कोरियामा ३ नेपाली मजदुर गुहार माग्दै प्रहरीको शरणमा l

डम्बर सुब्बा ,दक्षिण कोरिया  l
रोजगारीको सिलसिलामा ईपीएस मार्फत ३ महिना अघि कोरिया आई क्यङ्गगिदोको ईछन स्थित मिरे कन्सल्ट सानअप नामक कम्पनीमा कार्यरत ३ नेपाली कम्पनीलाई काम गर्ने कोरियन मेनेजनको अमानविय कुटपिट सहन नसकेर सोही क्षेत्रको स्थानिय प्रहरीको शरण पुगेको छ । 

प्रहरीको शरणमा गुहार माग्दै पुगेका सुनसरी धरान निवासी रामले भने ३ महिना अघि कोरिया आए पछि सो कम्पनीमा लगनशील र मेहेनत साथ काम गर्दथ्यौ तर त्यस कम्पनीको फे नामक मेनेजर भाषा नबुझेर भएको सानो सानो गल्तीमा पनि झापडले लातले हिर्काउने गर्दथ्यो । हामीले ३ महिना सम्म लगातार सहेर बसौ । धेरै संघसंस्था, राजदूतावासहरुलाई सहयोग माग्यौ तर कसैकोबाट सहयोग पाएनौ । 

उनले रुदै थप भने "यस्तै किसिमको दिनहु भई रहने शारिरीक, मानसिक तनावको कारण आत्माहत्या गर्ने सम्म सोच राखेका थियौ । 

त्यस्तै पोखरा निवासी माधवले भने कोरिया आएर काम गरेको पहिलो पल्ट हो, कामको बारेमा केहि थाहा हुदैन,राम्रो तरिकाले सिकाउनुको सटटा पहिला हिकाउने त्यस पछि नराम्रो गाली गर्दे काम सिकाउने गर्दथ्यो । बिहान काम शुरु गरेपछि कहिले कस्तो किसिमले कुटने हो जहिले पनि मनमा चिन्ताले सताउंथ्यो । आज पनि हामी तीनै जनालाई लातै लातले हिर्काउदा जीउ ज्यानको सुरक्षाको लागी प्रहरीको शरणमा आएका हौ ।

पिडित ३ नेपाली मजदुरले नेपाली राजदूतावाका श्रम सहचारी अनिल गुरुङ्गलाई उद्धार गरिदिनको लागी अनुरोध गर्दा श्रम सहचारी गुरुङ्गले आफुलाई पनि भाषाको समस्या भएको अन्य कुनै व्यक्तिलाई पठाउने आश्वासन दिए पनि कुनै व्यक्ति उद्धारको लागी नआएका बताए ।

ईछन प्रहरी कार्यलयका प्रहरी अधिकृत सीन ग्यङ्ग छलले नेपाली मजदुरलाई कुटपिट गर्ने कम्पनी मेनेजर फे र कम्पनी मालिकलाई बोलाएर बयान लिई सकेका छौ । कम्पनी मेनेजरले कुटपिट गरेको पनि स्वीकार गरि सकेको बताए ।

उनले थप भने पिडित ३ नेपाली मजदुरले चाहेको खण्डमा कुटपिट सम्बन्धी कानुन बमोजिम कानुनी प्रक्रिया अगाडी बढाउने छौ ।

कम्पनी मालिक रु जङ्ग हयनले ३ महिना अघि देखि नेपाली मजदुरहरुलाई कम्पनी मेनेजर फेले कुटपिट गर्दे आएको रहेछ मैले त अहिले प्रहरी कार्यलयमा आएर पो थाहा पाए । आज भन्दा अघि मलाई कुटपिट गरेको सम्बन्धमा कुनै किसिमको जानकारी भएन । कुटपिट र अमानविय व्यवहार गरेको मेनेजर फेले पनि स्वीकार गरि सकेको छ । त्यसको लागी म भित्री आत्माबाट माफी माग्न चाहन्छु र नेपाली मजदुरहरुले जे चाहन्छ त्यो गर्न तयार छु भने ।

सोही स्थानमा दोभाषेको लागी आएका कोरियाका साना तथा मझौता उधोग महासंघका कर्मचारी वाङ्गदी लामाले भने म प्रहरी कार्यलयमा पुग्न ३ जना नेपाली मजदुर भाईहरु प्रहरी कार्यलयको कुनाको टुहुरा जस्तै बिजोग अवस्थामा थियो । त्यो देख्दा एक नेपालीको हैसियत मन एकदमे दुख्यो । 

यस्तो विषयमा नेपालको सम्बन्धीत सरकारी निकाय नेपाली राजदूतावाले समयमा नै उद्धार गर्नु पर्ने हो । कोरियामा रहेका नेपाली मजदुरहरुलाई आपत विपत आई परेको बेलामा सहयोग दिन नसकेकोले नेपाली मजदुरहरुले थप दुख कष्ट भोग्नु परि रहको उनले थप बताए ।

ईपीएस मार्फत कोरियामा आएका नेपाली मजदुरहरु मध्ये हाल सम्म ७ जना भन्दा बढी नेपालीहरुले आत्मा हत्या गरि सकेको छ । नेपाल सरकारको सम्बनधीत निकाय नेपाली राजदूवासले नेपाली मजदुरहरु समस्या प्रतिको कर्तव्य विमुख कार्य, वेवास्ता, लापारवाही हुदै जाने हो भने थप नेपालीहरुले आत्मा हत्या नगर्न सक्दैन भन्न सकिन्दैन । यसको जिम्मेवार नेपाल सरकार र नेपाल सरकारको सम्बन्धीत निकाय नेपाली राजदूतावास हुने छ। 

Related

korea 3950913763714450943

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item