कोरियामा ४ हजार नेपालीहरुको कार्यअवधि सकिन्दै l

देवेन्द्र सम्बाहाम्फे 
सउल दक्षिण कोरिया l
ईपीएसबाट रोजगारी गर्न कोरिया आएका मध्ये यो बर्ष ४ हजार १ सय २० नेपाली कामदारको पहिलो कार्यअवधि समाप्त हुने भएको छ ।
 २०१३ को जनवरी १ देखि डिसेम्बर २३ सम्ममा ती कामदारको कार्यवधि समाप्त हुन लागेको हो । गत बर्ष ८ सय ३२ कामदारको समाप्त भएको थियो । ईपीएस कोरिया शाखा नेपालले एक सूचना जारी गर्दै कार्यअवधि सकिएका कामदारहरुलाई समयमै नेपाल फर्केर कमिटेड वर्क सिस्टम,सीबीटी लगायत अन्य प्रकृया पूरा गरेर रोजगारीका लागि पुन: कोरिया फर्कन सूचित गरेको छ । शाखाले उल्लेखित प्रकृयाहरु पूरा गरेर नेपाल,नेपाली र ईपीएसलाई सफल बनाउन अनुरोध पनि गरेको छ ।

Related

korea 2770333353416467748

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item