द. कोरियाका रक्षामन्त्रीलाई चेतावनीयुक्त पत्र, उत्तर कोरिया आणविक परीक्षण नजिक l

दक्षिण कोरियाका रक्षामन्त्री किम क्वान–जीन आतंकवादी गतिविधिको निशानामा परेका छन् । रक्षामन्त्री किमको नाममा चेतावनी युक्त पत्रसँगै चिन्न नसकिने सेतो पाउडर राखिएको पार्सल पुगेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । 
छिमेकी उत्तर कोरियाले आक्रमणको धम्की दिइरहेका बेला दक्षिणका मन्त्री यस्तो आतंकवादी गतिविधिको निशानामा परेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको रक्षा अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिनअघि मात्र दक्षिण कोरियाको रक्षा मन्त्रालयमा उत्तर कोरियासँग कठोर नीति लिएको भन्दै रक्षामन्त्री किमलाई कारवाही गर्नुपर्ने धम्कीयुक्त पर्चाहरु फेला परेका थिए । 

यसैबीच प्योङयाङ चौथो आणविक परीक्षण नजिक पुगेको चीनले जनाएको छ । तर, यस्तो परीक्षण कहिले गरिन लागेको छ भन्नेबारे ठोस जानकारी सार्वजनिक हुन सकेको छैन् । 

उत्तर कोरियाले गत फेब्रुवरीमा तेस्रो आणविक परिक्षण गरेपछि कोरियाली प्रायद्धीप युद्धको त्रासमा छ ।

Related

korea 979378756066905992

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item