विश्व आमा घर’ बनाउन चाहन्छु - समाजसेवी दिलशोभा श्रेष्ठ l
https://nnkorea.blogspot.com/2013/05/l_10.html
दिलशोभा श्रेष्ठ ‘आमा घर’ की संस्थापक हुन । पीता हर्षनारायण गोपालीको प्रेरणबाट गरीब,दीन,दु:खीहरुको सेवा गर्नुपर्छ भन्ने प्रेरणा पाएकी उनले श्रीमान् पुष्करलाल श्रेष्ठबाट धोका र हण्डर धेरै पटक खाएकी थिइन् । श्रीमान्कै तिरस्कारपछि बेवारिसे आमाहरुको सुषुश्रामा लागेकी श्रेष्ठ नाम जस्तै दिलदार छिन् । कथित सम्भ्रान्त समाजको अवहेलनाले दुइपटक बिष पिउने निर्णयमा पुगेकी श्रेष्ठ अहिले समाजसेवाकी बिम्ब बनेकी छिन् ।
उनलाई दक्षिण कोरियामा रहेका नेपालीहरुलाई हालै सहयोग र सम्मान गरेका छन् । सोल र किम्हेमा गरिएको सहयोग र सम्मानले लिदै श्रेष्ठले समाज सेवाका लागि धन भन्दा मन ठूलो हुने कुरा बताइन् । ‘आमा घर’ संचालनका लागि आफूले दिनुस भनेर कसैसंग नमागेको प्रसङ्ग उठाउदै दाताहरुको सहयोगमा बृद्ध,बृद्धा तथा द्धन्दपीडित बालबालिकाको सेवा गर्न पाईरहेको बताइन् ।
बिगतमा आफूले पाएको दु:ख सुनाउदा उपस्थित समुदाय भावविह्वल बनेका थिए । उनले ‘मरेपछिको श्राद्धभन्दा बाँच्दैको श्रद्धा’ उचित हुने भएकाले परदेशमा रहेर पनि आमाबुबालाई श्रद्धा गर्न आग्रह गरेकी थिइन् । कुनै पनि बुढापाका र बालबालिकाहरु सडकमा अलपत्र हुन नपरोस् भन्ने आफ्नो उद्धेश्य रहेको बताउदै बाँकि जिवन अरुकै लागि बाँच्ने प्रण गरेकी थिइन् । यसै सन्र्दभमा उनले भोगेको बिगत,बर्तमान र भविष्यको सुनौला योजनाहरुबारे पत्रकार देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी :
१. कोरियामा सम्मान र सहयोग पाउनु भएको छ, कस्तो लागिरहेको छ ?
धेरै खुशी लागिरहेको छ । सात समुन्द्र पारी आएर श्रम गरेको पैसा कटाएर ‘आमा घर’ लाई सहयोग र मलाई दुइठाउमा सम्मान गर्नु भएको छ । म धेरै खुशी छु ।
२.‘आमा घर’ मा आमाहरु कति हुनुहुन्छ ?
आमाहरु ४० जना र बुबाहरु ५ जना हुनुहुन्छ । बुबाहरुलाई नया आश्रम खोलेर छुट्टै राखेका छौं ।
३. उहाहरु कति उमेरको हुनुहुन्छ ?
५५ देखि ९७,९८ बर्षसम्मको हुनुहुन्छ । केहिदिन अघिसम्म १०३ बर्षको हुनुहुन्थ्यो तर बित्नु भो ।
४. कस्तालाई प्रथमिकता दिनुहुन्छ ?
यस्तोलाई राख्ने उस्तोलाई नराख्ने भन्ने नियम छैन । सडकमा फालिएका,अलपत्र परेका आमा बुबाहरु सबैलाई राख्ने गरेका छौं । यहाँ बस्नलाईनाम दर्ता,परिचयपत्र, नागरिकता आवश्यक छैन । त्यसैले प्रहरी र महिला अधिकारकर्मीहरुले त्यस्ता बृद्धबृद्धा ल्याईदिएर सहयोग गर्नु भएको छ ।
५. बालबालिका नी ?
बालबालिका पनि धेरै छन् । ५० जना त म संगै खान्छन्,सुत्छन् । अरु ५ जना सुष्त मनस्थितिका छन् । उनीहरुलाई छुट्टै बिद्यालयमा राखेको छु । उनीहरुको खाना खर्च र कोठा भाडा हामीले नै तिर्ने गरेका छौं ।
६. द्धन्दपीडित भन्नु भएको छ , उनीहरु कसरी आईपुगे त ?
४,५ बर्षअघि बीबीसीको साझा सवाल कार्यक्रम टोलीसंग जुम्ला गएको थिएँ । शनिबारको दिन थियो साझा सवालको टोली हिमाल हेर्न लागे । म चाहि त्यहाँ रहेकी मेरी छारीकी साथीसंग स्थानीय चर्चमा गएको थिएँ । त्यो चर्चमा असक्त असाहाय,खान लाउन नपाएका भोका नाङ्गा बच्चाहरु पनि आएका रहेछन् । उनीहरुको स्थिति देखेर मन थाम्नै सकिन । गाउ र जिल्लाबाट कागजपत्र मिलाएर सबैलाई लिएर आएँ । संगै रहेकी नानीले हुम्ला र कर्णालीमा अझ धेरै भएको जानकारी दिए पछि यस्ता बालबालिका बटुलेर म कहाँ पठाइदिन अनुरोध गरें । उहाँले दु:खमा परेका सबैलाई पठाइदिनुभयो । द्धन्दका बेला गोली लागेका,हातखुट्टा नभएका बालबालिका रहेका छन् । उनीहरुलाई आफैले प्रत्यक्ष हेर चाहार गरिरहेको छु ।
७. ‘आमा घर’ को शुरुआत कसरी गर्नुभएको थियो ?
छोटकरीमा भन्नुपर्दा समाजसेवी बुबाको प्रेरणा र धोकेवाज श्रीमानको कारणले यसको शुरुआत हुन पुग्यो ।
८. अलिकति बिस्तृतमा भनि दिनुस् न
छोरा नपाएकाले श्रीमान्ले ४८ सालमा घर छोड्नुभयो । त्यतिबेला म ३८ बर्षको थिएँ, छोरी १८ बर्ष पुगेकी थिइन् । उहाले घर छोडेको दिन एसएलसीको परीक्षाफल प्रकाशित भएको थियो । परीक्षामा छोरीले राम्ररी नै पास गरेकी थिइन । त्यहि दिन उहाँले हामीलाई छोडेर जानुभयो । हामीले छोरीलाई कन्यादान दिन भनेर ५ लाख रुपैयाँ जम्मा गरेका थियौं । त्यो रकम लिएर उहाँले आफैं विहे गर्नुभएछ ।
उहाँले घर छोडेपछि हामीलाई धेरै दु:ख भयो । समाज,ईष्टमित्र र आफन्तले पनि हामी आमाछोरीकै बारेमा अनेक कुरा गर्थे । हामी अंगालो हालेर बेस्सरी रुन्थ्यौं । हाम्रो दु:ख पीडामा मल्हम लगाईदिने कोहि नभएपछि संसारमा हामीले नितान्त एक्लो महसुस गर्यौं र एक दिन बिष खाएर मर्ने निधो गर्यों र दुइ बोतल मेटासिट किनेर ल्याएपछि हामीले पत्र लेख्यौं र पालै पालो पियौं,तर हामी मरेनौ । दुईदिनपछि होसखुल्दा हामी इन्तु न चिन्तु भएर लडिरहेका थियौं । हाम्रो घरमा बसपार्कको टिकट काउन्टरमा काम गर्ने गंगा भाइले ढोका खोलेर भित्र आयो । हामीले सबै कुरा बताएपछि उस्ले अस्पताल लिएर गयो । केहि दिनमा ठीक भयौं । हामीले बिष पिएको हल्ला जताततै फैलियो । हामी बाहिर निस्कनै हुदैनथ्यो । ‘उ..उ.. आमा छोरी गतिलो भए पो लोग्नेले छोड्दैन,राम्रो लुगा लगाएर कोसंग सल्किन गएछ’ भनेर कुरा गरेको सुन्यौ । यसरी समाजमा कुरा काट्ने को संख्या बढेपछि फेरि हामीलाई बाच्न मन लागेन । पहिलो चोटिको मेटासिटको बोतल सानो भएकाले नमरेको निष्कर्ष निकाल्यौं र दोश्रो पटकचाहि ठूल्ठुलो बोतल किनेर ल्यायौं र पिउन अघि हामीले लामो पत्र लेख्यौं अनि अन्तिम प्रार्थान गर्न बस्यौं । प्रार्थाना गरिरहेकै बेला छोरीलाई प्रभुबाट ‘तिमीहरु मर्नु हुदैन,अनाथ,आशक्त र दुखीहरुका लागि बाँच्नुपर्छ’ भनेर आकाशबाँणी भयो रे । छोरीको कुरा सुनेर दीन दुखीहरुका लागि सेवा गर्ने प्रण गर्दै औषधि फाल्यौं ।
त्यसपछि मैले सिलाईबुनाइ, साबुन,मैनबत्ती,दालमोठ बनाउने इलम शुरु गरें । लोग्ने मरेका लोग्नेले छोडेका ५०,६० जना महिलाहरुलाई खोजी खोजि काम दिएँ । ५२ सालमा छोरीको बिहे भएपछि फेरि म एक्लो भएँ । एक्लो कसरी बस्ने भनेर म रुन थालें । मेरो मन बहलाउन भाइबहिनीले नेपालगंज,सुर्खेत लिएर जान्थे तर जहाँ लगेर जति मीठो ख्वाए पनि मेरो मनमा शान्ति भएन । घर मै रोइरहेको बेला एकजना साथीले तिमी रोएरै मर्ने भयौ छोरै छोरा भएको घरमा हिंड भनिन्, अनि हामी संगै चार छोराको आमा भएको ठाउमा पुग्यौं । सुन ब्यापारी,गाडी ब्यापारीकी आमा रहेछिन् । ती आमाको बिजोग देखेर म झन रोएँ । छोरा भए पनि यस्तो दु:ख हुने रहेछ प्रभु, म यहि आमालाई स्याहार गर्छु भनेर प्रण गरें । दुई बर्षसम्म ननुहाई बसेकी चौरासी पूजा गरेकी ती आमा फोहार मैलाको डङ्गुर भित्र बसेकी रहेछिन् । दुईबर्षसम्म ती आमालाईखाना बनाइ दिएँ, दिनै नुहाइ दिएँ,तेल लगाई दिने र रमाइलो कुरा गरिदिएँ । उहाँ त तङ्ग्रीनु भो आफैं हिडडुल गर्न थाल्नु भो । त्यतिखेर मलाई बुढेश कालमा खाँचो भनेको माया,न्यानो, तातो र श्रद्धा रहेछ भन्ने लाग्यो । ती आमा तन्दुरुस्त भएपछि बिष्णुमती किनारमा रहेका ५ जना बेवारिसे आमाहरुलाई घरमा लगेर पाल्न थालें । त्यसरी नै आमाघरको शुरुआत भयो ।
९. तपाईको विगतबारे नै अलिकति बुझ्न चाहान्छु, बिष पिउनअघि लेखिएको पत्रमा कस्लाई सम्बोधन गरेर के लेख्नुभएको थियो ?
‘हामी तपाईकोमा आउन लायक त छैनौं तर पनि यहाँ बस्न मन लागेन त्यसैले सानो भन्दा सानो बास दिनोस्’ भनेर प्रभुलाई सम्बोधन गरेका थियौं । हामी मरेर गएपनि श्रीमान् र माइती पक्षलाई कुनै अप्ठ्यारो नहोस,कसैलाई दोष नलागोस् भनेर हामी आफ्नै खुशीले मरेका हौं भनेर लेखेका थियौं ।
१०.श्रीमान्संग भेट कसरी भएको थियो ?
उहाँ बसको कन्डक्टर हुनुहुन्थ्यो । हाम्रो घर र होटल बस स्टपकै छेउमा थियो । उहाँ हरेक दिन नयाँ लुगा फेरेर आउनुहुन्थ्यो । हेर्दा कुनै खानदानी मान्छे झैं लाग्थ्यो । त्यहि क्रममा हाम्रो भेट र प्रेम भएको थियो ।
११. बिबाह कसरी भयो त ?
हाम्रो प्रेम चलिरहेको थियो । म जेठी छोरी भएकाले मलाई माग्न आउनु भने तर उहाँले मान्नु भएन । म मामा घरमा रहेको बेला ‘सच्चाई’ फिल्म हेर्न जाउँ भनेर जर्बजस्ती भगाउनु भयो । उहाँले दुई,तीनवटा घर छ भन्नुभएको थियो । एक घर हेर्न जाउ भनेर रन्जना हल पछाडीको एउटा कोठामा पुर्याउनु भयो । पछिमात्र थाहा भयो त्यो त १ सय रुपैया दिएर भाडा दिएर एक महिनालाई लिनु भएको रहेछ । हामी भागेको एक महिनापछि म त छाङ्गाबाट खसें । उहाँको त केहि रहेनछ । पाटीमा बस्नु हुदोरहेछ । पाटीमा झ्याल,ढोका केहि थिएन । त्यहा पुर्याएपछि तिमीलाई पाउन मात्र यो सबै नाटक गरेको भन्नु भो । उहाँले लगाएको लुगा त धोबीको पो रहेछ । केहि केहि नभएको सुकुलगुण्डा पो रहेछ ।
हामी भागेको थाहा पाएपछि आमाले एकजना डाक्टरलाई पिट्नु भएछ । ती डाक्टरसंग पसलमा म बोलिरहेकाले आमाले उसैले भगाएको शंका गर्नु भयो रे । बुबाले पनि घर फर्काउने खुब कोशिश गर्नु भो तर मैले मानिन ।
१२. अनि त्यसपछिको जिवन कसरी चल्यो त ?
त्यहि पाटीमा छोरा जन्मियो तर खानै नपाएर मर्यो । त्यो क्षण म सम्झनै सक्दिन । छोरा मरेपछि कहिल्यै फर्किन्न भनेर माइत गएको थिएँ । म बुबाको छोरी हुन योग्य नभए पनि कामदारको रुपमा माइत गएको थिएँ । तर श्रीमना्ले दिनै धाउन थाल्नु भो । पाटीमा नफर्के बिष खाएर, झुण्डिएर मर्छु भन्न थाल्नु भो । अनि मैले एउटा शर्त राखे उसो भए काम गर, कोठा लेउ,सामन जोड त्यसपछि आउछु भने । केहिदिनमा सबै सामान तया गरें भन्दै आउनु भो तर फेरी ढाँट्नु भो । ती सबै समान त घरबेटीको रहेछ । केहि महिनापछि घर बेचियो । हाम्रो बास फेरी सडकमा भयो । त्यसपछि आमासंग पैसा लिएर घरजम शुरु गरेको थिएँ । छोरी जन्मिएपछि भने सबै राम्रो हुदै गयो ।
१३.श्रीमान्ले दोश्रो बिहे गरेका कसरी थाहा पाउनु भयो त ?
छोरीले एसएलसी पास गरेकै दिन घर छोड्नु भएको थियो । त्यतिबेल एउटा मोटर कम्पनीमा काम गर्नुहुन्थ्यो । घर छोड्ने बेलामा मेरो सरुवा मेलम्चीमा भयो भन्दै जानु भएको थियो । उहा कहिले काहिमात्र आउनुहुन्थ्यो । आउदाखेरी ड्राइभर ड्राइभर मिलेर बसेका छौं सामान चहियो भन्दै मेरो आमाले दाइजो दिनुभएको राइस कुकर,टीभि,फेन,रेडीयो,थाल कचौरा सबै लानु भयो । त्यसपछि भने आउनै भएन । त्यति बेलै कान्छी श्रीमती ल्याइसक्नु भएको रहेछ । पाटीको बास भए पनि मन पराएर आएकाले त्यसरी धोका दिनु हुन्छ भनेर कल्पनासम्म गरेको थिइन । त्यति हुदाहुदै छोरीको बिहे गर्ने बेला भयो । बुबाकै नामबाट कार्ड छाप्यौं र बिहेको सबै तयारी गर्यौं । अन्तिम समयसम्म पनि उहाले लानुभएको ५ लाख रुपैया दिनुहुन्छ कि भनेर बाटो हेर्यौं तर उहा आउनु भएन । छोरीले कार्ड दिन जादा सुत्केरी स्याहार्दै हुनुहुदोरहेछ । तर पनि मलाई विश्वस लागेको थिएन ।
१४.कहिले विश्वास गर्नु भो त ?
छोरीले पहिल्यै शंका गरेकी थिइन तर मलाई विश्वास थिएन । ०५५ सालमा म घरमै बसिरहेको बेला हुलाकीले पुष्करको चिठ्ठी आयो भन्दै दियो । मेरो श्रीमान्ले पत्र पठाएको भनेर म हर्षले गदगद भएँ । त्यो पत्र जेठी र श्रीमान्ले कुटपीट गरेर घर निकाला गरेको ले छोरीको माना अंश दिलाईभराइ पाउ भनेर कान्छीले मुद्धा हालेको पत्र पो रहेछ । त्यो पत्र पाएपछि मात्र कान्छी ल्याएको विश्वास भयो ।
१५.मुद्धा हेर्न कस्ले सहयोग गर्यो त ?
५४ सालतिर हुनु पर्छ नेतृ साहाना प्रधानले जनकपुरमा हुन लागेको अनेमसंघको अधिवेशनमा पर्यवेक्षकको रुपमा लानुभएको थियो । राजनीतिको ‘र’ र पनि नजान्ने मलाईतिमी रोएर मर्छौ भनेर तानेर लानु भएको थियो । त्यहा महिला हकअधिकारबारे वकिल गीता सङ्ग्रौलाले प्रशिक्षण दिदै केहि समस्या भए खबर गर्नु भन्नुभएको थियो । मैले उहाको नम्बर राखेको थिए । अदालतको पत्र आएपछि गीता जीलाई सहयोग मागें । उहाले हनुमान ढोकामा गएर एसपी गीत उप्रेती भेटन भन्नु भो । डराउदै हनुमान ढोकामा गएर सबै विवरण सुनाए ।
अदालतमा दिएको मुद्धामा उल्लेख भएको ठेगानाको आधारमा एसपी उप्रेतीले दुवैलाई पक्रेर ल्याएपछि मलाई बोलाउनु भयो । श्रीमानले मलाई कतिसम्म ढाट्नु भो भने उहा मेलम्चीमा होइन कान्छीसंग चमती टोलमा बस्नु हुदोरहेछ । एसपी साबले‘किन बहुविवाह गरेको?’ भनेर लठ्ठीले चिउडोमा घोच्दै सोध्नु भो त्यसको उत्तरमा श्रीमान्ले ‘जेठीले माया नगेकाले कान्छी ल्याएँ’ भन्नु भो । मैले रिस थाम्न सकिन र चार,पाच थप्पड हानेछु । लडीबडी गर्नुभो,बेहोस हुनुभो । दात पनि झरेछ । रगतै रगत भयो । चस्मा पनि फुटयो । त्यसरी प्रेम गरेको श्रीमान्लाई जिवनमा पहिलो चोटी हात छोडें ।
बहुविबाह गरेको अयिोगमा दुवैलाई ३५ दिन थुना र ७ हजार पाचसयको दरले जरिवाना भयो भने मुद्धा पनि चलिरह्यो । त्यो मुद्धामा मैले निक्कै दुख पाएँ । मुद्धामा तारिख हुदो रहेछ । वकिलले तारिख लिएर जानु भनेकाले म अदालतमा गएर दिनभरि उभिएँ । ४ बजेसम्म उभिएको देखेपछि ‘किन उभि राखेको ?’ भनेर एकजना कर्मचारीले सोध्यो । ‘मलाई तारिख दिनेरे, मैले झोला ल्याएको पनि छैन । कति पाथी दिने हो? म लानसक्छु कि सक्दिन भनेर उभिएको भने ।’ त्यो मान्छे त रिसाउदै धत लाटी तारिख भनेको त यो मिति लेखिएको पर्चा हो भन्यो । तारिख भनेको मुद्धा खर्च धान,मकै,गहु होला भनेर सोचेको थिए । त्यो पर्चामा अर्को महिनाको २४ गते आउनु भनेर लेखेको रहेछ । त्यसरी चलेको मुद्धा पुनरावेदनसम्म पुगेपछि मैले जितें ।
१६.अहिले आएर श्रीमान्लाई के भन्न चाहानुहुन्छ ?
उहाले पटक पटक धोका दिनुभो । तर पनि दुख पाएर स्याहार्ने कोहि भएन भने म स्याहार्न तयार छु । मेरो बच्चाको बाबा हो । उहाले नछोडेको भए, धोका नदिएको भए म सबैको आमा दिलशोभा नबन्न सक्थें । एक श्रीमती मात्र हुन्थें । छोडे वापत,धोका दिए वापत उहालाई धन्यवाद भन्न चाहान्छु ।
१७. नेपाली समाजमा छोरा नपाएका आमाहरु अझै पनि हेपिन्छन् नी ? त्यस्ता श्रीमान्हरुलाई के भन्न चाहानुहुन्छ ?
छोरा छोरि समान हुन । उनीहरुलाई भेदभाव गर्नु भएन । यस्ता भेदभाव गर्नेलाई कडा सजाय सरकारले गर्नुपर्छ ।
१८. आमाहरुको सन्तानहरु भेट्न आउन्छन् कि आउदैनन् ?
अहिलेसम्म दुइजना आमाका छोरीहरुमात्र भेट्न आएका छन् । छोरा चाहि कसैको आएका छैनन् ।
१९.आमाहरु के कारणले फालिनुको मुख्य कारण के रहेछ ?
मेरो बिचारमा शिक्षाको कमि र गरिबीको कारणले आमाहरु फालिने गर्छन् । सदभाव,श्रद्धाको अभाव पनि हो । कक्षा ७ को पाठ्यक्रममा मेरो जिवनीबारे पढाई हुदो रहेछ । त्यसैले बिभिन्न बिद्यालयबाट आमाघरमा बिद्यार्थीहरु अवलोकन गर्न आउछन् । ती बिद्यार्थीहरुलाई दीन,दुखी असाहाय,अपांग र बालक बृद्धलाई माया,सदभाव दिनुपर्छ भन्ने गरेको छु ।
२०.आमा घरका समस्याहरु चाहि के के हुन नी ?
दिनदिनै बेवारिसे आमाहरुको संख्या बढ्दै गएकाले भवनको समस्या रहेको छ । भवन ठूलो भए ब्यबस्थित रुपले संचालन गर्न सकिन्थ्यो । आमाहरु बितेपछि अन्तिम संस्कारको लागि पनि पैसा चाहिन्छ । नब्बे बयानब्बे जना छौं । मासिक एकलाख भन्दा बढी खर्च हुन्छ । त्यसैले आर्थिक समस्याहरु पनि भइरहन्छ । ५ लाख जति ऋण छ ।
२१. त्यत्रो खर्च कसरी जुटाईरहनुभएको छ ?
बिभिन्न दाताहरुको सहयोगले चलिरहेको छ । कान्तिपर टिभीले ‘दिशानिर्देश’ कार्यक्रममा मेरो अन्र्तवार्ता प्रसारण गरेपछि अमेरिका,जापान,कोरिया,हङकङ,सिङ्गापुरमा रहेका नेपालीहरुले सहयोग गरिरहनुभएको छ । केहिले नियमितरुपमा प्रत्येक महिना पठाइरहनुभएको छ । खर्च नपुगेकाले धेरै चोटी नून भातमात्र पनि मीठो मानेर हामीले खाएका छौं ।
२२. सरकारले आमाघरलाई सहयोग गरेको छ कि छैन ?
आमाहरुलाई ख्वाउन भनेर मसिक वा बार्षिक रुपमा पाउने गरि हालसम्म कुनै रकम पाएको छैन । मायामात्र पाएको छु । बिभिन्न देशमा हुने प्रशिक्षणहरुमा पठाउनुभएको छ भने दोसल्ला ओडाएर सम्मान गर्न भएको छ । घर लीलाम हुन लागेको बेला त्यतिखेरका अर्थमन्त्री भरतमोहन अधिकारीले १० लाख दिनुभएको थियो ।
२३.सबैको आमा हुन पाएकोमा कस्तो लाग्छ ?
हो मलाई बच्चाहरुले मात्र १०३ बर्षको हजुर आमाले पनि ‘आमा’ भन्छन् । सबैको ‘आमा’ हुन पाएकोमा खुशी छु ।
२४.भविष्यको योजना कस्तो छ नी ?
बाचुन्जेल मात्र होइन म मरेर गए पनि ‘आमा घर’ संचालन होस भन्ने सोचेको छु र यसका लागि अक्षयकोष खडा गरेको छु । त्यसमा २,३ करोड ब्यालेन्स गर्ने र त्यहि पैसाले आमाहरुका लागि खर्च गरिनेछ । पैसा जुटे मातातीर्थको जग्गामा ठूलो भवन निर्माण गर्ने योजना गरेको छु । त्यस्तै हेलम्बुकी छिरिङ बहिनीले २ सय रोपनी जग्गा दिएकी छिन् । स्वच्छ हावा पानी,हिमाली दृष्य भएको त्यो जग्गा स्वर्ग जस्तै छ । बजेट कै समस्या छ । बजेट पर्याप्त भए जुनसुकैदेश, धर्म,जाति नछुट्याइ संसारका आमाहरुलाई अटाउने ‘विश्व आमा घर’ बनाउने इच्छा छ । बुढाबढीलाई खाँचो भनेको न्यानो मायाको हो । संसारका बेवारिसे आमाहरुलाई त्यो न्यानो माया दिने इच्छा छ ।

Post a CommentDefault CommentsFacebook Comments