कोरियामा विश्व वैदेशिक महोत्सव सम्पन्न l
https://nnkorea.blogspot.com/2013/04/l_8700.html
मिन प्रकाश उप्रेती - सउल कोरिया l
कोरियामा विश्व वैदेशिक महोत्सव सम्पन्न भएको छ ।कोरियामा रहेका सबै देशका नागरिकलाई लक्षित गरी उक्त महोत्सव गत आइतबार सम्पन्न भएको हो । कोरियाको छनान स्थित हेवन चर्चको प्रङ्गणमा भएको उक्त कार्यक्रममा विभिन्न देशका नगरिकहरुले आ-आफ्नो कला र संस्कृति झल्काउने कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालीहरूको तर्फबाट पोखराकी पुर्णीमा गुरुङ्गले "मै राम्री भैछु........." भन्ने गीतको बोलमा नेपाली पहिरन सहित नृत्य प्रस्तुत गरेकी थिइन l
थेजन अध्यागमन विभाग र छनान वैदेशिक सहयोग केन्द्रको सयुक्त आयोजनामा भएको उक्त महोत्सवमा निःशुल्क स्वास्थ्य परिक्षण , कानुनी परामर्श , आकर्षक उपहार, निःशुल्क बैक खाता खोलिदिनुको साथै आ- आफ्नो देशको स्वाद अनुसारको खाना उपलब्ध गराईएको थियो ।
नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्य क्रममा नेपाली राष्ट्रय झण्डा सहित परिक्रमा गरिएको थियो । नेपालको कला संस्कृति ,हिमाल र बुद्ध झल्काउने तस्बिर हेर्न जो कोही बिदेशिहरु पनि लोभिएको सजिलै अनुमान गर्न सकिन्थ्यो
कार्यक्रममा आठ देशका राजदूतको उपस्थिति रहेको थियो भने नेपालको तर्फबाट श्रम सहचारि अनिल गुरुङ्गले प्रतिनिधित्व गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै श्रम सहचारि गुरुङ्गले यस किसिमका कार्यक्रमबाट विश्व एकतामा सहयोग पुग्ने बताउनु भयो ।
छनान वैदेशिक सहयोग केन्द्रको नेपाली प्रमुख गिता राईले नेपालीहरूको उल्लेखनीय उपस्थितिको सरहना गर्दै आज संसार सामु नेपाल चिनाउन केही हद सम्म सफल भएको खुसी व्यक्त गर्नु भयो ।

Post a CommentDefault CommentsFacebook Comments