कोरियामा नेपाली अबैधानिक १९ सय मात्र l
https://nnkorea.blogspot.com/2013/05/l_1.html
देवेन्द्र सम्बाहाम्फे
सउल (दक्षिण कोरिया)l
दक्षिण कोरियामा रहेका अबैधानिक प्रबासी नागरिकहरु मध्ये नेपालीहरुको संख्या न्यून रहेको पाइएको छ । यहाको अध्यागमन बिभागबाट प्राप्त तथ्यांक अनुसार १ हजार ९ सय ८७ नेपाली मात्र अबैधानिक रहेका छन् । अन्य देशका तुलनामा यो संख्या अत्यन्त न्यून हो ।
हाल कोरियामा १४ लाख ७० हजार ८ सय ७३ प्रवासी रहेका छन् । यी मध्ये १२.२ प्रतिशत अर्थात १ लाख ७९ हजार ८ सय ४६ अबैधानिक रहेका छन् । यो संख्या गत बर्षको तुलनामा ४.५ प्रतिशतले बृद्धि भएको हो । ईपीएस मार्फत रोजगारी गर्न अएका अदक्ष कामदारहरु ५४ हजार ९ सय ५१ अबैधानिक रहेका छन् ।
कोरियामा काम गर्न आएका मजदूर मात्र होइन बिभिन्न देशबाट ब्यापारी,बिद्यार्थी,प्राद्यापक, बैबाहिक भिसा,प्राविधिक,शिक्षक,बिशेषज्ञ,पर्यटक,कलाकार ,खेलाडी,सामाजिक कार्यकर्ता,धार्मिक गुरु बनेर आएका समेत अबैधानिक हुने गरेका छन् । प्राप्त बिबरण अनुसार हालसम्म पानी जहाजमा काम गर्ने भिसामा आएका ४ हजार ७८ जना अबैधानिक रहेका छन् । त्यसरी नै पर्यटक ५ हजार ७ सय ८६ ,कुक २ हजार १ सय ९३,सांस्कृतिक भिसाबाट आएका १ हजार ४ सय २९,शिक्षक ८०, बिशेषज्ञ २१ प्राद्यापक १७ ,अनुसन्धानकर्ता १३ ,प्राबिधिक ३, अबैधानिक रहेका छन् ।
राष्ट्रका आधारमा सबैभन्दा धेरै चीनिया नागरिकहरु अबैधानिक रहेका छन् । उनीहरु ६९ हजार ७ सय ७३ रहेका छन् । त्यसपछि क्रमश: भियतनाम २६ हजार ५ सय १०,थाइलेण्ड १८ हजार ३ सय ४५, फिलिपिन्स १३ हजार ६ सय ५२,मंगोलिया ८ हजार ६ सय ३३, इण्डोनेसीया ६ हजार २ सय ९, उज्वेकिस्तान ४ हजार ८ सय ६६ ,बंगलादेश ४ हजार ६ सय १८,श्रीलंका ३ हजार ८ सय १८ ,पाकिस्तान ३ हजार २ सय ५३, कम्बोडिया १ हजार ८ सय ७ ,म्यानमार १ हजार ३ सय १ जना अबैधानिक रहेका छन् । कोरियाले ईपीएस मार्फत एशियाका १५ देशबाट अदक्ष कामदार आपूर्ति गर्दै आएको छ ।
कोरियामा बिकासन्मोख देशका मजदूर मात्र होइन बेलायत,अमेरिका,जापान,क्यानडा,न्यूजिलेण्ड,अष्ट्रेलिया जस्ता बिकसित र सम्पन्न मुलुकका नागरिक समेत अबैधानिक हुने गरेका छन् । ती मुलुकहरु मध्ये सबैभन्दा अग्रपंतिमा अमेरिका रहेको छ । यहा ३ हजार ५० जना अमेरिकीहरु अबैधानिक रहेका छन् । त्यसैगरि जापानी ८ सय ५४,भारतीय ९ सय ६८,रसियन ९ सय ९७ बेलायती ९५, अष्ट्रेलियाली ३ सय १२,ताइवानी ९ सय ९,न्यूजिलेण्ड १ सय ३९,हङकङेली २ सय २, र अन्य देशका ६ हजार ७ सय ५३ जना अबैधानिक रहेका छन् ।
कोरियामा करिब १७ हजार नेपाली रहेका छन् भने १ हजार ९ सय ८७ अबैधानिक भएका छन् । यी मध्ये ईपीएस मार्फत काम गर्न आएकाहरु ९ सय ५१ रहेको छ । बाकि १ हजार ३६ अन्य भिसाबाट आएर अबैधानिक भएका हुन् । अन्य भिसाबाट आएर अबैधानिक हुने नेपालीहरुको संख्या अमेरिकी र भारतीयहरु भन्दा न्यून रहेको छ । नेपाली कामदारहरु कुनै अपराधिक गतिबिधिमा संलग्न नभएको बिबरणमा उल्लेख छ । स्मरणीय छ कोरिया र भारतबिच मजदूर आपूर्ति गर्ने सम्झौता भएको छैन ।
उल्लेखित तथ्यबाट सोलस्थित नेपाली दूताबासका अधिकारिहरुको भनाई झूटो साबित भएको छ । ती अधिकारीहरुले अबैधानिक नेपालीहरुको संख्या धेरै भएकाले समस्या धेरै सिर्जना भएको र इपीएस कोटा बढाउन समस्या हुने गरेको बताउदै आएका छन् । उनीहरुले अबैधानिक नेपाली कामदारहरुलाई पक्राउ गरेर नेपाल पठाई दिने धम्कि समेत दिंदै आएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments