कोरियामा इपिएस प्रणालीमा सुधार तथा विभिन्न माग राख्दै मे दिवस सम्पन्न l
https://nnkorea.blogspot.com/2013/04/l_30.html
नमस्ते नेपाल कोरिया सम्बाददाता ,कोरिया l
२०१३ अप्रिल २८ तारिकका दिन दक्षिण कोरियाको सउलमा प्रवासी मजदुरहरुको हक हित र मानवअधिकार सुरक्षितको लागी संघर्षरत केसीटियु र एमटियुद्वारा संयुक्त रुपमा आयोजित अन्तर्राष्ट्रिय मे दिवस भब्य रुपमा मनाएका थिए l
कोरियामा मे दिवसमा सरकारी बिदा भएतापनि कोरियामा रहेका प्रवासी मजदुरहरु सबैले उक्त दिन बिदा नपाउने भएकोले आइतबारका दिन पारि मे दिवस मनाउन बाध्य भएको जानकारी एमटियुका का.अध्यक्ष उदय राइले दिए l ४ सय भन्दा बढी कोरियन तथा प्रवासी मजदुरहरुको सहभागिता रहेको उक्त मे दिवसमा सउलको फोसिंगाकबाट मजदुरहरुको र्याली शुरु भएको थियो l उक्त र्यालीमा प्रवासी मजदुरले इपीएस प्रणालीमा सुधार , न्युनतम ज्याला वृदि , प्रवासी महिला (बिहे गरेर आउने महिला ) प्रति गरिने भेदभाब , दुर्ब्यबहार बन्द हुनुपर्ने , इपीएस मजदुरहरुले स्वतन्त्र रुपमा कम्पनी फेर्न पाउनुपर्ने जस्ता मागहरु राखिएको थियो l उक्त र्याली सिटी हलमा पुगी आमभामा परिणत भएको थियो ।
सो सभामा एमटीयु का. अध्यक्ष उदय राइले " कोरियामा प्रवासी मजदुर प्रबेस गरेको धेरै भैसकेको छ तर उनीहरु प्रति गरिने भेदभावमा कुनै कमि आएको छैन l, कोरियन सरकारले उनीहरुको आधारभूत अधिकारलाइ मन्यता दिएको छैन l सदभाव मात्र देखाउछ l. कोरियन सरकारले बाहिर प्रवासी मजदुरलाइ राम्रो गरिरहेको भनि हल्ला फिजाए पनि ब्यबहारमा त्यस्तो लागु गरेको छैन l. प्रवासी मजदुरहरु कम तलबमा लामो समय सम्म काम गर्न बाध्य छ l, लामो समय सम्म काम गर्नुपर्ने भएकोले कामको तनाब र औधोगिक दुर्घटनाले गर्दा पनि धेरै प्रवासी मजदुरहरुले ज्यान गुमाई रहेको छन l, यति मात्रै होइन धरपकड गर्ने क्रममा प्रवासी मजदुरहरु घाइतेको साथै ज्यानै समेत गुमाएका पनि छन् यस्तो बिषयमा कोरियन सरकारले कुनै जिम्मेवारी लिएको छैन l, सरकारले धरपकड बन्द गरि सबै भिसा नभएको मजदुरलाई भिसा प्रदान गर्नुपर्छ , इपीएसको मजदुरहरुले स्वतन्त्र रुपमा कम्पनी परिबर्तन गर्न पाउनपर्छ" भनि आफ्नो धारणा राखेको थियो .l
त्यस्तै केसीटियुका उपाध्यक्षले "प्रवासी मजदुरहरुको हकाधिकार अझै सुनिस्चित भएको छैन l कोरिया सरकारले छोटो समयको लागि काम गर्ने मजदुरको रुपमा हेरिरहेको छ . प्रवासी मजदुर को हक अधिकार प्राप्ति साथै समानता को लागि केसीटियुले जोडदार संघर्ष गर्नेछ l दक्षिण कोरियामा जम्मा ७ लाख प्रवासी मजदुर छन् भने त्यसमध्य इपिएसबाट आएको मजदुरहरु ३ लाख छन् l . सबैले कोरियन सरकारले हामीलाई दास बनायो , गार्हो भयो भन्छन तर तेस्को समाधान कहाँबाट कसरि गर्ने हो खोज्दैनन् , आफु सहभागी हुन चाहदैनन् , कसैले गरिदिए हुन्थ्यो भन्छन, आफ्नो हकअधिकारको लागि सबै एकभइ आवाज उठाउनु पर्छ l "भन्दै आफ्नो मन्तब्य ब्यक्त गरेका थिए l
उक्त कार्यक्रममा भियतनाम, बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्स, कम्बोडियाका मजदुर प्रतिनिधीहरुले मजदुरहरुको अधिकार र समस्याको बारेमा आफ्नो भनाईहरु राखेका थिए l कार्यक्रममा कम्बोडियन ग्रुपले गित गाइ उपस्थित सहभागीहरुलाइ मनोरंजन पनि दिएका थिए l

Post a CommentDefault CommentsFacebook Comments