कोरियाबाट करिव ४ हजार नेपाली यसै बर्ष नेपाल फर्कनुपर्ने l
https://nnkorea.blogspot.com/2013/05/l_9.html
इपीएस प्रणाली अन्र्तगत दक्षिण कोरियामा कार्यरत करिव ४ हजार नेपाली कामदार यसै बर्ष नेपाल फर्कनुपर्ने छ ।
इपीएसअन्र्तगत निर्धारित ४ बर्ष १० महिनाको सम्झौता सकिन लागेका उनीहरु स्वदेश र्फकनुपर्ने छ । समयमै फर्किए उनीहरु पुनः कोरिया जाने प्रकृया सुरु गर्न पाउने छन् ।
बैदेशिक रोजगार बिभाग अन्र्तगतको इपीएस नेपाल कार्यालयका अनुसार सन् २०१३ मा ४ हजार १ सय २० जना नेपाली कामदारको सम्झौता सकिदै छ । अपि्रल महिनामा १ सय २८ जना नेपालीको सम्झौता सकिएको छ । आगामी महिनाहरुमा सम्झौता सकिने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढ्ने छ । त्यसमध्ये ३९९२ जना पुरुष र १६२ जना महिला रहेका छन् ।
इपीएस कार्यालय सम्झौता सकिएका कामदारलाई समयमै नेपाल फर्किन र पुनः कोरिया जाने इच्छा भए प्रकृया थाल्न सूचना जारी गरेको छ । कोरियामा अबैधानिक नेपालीको संख्या नबढोस भन्ने अभिप्रायले कोरिया सरकारले अघिल्लो बर्षमात्र फर्किएका कामदारलाई ‘अनुभवी कामदार’का रुपमा पुनः कोरिया प्रवेश दिने ब्यबस्था गरेको थियो । गत महिनाबाटै उनीहरुको पुनः भाषा परिक्षा प्रकृया सुरु भइसकेको छ ।
हाल कोरियामा करिव १८ हजार नेपाली कामदार कार्यरत रहेको त्यसमध्ये करिव १६ हजार जना इपीएस प्रणाली अन्र्तगत रहेको अनुमान गरिन्छ ।
अबैधानिक बढ्न सक्ने
यो बर्षमात्रै ठूलो संख्यामा नेपालीहरुको भिषा सकिने भएकाले कोरियामा अबैधानिक नेपालीहरुको संख्या बढ्ने सक्ने देखिएको छ । पुनः कोरिया र्फकन नपाइने हो कि भन्ने आशंकका कारण कतिपय नेपालीहरु कोरियामै अबैधानिक-ओभरस्टे) बस्ने खतरा देखिन्छ । यसले अबैध नेपाली कामदारको संख्यामा बृद्धि हुने र नयाँ जाने नेपालीहरुको मागसमेत घटनेसक्ने भएकाले अबधि सकिएपछि फर्किन इपीएस कार्यालयले अनुरोध गरेको छ ।
कोरियाको अध्यागमन बिभागले हालै सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार कोरियामा १ हजार ९ सय ८७ जना नेपाली गैरकानुनीरुपमा बसिरहेका छन् । कोरियामा करिव १ लाख ८० हजार अबैधानिक बिदेशी कामदार रहेकोमा नेपालीहरुको संख्या अनुमान गरिएभन्दा कम देखिएको छ ।
साभार : अनलाइन खबर

Post a CommentDefault CommentsFacebook Comments