नया बर्ष साँझमा दोंग्देमुनमा नेपालीहरु निदाएनन l

 नमस्ते नेपाल कोरिया सम्बाददाता l
ढिलो गरी दक्षिण कोरियाको राजधानी सिओल स्थित दोंग्देमुन फस्ट नेपाल रेस्टुरेन्टमा नया वर्ष दोहोरी साँझ भव्यताका साथ मनाइएको छ l
कोरियाको अत्यन्तै कठिन काम बेफुर्सदिलो समयलाई थाती राखेर अप्रिल २१ तारिख शनिबार साँझ आयोजित उक्त दोहोरी साँझ बिहान ५ बजे सम्म चलेको थियो l रेस्टुरेन्ट संचालिका तथा वुमेन गोर वुमेनका अध्यक्ष जुनु गुरुङको स्वागत तथा शुभकामना मन्तब्य संगै शुरु भएको सो साँझमा कोरियामा रहेका नेपाली
समुदाय,ब्यबसायी,संघ संस्थाका प्रतिनिधि,कलाकार,पत्रकारहरुको बाक्लो उपस्थिति थियो l साथै विश्व साइकल यात्री द्वय जनार्दन खनाल र कृष्ण लामालाई स्वागत तथा उपस्थित महानुभावहरुले सामुहिक ३ लाख वन सहयोग गरिएको थियो भने यात्री द्वयले धन्यवाद ज्ञापन गरेका थिए l 
दोस्रो चरणमा दक्षिण कोरियामा छोटो समयमा अत्यन्तै चर्चित सम्पूर्ण नेपाली थकित प्रबासी मनहरुको बिसौनी बन्न सफल बिसौनी सांगीतिक समुहको धमाकादर लाइभ लोक दोहोरी गीतमा कम्मर मर्काउनको निम्ति उपस्थित भीड तछाड मछाड भएका थिए l त्यसै गरी पत्रकार पुष्पराज लामिछानेको अत्यन्तै रोचक क्यारिकेचरमा दर्शक दीर्घामा हासोको फोहोरा छुटेको थियो l आगन्तुक कलाकार भेषराज खड्काको मिठो गीतहरु र दिपक ढकालको क्यारिकेचरले थप साँझको रौनकता बढाएको थियो l यस्ता खाले साँझहरुबाट नेपाली मौलिक संस्कृतिको जगेर्ना र प्रचार पनि हुने भएकोले आगामी दिनहरुमा पनि आफुहरु अझै जागरुकताका साथ लागिपर्ने समुहका गायक तथा कलाकार सि.पी.मगरले बताउनुभएको छ

Related

korea 4082122619382065907

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item