लुम्बिनीको शान्तिदीप कोरिया आइपुग्यो l
https://nnkorea.blogspot.com/2013/05/l_2.html
अशोक मैनाली-सउल, दक्षिण कोरिया l
बुद्दको जन्मभूमी लुम्बीनीमा रहेको अखण्ड ज्योति कोरिया ल्याईपुर्याईएको छ। राष्ट्रपती निवास शितल निवासमा एक भव्य कार्यक्रम गरी राष्ट्रपती रामवरण यादवद्वारा बैशाख ६ गते हस्तान्तरण गरिएको सो ज्योति कोरियाको स्थानिय समय अनुसार बिहान १० बजे ईन्छन ल्याईएको थियो। चीनको प्रमुख गुम्बाहरुमा परिक्रमा गराउदै ल्याईएको सो ज्योतिलाई हजारौं कोरियाली र सयौं नेपालीको उपस्थीतीमा स्वागत गरिएको थियो।
कोरियालीहरूले परम्परागत पोशाकमा सु-सज्जित भएर बाजा गाजा सहित सो ज्योति भित्र्याउंदा बेग्लै रौनकको वातावरण छाएको थियो। भने नेपालीहरू पनी ढाका टोपी र दौरा सुरुवाल लगाएर नेपाली झण्डा बोकेर अत्यन्त उत्साहका साथ सहभागी भएका थिए ।
दुई कोरियाको सिमानामा पनी पुर्याईयो ज्योति
दक्षिण र उत्तरलाई बिभाजन गरिएको मुन्सान स्थित डी एम जेट ( डेमिलिटराइज जोन)मा एक भव्य कार्मक्रमको आयोजना गरियो। कोरियाली प्रायद्दीपमा शान्तीको कामना गर्दै उद्घाटन गरिएको सो कार्यक्रमा कोरियाका राजनैतिक नेताहरू ,प्रतिष्ठित व्यापारीहरू र प्रमुख गुम्बाका बौद्द भिक्षुहरू लगायत हजारौं कोरियाली नागरिकहरू उपस्थित थिए। कार्यक्रममा मन्तव्य राख्दै कोरियाका लागी नेपाली राजदूत कमान सिंङ् लामाले यो दीप यात्राले दुई देश बीचको सम्बन्धमा नंया उचाई थपेको चर्चा गर्दै यसले दुबै मुलुकका नागरिक बीचको सम्बन्धमा नंया आयाम थपेको बताए। राजदूत लामाले आफूहरूको उदेश्य बुद्दको जन्म बारेको भ्रम हटाउनु र कोरियाली प्रायदीपमा शान्तिको कामना गर्नु रहेको उल्लेख गरे । त्यस्तै दोसन्सा गुम्बाका प्रमुख सम्मुख हेजाले राष्ट्पती रामवरण यादवले सो ज्योति हतान्तरण गरिएको स्मरण गर्दै नेपालबाट ज्योति कोरिया ल्यांउदा नेपाली जनताले देखाएको उत्साह प्रती आभार व्यक्त गरे । साथै उनले यो कार्यले बुद्द धर्म , नेपाल र कोरिया बीचको सम्बन्धमा नंया आयाम थपिने बिश्वास व्यक्त गरे ।
उक्त कार्यक्रम लगत्तै सो ज्योति दोसन्सा गुम्बामा प्रतिस्थापन गरिएको छ भने यंहाका प्रमुख १०८ गुम्बाहरुमा परिक्रमा गराईने छ। र मई ११ मा प्रत्येक बर्ष लाखौं कोरियालीको उपस्थितीमा हुने’लाल्टिन फेष्टिभल’ को अवशरमा सो ज्योति घुमाएर बिशेष कार्यक्रम गरिने बताईएको छ। ‘लाल्टिन फेष्टिभल’ बौद्द धर्मालम्बीहरूले बिशेष महत्वका साथ लिने गर्दछन्।
कोरियाको दोसन्सा गुम्बा ,सौल स्थिति नेपाली दूतावासको पहलमा कोरिया ल्याईएको सो ज्योति प्रज्वलन र अखण्ड दिप यात्रा व्यवस्थापनको लागी कोरियामा र नेपालमा नागरिक समिति निर्माण गरिएको थियो। नेपाल बौद्द परिवार कोरियाका अध्यक्ष ईश्वर गुरुङ्को संयोजकत्वमा यंहाका बुद्दीजीवी ,व्यापारी ,समाजसेवी रहेको समिति निर्माण गरिएको थियो भने नेपालमा समाजसेवी कपिल लामाको संयोजकत्वमा १ हजार ८ सदस्यिय र त्यसैको मातहत अन्य उपसमिती पनी निर्माण गरिएको थियो।
एतिहासिक कार्य भयो -शर्मा
कोरियाका प्रतिष्ठित व्यापारी तथा समाजसेवी रुद्र शर्माले यो अखण्ड दीप स्वागत कार्यक्रम एतिहासिक र भव्य भएको बताएका छन्।
कोरियामा गठन गरिएको ‘अखण्ड ज्योति प्रज्वलन तथा व्यवस्थापन समिती’का सदस्य तथा आर्थिक उपसमितीका संयोजक समेत रहेका शर्माले यो कार्यले आफू उत्साहित भएको र यसको महत्वको वर्णन गर्न आफू संग कुनै शब्द नै नभएको बताए । उनले भने ‘जुन रुपमा हजारौं कोरियाली नागरिकको उपस्थितीमा दीप कोरिया भित्र्याईयो यसको मह्त्व र गरिमाको कुनै सिमा नै छैन। ‘ उनले थपे ‘यो कार्यले बुद्दको जन्म बारेको भ्रम मात्र हटाउंदैन ,नेपालमा गुनात्मक रुपमा पर्यटक भित्र्याउन मद्दत गर्छ भन्नेमा हामी ढुक्क छौं ।’

Post a CommentDefault CommentsFacebook Comments