हलेसी रनिङकप भलिबल प्रतियोगिताको टाईसिट प्रकाशित l

समिर निरौला ,सउल, दक्षिण कोरिया l
खोटाङ्ग सेवा समाजले नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राईको प्रमुख आतिथ्यमा आयोजना गर्न लागेको भलिबल प्रतियोगिताको बारेमा सम्पुर्ण सँघ सँस्थाहरुलाई जानकारी गराउँदै आइतबार नमस्ते ईन सउलमा टाईसिट प्रकासित गरिएको छ । गत बर्ष नमस्ते पाल्पाले तनहु प्रवासी समाजलाई हराएर कप जितेको थियो, यसपटक १४ टिम दर्ता भएको छ अनुमान गरे भन्दा धेरै टिम भएपछि खेल बिहान ९ बजेबाट नै सुरु हुने आयोजकले बताएको छ ।  खेलको सुरुवातमै नमस्ते पाल्पा र खोटाङ्ग सेवा समाज भिड्ने छन् । बार्षिक रुपमा हुँने गरेको हलेसी रनिङकप प्रतिस्पर्धात्मक भलिबल प्रतियोगिताको रेफ्रीमा नेपाल भलिबल सँघ दक्षिण कोरियाका मुख्य प्रशिक्षक केशभक्त गुरुङ लगाएत अन्य चार जना रहने भएका छन् । यस पटक हुने खेलमा निम्न नेपाली खेलाडीहरु बिच प्रतिस्पर्धा हुने भएको छ ।

१ खोटाङ्ग सेवा समाज ०१०२१७९०४४६ र नमस्ते पाल्पा ०१०४९९६०५६८ 
२ पर्बत प्रवासी समाज ०१०४६९४९८२६ र फ्रेन्डसिप गु्रप ०१०७२१५०८१८
३ नेपाल मगर सँघ ०१०२६०६६६८१ र एन् आर एन् ०१०४७६७५२४८
४ काँस्कि परिवार ०१०३६९२२७३० र बाग्लुङ सम्पर्क समिति ०१०४८०३२७३०
५ सुदुर पश्चिम समाज ०१०२८९९१२४२ र तनहु प्रवासी समाज ०१०६४७९३४२५
६ एस् एम् टि ०१०५८३५२०३४ र स्याङ्जा परिवार ०१०५६६५२३४७
 गुल्मी सम्पर्क समिति ०१०६४५०१९४६ र म्याग्दी सम्पर्क समिति ०१०५५९०६४१० भने यस पटक बाई परेका छन् । भलिबल खेल बाहेक अन्य खेलहरु रिङ खेल, तिर खेल जस्ता मनोरञ्जनात्मक खेल खेल्दै र नेपाली परिकार हरुको स्वादमा रमाउँदै खेल हेर्न सकिने छ  । खोटाङ जिल्लाबाट कोरिया आई बिभिन्न पेशा ब्यवसायमा आबद्ध सम्पुर्ण खोटाङ्गे दाजुभाई तथा दिदीबहिनी हरुलाई अनिबार्य उपस्थित हुन साथै खेलको समयमा बातावरण धमिल्याउने खालका कुनै पनि काम नगर्न र भलिबल खेल मार्फत नेपाली सँघ सँस्थाहरु बीच सद्भाब कायम राख्न आयोजकले सबैमा आग्रह गरेको छ । 

आयोजकलाई सम्पर्क गर्नको लागी
स्थान   सिनहोङ तेहाक्यो माङओल्सा
मिति   २०१३ र ०५ र ०५ अर्को आईतबार
समय  ९ बजे
                अध्यक्ष मानध्वज राई ०१० ३३८ ९८८७८
                         सचिव मणी राई  ०१० ८६७ १६३५५ 
                            समिर निरौला ०१० ६८९ ८५८००
                सँयोजक चिरन कार्की  ०१० २१७९ ०४४६           
                         सदस्य इन्द्र राई  ०१० २२८ ९९०१०

Related

korea 2466253715523232901

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item