कोरिया लोटस लाल्टेन फेस्टिभल सम्पन्न (फोटो फिचर सहित )
https://nnkorea.blogspot.com/2013/05/blog-post.html
रमेश खावाजु दक्षिण कोरिया l
दक्षिण कोरियामा बौद्ध समुदायहरुको महान चाड बुद्ध जयन्तीको अवसरमा हरेक बर्ष मनाइने लोटस लाल्टेन फेस्टिभल २०१३ भब्यरुपमा सम्पन्न भएको छ l २ दिन मनाइने उक्त फेस्टिभलमा लाखौँ कोरियन तथा बिदेशीहरुले अवलोकन गर्ने गरिन्छ l
लोटस लाल्टेन रयाली
कार्यक्रमको पहिलो दिन २०१३ मे ११ तारिकमा दुङगुक विश्वबिद्यलयबाट दिउसो २ बजे सुरु भएको रयाली सुरु भएको थियो l चिन, नेपाल ,म्यान्मार ,थाइल्याण्ड ,जापान, अमेरिका, बर्मा तथा श्रीलङ्काबाट आएका भिक्षुहरुका साथै हजारौं कोरियन तथा बिदेशीहरु विभिन्न पोशाकमा सजियर उक्त रयालीमा सहभागी भएका थिए l
यस रयालीमा कोरियन बुद्धिस्ट एसोसियनको निमन्त्रणामा नेपालको तर्फबाट बिशेष अथितिको रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्गबो शेर्पा , नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष डा. नरेशमान बज्राचार्य ,महासचिव माणिक रत्न शाक्य ,सहभागी भएका थिए l त्यसैगरि जिन्गाक बुद्धिस्ट अर्डरको निमन्त्रणामा नेपालको तर्फबाट तुला रत्न बज्राचार्य ,नेमबीर शाक्य ,दिलिप शाक्य ,अन्नपुर्ण स्थापित ,दिनेश शाक्य तथा डा.योगेन्द्र शाक्य पनि सो कार्यक्रममा सहभागी भएका थिए l सो रयालीमा नेपाली दूतावासका राजदुत कमान सिंह लामा , उपनियोग प्रमुख राजाराम बर्तौला, विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु ,पत्रकारहरुका साथै सयौंको संख्यामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो l सो रयाली बेलुकी करिब ७ बजेतिर दोङदेमुनमा पुग्दा दोङदेमुनमा नेपालको तर्फबाट तयार गरिएको ७ वटा रथ तथा बाजागाजा सहित विभिन्न थरि थरिका नेपाली पोशाकमा सजिएका नेपालीहरु मिसिएका थिए lकरिब ३ सय नेपालीहरु भन्दा बढी सहभागी भएका थिए भने हजारौं नेपालीहरुले अवलोकन गरेका थिए l सो रयाली बेलुकी ९:३० बजे जोंगाकको छोगेसा गुम्बामा पुगेर सम्पन्न भएको भएको थियो l
उक्त रयालीमा बिश्व शान्तिको कामना गर्दै नेपालबाट सहभागी हुन् आउनु भएका नेपालको स्वयम्भु पुरानो गुम्बाका प्रमुख लामा तथा धर्मोदय सभाका सल्लाहकार टेन्डर लामाले कोरियामा धेरै नेपालीहरुको सहभागिता देखेर एकदम खुसि लागेको बताए l उहालें दुइ कोरिया बीच युद्ध नहोस ,सदैब शान्ति कायम होस् कामना पनि गर्नु भयो l
नेपाल ट्रेकिंग एसोसियन (टान ) द्वारा ३ वटा रथहरु सहयोग l
यस लोटस लाल्टेन रयालीमा नेपालका ७ वटा रथहरु क्रमश ५ फिट अग्लो बुद्धको प्रतिमा ,लिटिल बुद्ध , मायादेवी, स्वयम्भु, बौद्ध, लुम्बिनीबाट ल्याएको शान्तिद्धिप , अशोकस्तम्भका छुट्टाछुट्टै रथहरु कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । उक्त ७ वटा रथ मध्य लुम्बिनी ,स्वयम्भु तथा बौद्धनाथ स्तुपा रथ नेपाल ट्रेकिंग एसोसियन( टान ) को सहयोगमा नेपालमा निर्माण गरि कोरिया पठाइएको थियो l उक्त आकर्षक रथहरु करिब १५ लाख रुपैंयामा निर्माण गरिएको जानकारी कोरियाको यस फेस्टिभलमा सहभागी हुन् आएका टानका केन्द्रिय सदस्य जनक पाण्डेले बताए l टानले दक्षिण कोरियामा नेपाली पर्यटन उद्योगको विकास तथा भगवान गौतम बुद्धको जन्स्थलको बारेमा फैलिरहेको भ्रमहरु चिर्न पनि सहयोग गरेको अर्का टानका केन्द्रिय सदस्य कृष्ण राज भट्टराईले बताए l
बौद्ध प्रदर्शनी
लोटस लाल्टेन फेस्टिभलको दोस्रो दिन २०१३ मे १२ तारिक आइतबारका दिन जोंगाकको जोगेसा गुम्बा अगाडिको सडकमा बौद्ध प्रदर्शनीको आयोजना गरेको थियो l उक्त बौद्ध प्रदर्शनीमा कोरिया ,जापान ,नेपाल , थाइल्याण्ड ,मंगोलिया ,कम्बोडिया ,श्रीलंका तथा अन्य बुद्धिस्ट देशहरुले आफ्नो देशको खाना ,कला ,संस्कृतिहरु झल्काउने सामाग्रीहरु प्रदर्शन गरेका थिए l
यस फेस्टिभलमा बिशेष अतिथिको रुपमा कोरियामा सहभागी हुन् आउनुभएका लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्गबो शेर्पाले दक्षिण कोरियामा लाखौँ कोरियन तथा बिदेशीहरुले अवलोकन गर्ने ठुलो महोत्सवमा भगवान गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनी तथा नेपाल राष्ट्रलाइ बिश्वमा चिनाउन कोरियामा नेपालीहरुले गरेको यो प्रयास धेरै राम्रो लागेको बताउनु भयो l
यस फेस्टिभलको सांस्कृतिक कार्यक्रममा विभिन्न देशहरुले आ आफ्नो देशको नाचहरु पनि प्रदर्शन गर्ने गरिन्छ l नेपालका तर्फबाट कलाकारहरुले कुमारी नाच तथा लोक नाच देखाएका थिए l हरेक बर्ष झैँ नेपालले पनि यस बर्ष पनि २ वटा स्टलहरुमा बुद्ध ,नेपाल ,कला संस्कृति झल्काउने सामग्रीहरु तथा बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचार प्रसार गरेको जानकारी सो फेस्टिभलका नेपाली प्रतिनिधि तथा कार्यक्रम संयोजक इश्वर गुरुङले बताए l उहाँले यस २ दिने लोटस लाल्टेन फेस्टिभल कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण नेपालीहरुमा धन्यबाद व्यक्त गर्नु भयो l

Post a CommentDefault CommentsFacebook Comments