कोरियाको छनानमा वैदेशिक महोत्सव हुने l
https://nnkorea.blogspot.com/2013/04/l_22.html
आउदो अप्रिल २८ तारिख आइतबारका दिन कोरियामा वैदेशिक महोत्सव हुने भएको छ । कोरियामा रहेका चैाध राष्ट्रका नागरिकलाई लक्षित गरी हुन गइरहेको उक्त महत्सवमा विदेशी र कोरियन नागरिकको बाक्लो उपस्थितिहुने आयोजकहरुले जनाएका छन् ।
सो महोत्सव कोरियाको छनान स्थित हेवन चर्चको प्रङ्गणमा हुने भएको हो । कोरियामा रहेका बिदेशिहरुको आफ्नो कला सस्कृती एक आपसमा देखाउने र एकताको लागि उक्त कार्यक्रम गर्न लागिएको वैदेशिक सहयो केन्द्र छनानका प्रमुख यु होन हाङ्ग ले बताउनु भयो ।
सो महोत्सवमा आ-आफ्नो देशको कला र संस्कृति झल्कने प्रत्येक देशले दुई दुई वटा कार्यक्रमहरू प्रस्तुत गर्न पाउने भएका छन् । उक्त कार्यक्रममा उत्कृस्टहुने तिन देशलाई नगद पुरस्कार र प्रमाणपत्र द्धरा सम्मान गरिने भएको छ । कार्यक्रममा नेपालीहरूको तर्फबाट मिना थापा र डेबिट सिहको दुई टोलीले भाग लिने भएका छन् ।
थेजन अध्यागमन विभाग र छनान वैदेशिक सहयोग केन्द्रको सयुक्त आयोजनामा हुने गइरहेको उक्त महोत्सवमा आ- आफ्नो देशको स्वाद अनुसारको खाना निःशुल्क उपलब्ध गराईने भएको छ । कानुनी परामर्ष र सहयोग सहितको उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा नेपालीहरूको तर्फबाट चालीस जना स्वयमसेवक रहेका छन् ।
उक्त कार्यक्रममा कोरियामा रहेका नेपालीहरूको उपस्थितिको लागि छनान वैदेशिक सहयोग केन्द्रकि नेपाली प्रमुख गिता राईले अनुरोध गर्नु भएको छ । सोही कार्यक्रममा नेपालीहरुका लागि बैक खाता पनि निःशुल्क खोलिने भएको हुदा राहदानि र आई डि कार्डको फोटो कपि लिएर आउन जानकारी गराईएको छ । अनलाइन खबर

Post a CommentDefault CommentsFacebook Comments