, प्रितम गुरुङ् र नरेश के.सी. हुनुहुन्थ्यो भने कोषाध्यक्ष गुन राना मगरले यहि अवसर पारेर संस्थाको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
     अति सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रमको दोश्रो चरणमा संस्थाले आउंदो छुसकको दोश्रो दिन (सेप्टेम्वर १९ तारिख)  आयोजना गर्ने “आँधी-खोला सांगितिक सौगात-४” बारेमा उपस्थित सबैलाई आ-आफ्नो राय,सल्लाह र सुझाव राख्न लगाईएको थियो। वक्ताहरुले आ-आफ्नो भनाई राख्दै गएको सलनालमा संस्थाले सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेपनि नेपाली सम्पर्क समितिले क्रियाशिल संघ/संस्थाहरुको विचमा सलनालमा कुन-कुन संस्थाले कार्यक्रम गर्ने? भन्ने निर्णय गर्न आयोजना गरेको भेलामा सबैको सल्लाह र सहमती अनुसार एन.आर.एन. कोरिया र नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियालाई समर्थन गर्दै  सलनालमा गर्ने भनेको सांस्कृतिक कार्यक्रमको दावी छोडिएको तर आउने छुसकको लागि कुन-कुन संस्थाले सांस्कृतिक कार्यक्रम गर्ने? भन्ने वारेमा नेपाली सम्पर्क समितिले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बांडफांड गर्ने भेलामा स्याङ्जा परिवारले आउने छुसकको दोश्रो दिन(सेप्टेम्बर १९) मा आंधी-खोला सांगितिक सौगात-४ सांस्कृतिक कार्यक्रम गर्न दावी गर्ने र नेपाली सम्पर्क समिति लगायत सम्पूर्ण संघ/संस्थाहरुले सहमती तथा समर्थन गर्ने छ भन्ने आशा व्याक्त गरेका थिए भने उपस्थित सबैले एकै स्वरमा छुसकको दोश्रो दिन(सेप्टेम्वर १९) संस्थाले जसरी पनि आंधी-खोला सांगितिक सौगात-४ सांस्कृतिक कार्यक्रम गर्ने र कार्यक्रम आयोजना गर्दा  जे जस्ता बाधा-व्यवधानहरु आए पनि जुझ्दै कोरिया स्थित सबै स्याङ्जावासीहरुलाई मानसिक, आर्थिक,नैतिक र भौतिक रुपमा तयार रहि “एक स्याङ्जावासी एक नेपाली, सांस्कृतिक कार्यक्रम सफल पारौं भई सहभागी”  भन्ने भनाईलाई मनन गरि सांस्कृतिक कार्यक्रम सफल पार्न आव्हान गरेका थिए।
 कार्यक्रमको अन्त्यमा अध्यक्ष मिलन राना मगरले कोरिया स्थित स्याङ्जावासीहरु र सम्पूर्ण नेपालीहरुलाई  शुभकामना दिनुहुंदै नंया वर्ष २०७०ले तपाईहरुको हरेक सपनाहरु सुखद भएर पुरा होस, एक आपसमा सहयोग र सदभावको भावना अझै बृद्धिहोस् भन्ने कामना गर्दै स्याङ्जा परिवार स्थापना भएको १६औं वर्ष पुगेको अवसरमा संस्थालाई कोरियामा स्थापित र अग्रणी गराउन महत्वपूर्ण लगानी र भूमिका निभाउनु हुने भू.पू अध्यक्षहरु छ्याम थापा मगर,  मुक्त गुरुङ्, झक थापा मगर, हेम थापा मगर, गुप्त गुरुङ् र ईश्वर गुरुङ्लाई धन्यवाद दिनुहुंदै आउने दिनहरुमा पनि अग्रजहरुले डो-याएको गोरेटोमा लाग्ने,कोरियामा हुने गर्ने कार्यक्रमहरु  लगायत  नेपालीहरु तथा स्याङ्जावासीहरुमा पर्ने समस्याहरुमा समधान गर्न सबै संग हातेमालो गर्दै अगाडी वढ्ने र हामी जन्मेको ठांउ स्याङ्जा जिल्लामा पर्ने आपतकालिन सहयोग लगायत  सामाजिक, शैक्षिक,भौतिक,आर्थिक,स्वास्थ्य क्षेत्रमा यंहाहरुलाई साथमा लिएर सहयोग गर्न संधै तत्पर रहने छु भन्दै  छुसकको दोश्रो दिन (सेप्टेम्वर १९) संस्थाले गर्ने सांस्कृतिक कार्यक्रम सफल पार्न सबै क्षेत्रबाट सहयोग पाउने अपेक्षा राख्दै  कोरियाका कृयाशिल संघ/संस्थाले कार्यक्रम नजुधाई सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको थियो र छुसकमा सांस्कृतिक कार्यक्रम गरिने भएकोले संस्थाले नियमितरुपमा गर्दै आईरहेको आँधी-खोला रनिङशिल कप भलिबल प्रतियोगिता यस वर्ष नगरिने जानकारी दिनुहुंदै कार्यक्रम समापन गर्नुभएको थियो।

Related

korea 4688989295254688966

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item