नेपाल कोरिया सम्बन्ध कसिन्दै l
https://nnkorea.blogspot.com/2013/05/l_5644.html
देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया l
नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध आजदेखि ३९ बर्षमा प्रवेश गरेको छ । सन १९७४ मे १५ क दिन कोरियाले काठमाण्डौमा आवासीय दूताबास स्थापान गरेपछि दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसअघि उस्ले १९६९ मई १५ मा कन्सुलर कार्यलय स्थापना गरेको थियो । नेपालले २००१ मा महाबणिज्य दूताबास स्थापना गरि ली इन जङ लाई अवैतनिक महाबाणिज्य दूतमा नियुक्त गरेको थियो र २००७ मा सोलमा दुताबास स्थापना गरेको थियो ।
कुटनीतिक समबन्ध ३९ बर्षे भए पनि दुई देशबिच धार्मिक र सास्कृतिक सम्बन्ध प्राचीन र ऐतिहासिक रहेको छ । कोरियाली प्रायदीपमा सन् ३७२ मा बौद्ध धर्म प्रवेश भएकाले लुम्बिनीसंग त्यसै वेलादेखि भावनात्मक र धामिर्क सम्वन्ध सुरु भएको थियो । सिल्क रोडको बाटो हुदैं सन् ७१९ मा गुरु हेछो लुम्बिनी पुगेका थिए । यसपछि भगवान गौतम बुद्ध र लुम्बिनीप्रति आस्था बढेको बुद्धसम्बन्धी पुराना ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । गुरु हेछो लुम्बिनी पुग्ने पहिलो कोरियाली नागरिक हुन् । लुम्बिनीको भ्रमणबाट फर्केर उनले ‘वाङ ओछक छुक्कुक छन’(पाच तीर्थ यात्राको स्मरण) शीर्षकमा डायरी लेखेका थिए । जहाँ लुम्बिनी,कपिल्वस्तुको बर्णन गरेका छन् । हालै मात्र सम्पन्न शान्तिदीप यात्रा पनि दुई मुलुकको सम्बन्ध बिस्तारमा कोशेढुंङ्गा साबित भएको छ । लुम्विनी विकास गुरु योजनामा कोरियाको सहयोग उल्लेखनीय छ ।
दुई देशबिच धार्मिक र सांस्कृति सम्बन्ध प्रचीन हुदाहुदै पनि राज्यस्तरको सम्बन्ध भने सोचे जस्तो बिकसित भइसकेको छैन । नेपालमा लामो समय राजतन्त्र रहेकाले त्यो अवधिभर कोरियासंग खासै सम्बन्ध बिस्तृत हुन सकेन । प्रजातन्त्र हुदै गणतन्त्र स्थापना पछि भने दुई देशबिच राज्यदेखि नागरिकस्तरसम्म धेरै सम्बन्ध बिस्तार भइसकेको छ । हालसम्म दुई पक्षबाट भएका प्रमुख भ्रमणहरु निम्न रहेको छ ।
नेपालको तर्फबाट :–
१.ज्ञानेन्द्रबहादुर कार्की –परराष्ट्र मन्त्री सन् १९८३
२.लोकेन्द्रबहादुर चन्द –प्रम–२००४
३.रघु जी पन्त –श्रम मन्त्री –२००४
४.कृष्ण थकाली – सामान्य प्रशासन मन्त्री – २००५
५.गोपाल मान श्रेष्ठले– आवास तथा भौतिक योजना मन्त्री – २००६
६.उपेन्द्र यादव – परराष्ट्रमन्त्री २००८
७ .बर्षमान पुन –अर्थ मन्त्री २०११
८ .हृदयेश त्रिपाठी – आवास तथा भौतिक योजना मन्त्री –०१२
कोरियाको तर्फबाट
१.यु चोइ–राष्ट्रपतिका विशेष दूत –१९७३
२.जि चो चे राष्ट्रपतिका दूत – १९७४
३..ली योङ वन –परराष्ट्र मन्त्री –१९८५
४ सो गिल पार्क– परराष्ट्र सहायक मन्त्री – १९८६
५.छो योङ जाइ –पराष्ट्र मन्त्री –२००४
६.ली साङ सु – श्रम मन्त्री –२००७
७.यु म्यंङ ह्वान – परराष्ट्र मन्त्री –२००९
८.छङ नाए साम भूमि यातायात तथा समुन्द्री मन्त्री –२०११
यो बाहेक दुवै देशको तर्फबाट विभिन्न मन्त्रालयका अधिकारीस्तरका प्रमण्डलहरुको भ्रमणहरु भएका छन् । कुटनीतिक सम्बन्धमा ‘हाई लेभल भिजिट’ महत्वपूर्ण इन्स्ट्रुमेन्ट (औजार) भए पनि हालसम्म स्टेट भिजिट हुन् सकेको छैन । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले ओहदाको प्रमाण पत्र बुझाएका बेला तात्कालीन राष्ट्रपति ली म्यङ बाकसंग यसबारे प्रसङग उठाए पनि लीको कार्यअवधि सकिएकाले त्यो कार्यन्वयन हुन सकेन ।
दुइ देशबीच कुनै समय समान आय भए पनि अहिले दक्षिण कोरिया अर्थतन्त्रका हिसाबले विश्वको १२ औं र एसियाको चौथो शक्ति राष्ट्र बनेको छ । ओईसीडी,जी २० लगायत दर्जनौ विश्व संगठनहरुको बफादार सदस्य बनेको छ । छोटो समयमै धेरै उन्नति गरेकाले कोरियाको आर्थिक उन्नतिलाई ‘हाना नदीको देन’ भन्ने गरिन्छ । नव निर्वाचित् राष्ट्रपति पार्क गुन हेले कोरियाली जनताको सुख समृद्धीका लागि ‘ मिराकल टु’ नामक कार्यक्रम घोषणा गरेकी छिन् । सानो राष्ट्र र थोरै जनसख्या भए पनि कोरिया एशिया टाइगर उपमा लिएर बिश्वका शक्तिशाली देशहरुको दाँजोमा उभिन सफल भएको छ ।
कोरियाको भौतिक बिकासको श्रेय पूर्व राष्ट्रपति पार्क जङ हिलाई जनताले दिने गरेका छन् । नेपालमा राजा महेन्द्रले पंचायती व्यबस्थाको शुरुआत गरेको १६ महिना पछि सैन्य हस्तक्षेप गरेर पार्कले शासनसत्ता लिएका थिए । शासन सत्ता सम्हालेपछि उनले गाउ गाउ डुलेर चीर निन्द्रामा सुतिरहेका जनतालाई ब्यूझाउने काम गरे । औद्यौगिक क्रान्ति गर्नका साथै भौतिक पूर्बाधारको बिकासमा जोड दिए र छोटो समयमा नै समुन्नत बन्यो । ३० बर्षअघि बैदेशिक सहायता लिने कोरिया अहिले बिकासन्मोख देशहरुलाई सहायता दिने देशको रुपमा परिवर्तन भएको छ । दुर्भाग्यबश नेपालका शासकहरुले ठूलो नारासाथ खुद्रा विकासलाई जोड दिए र आजसम्म पछि परिरहेका छौं । पार्ककी छोरी १८ औं राष्ट्रपतिको रुपमा शासनको बागडोर गरिरहेकी छिन् भने नेपालमा राजतन्त्र अन्त्य भइसकेको छ ।
दुइ राष्ट्रका केहि तथ्यांकहरु :–
१. बेरोजगारी नेपालमा ४७ प्रतिशत छ भने कोरियामा ४ प्रतिशत
२.प्रतिव्यक्ति आय नेपाली को १२ सय डलर छ भने कोरियनको २८ हजार डलर
३.औसत आयु नेपालीको ६५.८१ बर्ष छ भने कोरियनको ७९ .३ वर्ष
४.स्वास्थ्यमा प्रतिव्यक्ति नेपालिले ५२ डलर खर्च गर्छन भने कोरियनले १४ सय ६७ डलर
५.बिद्युत प्रतिव्यक्ति खपत नेपालमा ७७ किवा छ भने कोरियामा ७ हजार ९ सय १८ किवा
६ .एड्स संक्रमित नेपालमा ०.५० प्रतिशत रहेको छ भने कोरियामा ०.१० प्रतिशत रहेको छ ।
– श्रोत वल्ड फ्याक्ट बुक
दक्षिण कोरिया हाम्रो असल मित्रमात्र होइन पाचौ ठुलो लगानीकर्ता राष्ट्र पनि हो । नेपालमा १७१ भन्दा बढी कोरियन लगानीकर्ताहरुले बिभिन्न योजनाहरुमा लगानी गरेका छन । ती योजनाहरुमा ६५ सय भन्दा बढी नेपालीले रोजगार पाएका छन् । साथै कोरिया नेपालको सहयोगी राष्ट्र पनि हो । सन १९९२ देखि कोरियाली अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत अनुदान, प्राविधिक सेवा, स्वयंसेवा, सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ । कुलेखानी जलविद्युत योजना, महाकाली सिंचाई, मोदी खोला विद्युतजस्ता धेरै परियोजनाहरुका साथै काठमाण्डौ मेट्रो, पूर्वपश्चिम रेल मार्गमा उस्को आर्थिक तथा प्राबिधिक सहयोग रहेको छ । दुई देशको संयुक्त लगानीमा उद्योगहरु पनि संचालनमा रहेका छन् । नेपालको पर्यटन बिकासमा समेत कोरियाली पर्यटकको ठूलो योगदान रहेको छ । २०११ मा २४ हजार भदा बढी कोरियाली पयर्टक नेपाल भित्रिएक थिए । २००१ को अक्टोबरबाट दोहोरो कर हटाउने सम्झौता भएपछि दुई देशबिच ब्यापार बढे पनि नेपालले पर्याप्त निर्यात गर्न नसकेका कारण ब्यापार असन्तुलन बढ्दै गएको छ ।
कोरिया ९७.२८ प्रतिशत सजातीय रहेको मुलुक भए पनि संघात्मक राज्यप्रणाली अंगालेको देश हो । क्षेत्रफलमा नेपालभन्दा निक्कै सानो भए पनि नौ प्रदेशमा बिभाजन गरिएको छ भने स्थानीय पहिचानको आधारमा प्रदेशको नामाकारण गरिएको छ । ती प्रदेशहरुले आफनो क्षेत्रमा भएको श्रोत साधन र संभावनाको अध्ययन गरेर दु्रत गतिमा बिकास गरिरहेका छन् । नेपाल बहु जाति भाषी बहु सास्कृतिक र बहु सम्पदा सम्पन्न मुलुक भए पनि सदियांै एकात्मक र केन्द्रिकृत शाशन प्रणालीका कारण स्थानीय श्रोत साधनको उपभोग र सदुपयोगमा कोरिया भन्दा धेरै गुना पछि परेको छ । गणतन्त्र स्थापना भए पनि हालसम्म त्यस विधिको मुल कानुन बन्न सकेको छैन भने प्रदेशको संख्या र नामकरण टुंगो लागेको छैन । कोरियालीहरु परिवर्तनलाई तुरुन्त आत्मासाथ गर्छन् र विश्वमा आफ्नो हैसियत खोजिरहेका छन् भने त्यसको ठीक बिपरित हामी नेपालीहरु परिवर्तनसंग डराएका छौं र पुरातनतामा रमाएका छौं अनि जहिल्यै पछि परिरहेका छौं । कोरियाली जनताको तुलनामा सापेक्ष परिर्वनलाई आत्मासाथ गर्न नसक्नु नै हाम्रो कम्जोरी देखिएको छ ।
औद्योगीक,राजनीतिक ,खेलकूद ,कला सस्कृति क्षेत्रमा संसारमा प्रभाव जमाइरहेको कोरियाले रचनात्मक अर्थब्यबस्थाका लागि आफ्नो संस्कृतिलाई उपयोग गर्ने नीति तय गरेको छ । नेपालमा समतामुलक बिकास गर्ने नीति नियम र कार्यन्वयनको अभावमा नेपालका बहुभाषा,बहुसस्कृति,बहुसम्पदाहरु बन्द हड्ताल, बिरोध र विभेदका बिषय बनेका छन । सरकारी संरक्षणको अभावमा केहि भाषा सस्कृति लोपोन्मुख अवस्थामा छन् । उचित सदुपयोगका कारण कोरियाली संस्कृति आज बरदान बनेको छ ।
कोरिया वैदेशिक रोजगारका लागि नेपाली युवाहरुका एक प्रमुख गन्तव्य मुलुक हो । सन् १९९३ देखि औद्योगीक प्रशिक्षण प्रणली मार्फत अन्तर्गत आएका थिए भने २००७ देखि रोजगार अनुमति प्रणली मार्फत आउने गरेका छन् । यहाँ कामदार ,बिद्यार्थी, ब्यापारी, गरि करिब १७ हजार नेपाली रहेका छन् । नेपालको प्रकृतिक सौन्दर्यबारे कोरियाका उद्योगी,ब्यबसायी ,कलाकार,पर्वतारोहिदेखि सर्बसाधारसम्म उत्सुक रहेका छन् । नेपालको बिकासमा साझेदार बन्दै आएको कोरियासंग जति छिटो उच्चस्तरिय भ्रमण गर्न सक्यो त्यति नै धेरै लाभ नेपाललाई हुने कुरामा कसैको बिमति छैन ।
नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध आजदेखि ३९ बर्षमा प्रवेश गरेको छ । सन १९७४ मे १५ क दिन कोरियाले काठमाण्डौमा आवासीय दूताबास स्थापान गरेपछि दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसअघि उस्ले १९६९ मई १५ मा कन्सुलर कार्यलय स्थापना गरेको थियो । नेपालले २००१ मा महाबणिज्य दूताबास स्थापना गरि ली इन जङ लाई अवैतनिक महाबाणिज्य दूतमा नियुक्त गरेको थियो र २००७ मा सोलमा दुताबास स्थापना गरेको थियो ।कुटनीतिक समबन्ध ३९ बर्षे भए पनि दुई देशबिच धार्मिक र सास्कृतिक सम्बन्ध प्राचीन र ऐतिहासिक रहेको छ । कोरियाली प्रायदीपमा सन् ३७२ मा बौद्ध धर्म प्रवेश भएकाले लुम्बिनीसंग त्यसै वेलादेखि भावनात्मक र धामिर्क सम्वन्ध सुरु भएको थियो । सिल्क रोडको बाटो हुदैं सन् ७१९ मा गुरु हेछो लुम्बिनी पुगेका थिए । यसपछि भगवान गौतम बुद्ध र लुम्बिनीप्रति आस्था बढेको बुद्धसम्बन्धी पुराना ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । गुरु हेछो लुम्बिनी पुग्ने पहिलो कोरियाली नागरिक हुन् । लुम्बिनीको भ्रमणबाट फर्केर उनले ‘वाङ ओछक छुक्कुक छन’(पाच तीर्थ यात्राको स्मरण) शीर्षकमा डायरी लेखेका थिए । जहाँ लुम्बिनी,कपिल्वस्तुको बर्णन गरेका छन् । हालै मात्र सम्पन्न शान्तिदीप यात्रा पनि दुई मुलुकको सम्बन्ध बिस्तारमा कोशेढुंङ्गा साबित भएको छ । लुम्विनी विकास गुरु योजनामा कोरियाको सहयोग उल्लेखनीय छ ।
दुई देशबिच धार्मिक र सांस्कृति सम्बन्ध प्रचीन हुदाहुदै पनि राज्यस्तरको सम्बन्ध भने सोचे जस्तो बिकसित भइसकेको छैन । नेपालमा लामो समय राजतन्त्र रहेकाले त्यो अवधिभर कोरियासंग खासै सम्बन्ध बिस्तृत हुन सकेन । प्रजातन्त्र हुदै गणतन्त्र स्थापना पछि भने दुई देशबिच राज्यदेखि नागरिकस्तरसम्म धेरै सम्बन्ध बिस्तार भइसकेको छ । हालसम्म दुई पक्षबाट भएका प्रमुख भ्रमणहरु निम्न रहेको छ ।
नेपालको तर्फबाट :–
१.ज्ञानेन्द्रबहादुर कार्की –परराष्ट्र मन्त्री सन् १९८३
२.लोकेन्द्रबहादुर चन्द –प्रम–२००४
३.रघु जी पन्त –श्रम मन्त्री –२००४
४.कृष्ण थकाली – सामान्य प्रशासन मन्त्री – २००५
५.गोपाल मान श्रेष्ठले– आवास तथा भौतिक योजना मन्त्री – २००६
६.उपेन्द्र यादव – परराष्ट्रमन्त्री २००८
७ .बर्षमान पुन –अर्थ मन्त्री २०११
८ .हृदयेश त्रिपाठी – आवास तथा भौतिक योजना मन्त्री –०१२
कोरियाको तर्फबाट
१.यु चोइ–राष्ट्रपतिका विशेष दूत –१९७३
२.जि चो चे राष्ट्रपतिका दूत – १९७४
३..ली योङ वन –परराष्ट्र मन्त्री –१९८५
४ सो गिल पार्क– परराष्ट्र सहायक मन्त्री – १९८६
५.छो योङ जाइ –पराष्ट्र मन्त्री –२००४
६.ली साङ सु – श्रम मन्त्री –२००७
७.यु म्यंङ ह्वान – परराष्ट्र मन्त्री –२००९
८.छङ नाए साम भूमि यातायात तथा समुन्द्री मन्त्री –२०११
यो बाहेक दुवै देशको तर्फबाट विभिन्न मन्त्रालयका अधिकारीस्तरका प्रमण्डलहरुको भ्रमणहरु भएका छन् । कुटनीतिक सम्बन्धमा ‘हाई लेभल भिजिट’ महत्वपूर्ण इन्स्ट्रुमेन्ट (औजार) भए पनि हालसम्म स्टेट भिजिट हुन् सकेको छैन । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले ओहदाको प्रमाण पत्र बुझाएका बेला तात्कालीन राष्ट्रपति ली म्यङ बाकसंग यसबारे प्रसङग उठाए पनि लीको कार्यअवधि सकिएकाले त्यो कार्यन्वयन हुन सकेन ।
दुइ देशबीच कुनै समय समान आय भए पनि अहिले दक्षिण कोरिया अर्थतन्त्रका हिसाबले विश्वको १२ औं र एसियाको चौथो शक्ति राष्ट्र बनेको छ । ओईसीडी,जी २० लगायत दर्जनौ विश्व संगठनहरुको बफादार सदस्य बनेको छ । छोटो समयमै धेरै उन्नति गरेकाले कोरियाको आर्थिक उन्नतिलाई ‘हाना नदीको देन’ भन्ने गरिन्छ । नव निर्वाचित् राष्ट्रपति पार्क गुन हेले कोरियाली जनताको सुख समृद्धीका लागि ‘ मिराकल टु’ नामक कार्यक्रम घोषणा गरेकी छिन् । सानो राष्ट्र र थोरै जनसख्या भए पनि कोरिया एशिया टाइगर उपमा लिएर बिश्वका शक्तिशाली देशहरुको दाँजोमा उभिन सफल भएको छ ।
कोरियाको भौतिक बिकासको श्रेय पूर्व राष्ट्रपति पार्क जङ हिलाई जनताले दिने गरेका छन् । नेपालमा राजा महेन्द्रले पंचायती व्यबस्थाको शुरुआत गरेको १६ महिना पछि सैन्य हस्तक्षेप गरेर पार्कले शासनसत्ता लिएका थिए । शासन सत्ता सम्हालेपछि उनले गाउ गाउ डुलेर चीर निन्द्रामा सुतिरहेका जनतालाई ब्यूझाउने काम गरे । औद्यौगिक क्रान्ति गर्नका साथै भौतिक पूर्बाधारको बिकासमा जोड दिए र छोटो समयमा नै समुन्नत बन्यो । ३० बर्षअघि बैदेशिक सहायता लिने कोरिया अहिले बिकासन्मोख देशहरुलाई सहायता दिने देशको रुपमा परिवर्तन भएको छ । दुर्भाग्यबश नेपालका शासकहरुले ठूलो नारासाथ खुद्रा विकासलाई जोड दिए र आजसम्म पछि परिरहेका छौं । पार्ककी छोरी १८ औं राष्ट्रपतिको रुपमा शासनको बागडोर गरिरहेकी छिन् भने नेपालमा राजतन्त्र अन्त्य भइसकेको छ ।
दुइ राष्ट्रका केहि तथ्यांकहरु :–
१. बेरोजगारी नेपालमा ४७ प्रतिशत छ भने कोरियामा ४ प्रतिशत
२.प्रतिव्यक्ति आय नेपाली को १२ सय डलर छ भने कोरियनको २८ हजार डलर
३.औसत आयु नेपालीको ६५.८१ बर्ष छ भने कोरियनको ७९ .३ वर्ष
४.स्वास्थ्यमा प्रतिव्यक्ति नेपालिले ५२ डलर खर्च गर्छन भने कोरियनले १४ सय ६७ डलर
५.बिद्युत प्रतिव्यक्ति खपत नेपालमा ७७ किवा छ भने कोरियामा ७ हजार ९ सय १८ किवा
६ .एड्स संक्रमित नेपालमा ०.५० प्रतिशत रहेको छ भने कोरियामा ०.१० प्रतिशत रहेको छ ।
– श्रोत वल्ड फ्याक्ट बुक
दक्षिण कोरिया हाम्रो असल मित्रमात्र होइन पाचौ ठुलो लगानीकर्ता राष्ट्र पनि हो । नेपालमा १७१ भन्दा बढी कोरियन लगानीकर्ताहरुले बिभिन्न योजनाहरुमा लगानी गरेका छन । ती योजनाहरुमा ६५ सय भन्दा बढी नेपालीले रोजगार पाएका छन् । साथै कोरिया नेपालको सहयोगी राष्ट्र पनि हो । सन १९९२ देखि कोरियाली अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत अनुदान, प्राविधिक सेवा, स्वयंसेवा, सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ । कुलेखानी जलविद्युत योजना, महाकाली सिंचाई, मोदी खोला विद्युतजस्ता धेरै परियोजनाहरुका साथै काठमाण्डौ मेट्रो, पूर्वपश्चिम रेल मार्गमा उस्को आर्थिक तथा प्राबिधिक सहयोग रहेको छ । दुई देशको संयुक्त लगानीमा उद्योगहरु पनि संचालनमा रहेका छन् । नेपालको पर्यटन बिकासमा समेत कोरियाली पर्यटकको ठूलो योगदान रहेको छ । २०११ मा २४ हजार भदा बढी कोरियाली पयर्टक नेपाल भित्रिएक थिए । २००१ को अक्टोबरबाट दोहोरो कर हटाउने सम्झौता भएपछि दुई देशबिच ब्यापार बढे पनि नेपालले पर्याप्त निर्यात गर्न नसकेका कारण ब्यापार असन्तुलन बढ्दै गएको छ ।
कोरिया ९७.२८ प्रतिशत सजातीय रहेको मुलुक भए पनि संघात्मक राज्यप्रणाली अंगालेको देश हो । क्षेत्रफलमा नेपालभन्दा निक्कै सानो भए पनि नौ प्रदेशमा बिभाजन गरिएको छ भने स्थानीय पहिचानको आधारमा प्रदेशको नामाकारण गरिएको छ । ती प्रदेशहरुले आफनो क्षेत्रमा भएको श्रोत साधन र संभावनाको अध्ययन गरेर दु्रत गतिमा बिकास गरिरहेका छन् । नेपाल बहु जाति भाषी बहु सास्कृतिक र बहु सम्पदा सम्पन्न मुलुक भए पनि सदियांै एकात्मक र केन्द्रिकृत शाशन प्रणालीका कारण स्थानीय श्रोत साधनको उपभोग र सदुपयोगमा कोरिया भन्दा धेरै गुना पछि परेको छ । गणतन्त्र स्थापना भए पनि हालसम्म त्यस विधिको मुल कानुन बन्न सकेको छैन भने प्रदेशको संख्या र नामकरण टुंगो लागेको छैन । कोरियालीहरु परिवर्तनलाई तुरुन्त आत्मासाथ गर्छन् र विश्वमा आफ्नो हैसियत खोजिरहेका छन् भने त्यसको ठीक बिपरित हामी नेपालीहरु परिवर्तनसंग डराएका छौं र पुरातनतामा रमाएका छौं अनि जहिल्यै पछि परिरहेका छौं । कोरियाली जनताको तुलनामा सापेक्ष परिर्वनलाई आत्मासाथ गर्न नसक्नु नै हाम्रो कम्जोरी देखिएको छ ।
औद्योगीक,राजनीतिक ,खेलकूद ,कला सस्कृति क्षेत्रमा संसारमा प्रभाव जमाइरहेको कोरियाले रचनात्मक अर्थब्यबस्थाका लागि आफ्नो संस्कृतिलाई उपयोग गर्ने नीति तय गरेको छ । नेपालमा समतामुलक बिकास गर्ने नीति नियम र कार्यन्वयनको अभावमा नेपालका बहुभाषा,बहुसस्कृति,बहुसम्पदाहरु बन्द हड्ताल, बिरोध र विभेदका बिषय बनेका छन । सरकारी संरक्षणको अभावमा केहि भाषा सस्कृति लोपोन्मुख अवस्थामा छन् । उचित सदुपयोगका कारण कोरियाली संस्कृति आज बरदान बनेको छ ।
कोरिया वैदेशिक रोजगारका लागि नेपाली युवाहरुका एक प्रमुख गन्तव्य मुलुक हो । सन् १९९३ देखि औद्योगीक प्रशिक्षण प्रणली मार्फत अन्तर्गत आएका थिए भने २००७ देखि रोजगार अनुमति प्रणली मार्फत आउने गरेका छन् । यहाँ कामदार ,बिद्यार्थी, ब्यापारी, गरि करिब १७ हजार नेपाली रहेका छन् । नेपालको प्रकृतिक सौन्दर्यबारे कोरियाका उद्योगी,ब्यबसायी ,कलाकार,पर्वतारोहिदेखि सर्बसाधारसम्म उत्सुक रहेका छन् । नेपालको बिकासमा साझेदार बन्दै आएको कोरियासंग जति छिटो उच्चस्तरिय भ्रमण गर्न सक्यो त्यति नै धेरै लाभ नेपाललाई हुने कुरामा कसैको बिमति छैन ।
.jpg)
Post a CommentDefault CommentsFacebook Comments