सुवनमा नयाँ वर्ष सांगीतिक साझ २०७० हुने l


विकास मोक्तान, दक्षिण कोरिया
कोरियाको सुवन स्थित मुम्वर्इ रेष्टुरेष्टले नयाँ वर्ष २०७० को पावन अवसरमा यहि अप्रिल १३ तारीक वेलुका ८ वजे स्थानिय कलाकारहरूको साथमा शुभ कामना आदान प्रदान तथा रात्री भोजको व्यवस्था गरी नयाँ वर्ष सांगीतिक साझ २०७० आयोजना गर्ने भएको छ ।
विसौनी समुहको विशेष प्रस्तुतिकको साथमा पप गायक होम गुरूङ, निमा तामाङ लगायत अन्य कलाकारहरूको धमाकेदार प्रस्तुती रहने समेत आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजु भार्इ तथा दिदी वहिनीहरूलार्इ उपस्थिति भर्इ नयाँ वर्ष भव्य रूपमा मनाउन अनुरोध समेत गरेको छ। साथै नयाँ वर्ष २०७० सालको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भार्इ तथा दिदी बहिनीहरूको सु स्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै आउदै गरेको नयाँ वर्ष २०७० सालको हार्दिक मंगलमय शुभ कामना  ब्यक्त गरेको छ ।

Related

korea 4656477527823225289

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item