बुद्ध जयन्ती तथा नागार्जुन गुम्वाको पाचौं वार्षिकोत्सव कार्यक्रमको तयारी पुरा l

विकास मोक्तान, सउल कोरिया
                                              निर्धारीत समयमा उपस्थिति हुन अनुरोध l
गौतम बुद्धको अर्ति उपदेश पालना गरी प्रचार प्रसार गरौं ! दीन दुःखी, गरीब तथा असाहायलार्इ हृदयदेखी सम्मान गरौं !! भन्ने लक्ष्य र उद्देश्यका साथ २०१३ मे १९ तारीखका दिन जिहेङ आफ्नै भवनमा शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५७ औं जन्म जयन्ती तथा नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) दक्षिण कोरियाको पाँचौ वार्षिक उत्सवको पावन अवसरमा आयोजीत विविध सांगीतिक तथा भाग्यशाली उपहार कार्यक्रमको तयारी पुरा भएको छ ।
कोरियामा प्राय जसो कार्यक्रमहरू निर्धारित समय भन्दा २/३ घण्टा ढिलो सुरूहुने बानी बसेको हुदा यो कार्यक्रम निर्धारीत समयमानै संचालन गर्नको को लागी आयोजकले समय तालिका बनार्इ सम्पुर्ण सघं सस्था, व्यावसायी, पत्रकार, समाजसेवी, बुद्धिजीवी ज्यूहरूलार्इ प्रत्रचार गरी सकिएको छ। यदी पत्र प्राप्त नभए यसै सुचनालार्इ अधार मानी उपस्थिति हुन अनुरोध समेत गरेको छ। समय तालिका यस प्रकार रहेको छ ११:३० देखी १२:०० बजे सम्म लामा गुरू ज्यूहरूवाट विशेष पुजापाठ १२:०० देखी १:००बजे सम्म प्रसाद ग्रहन तथा खानाको व्यवस्था, १:०० देखी २:३० बजे सम्म औपचारीक कार्यक्रम २:३० देखी ५:०० बजे सम्म सांगीतिक कार्यक्रम र ५:०० देखी ५:३० बजे सम्म भाग्यशाली उपहार चिठ्ठा कार्यक्रमको रहने छ।
आपतकालिन राहत कोष स्थापनाको लागि आयोजना हुने भाग्यशाली वम्फर उपहार चिठ्ठा कार्यक्रम विङ्गो सिस्टम (कोरियाको लोट्टो खोल्ने तरीका) वाट खोलिने भएको छ। गुम्बाको लक्ष्य अनुसार ४९९ प्रति टिकट बिक्रि गरिने र ४९९ नम्वर पर्ने गरी वलहरू ३ वटा वट्टामा राखी वल तानेर नं. मिलाएर पुरस्कार विजेता घोसणा गर्ने भएको छ। जसनुसार ४९९ प्रति गुन्वाका सदस्यहरूलार्इ बाडीसकेको छ उक्त बाडीएको टिकट बिक्री नभएमा फिर्ता नहुने र बिक्री नभएमा व्यक्ति स्वयमले व्यहोर्नु पर्ने छ। त्यसैले सम्पुर्ण सदस्यहरूलार्इ चिठ्ठा अनिवार्य विकाउन अनुरोधसमेत गरेको छ । यस कार्यक्रमको चिठ्ठा संघ सस्थालार्इ दिदा सबै चिठ्ठा बिक्रि नहुने , बिक्रि भएका चिठ्ठाहरू पनि चिठ्ठा खोलिने समयमा नआउने र आयोजकलार्इ गाह्रो हुने भएको हुदा कुनै पनि संघ सस्थालार्इ चिठ्ठा नबाडियको पनि बताएको छ ।
साथै दिवा भोज र प्रवेश शुल्क निशुल्क गरी आयोजना गरीएको उक्त कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण सघं सस्था तथा विभिन्न पेशामा आवद्ध नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ निर्धारीत समयमानै उपस्थिती हुन अनुरोध समेत गरेको छ।

Related

korea 1837393919240470905

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item