दोस्रो तिलिचो कप फुटबल प्रतियोगिताको टिम दर्ता गर्ने समय खुल्ला l

रमेश खावाजु , दक्षिण कोरिया l
मनाङ परिवार दक्षिण कोरियाद्वारा २०१३ जुन १६ तारिक आइतबारका दिन आयोजना गर्न लागेको "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " कार्यक्रमको लागी टिम दर्ता गर्ने समय खुल्ला भएको छ l 

आपतकालीन राहत कोष निर्माणको लागी गर्न लागेको मैत्रीपूर्ण  फुटबल प्रतियोगिता  सोयासन फुटबल ग्राउण्डमा हुन् लागेको हो l प्रतियोगितामा १४ वटा टिमले भाग लिन पाउनेछ l प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १० लाख ,मेडल  तथा प्रमाणपत्र दिइनेछ l दोस्रो हुने टिमलाइ नगद ५ लाख ,मेडल ,प्रमाणपत्र दिइनेछ भने  बेस्ट प्लेयर ,बेस्ट स्कोर तथा बेस्ट किपरलाइ आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको छ l  सो प्रतियोगिताको दर्ता शुल्क २ लाख ५० हजार रहेको छ l यस फुटबल प्रतियोगिताको लागी आवेदन दिने अन्तिम मिति २०१३ मे ३१ सम्म हुनेछ l  मनाङ परिवारद्वारा दक्षिण कोरिया  स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरु लगायत खेलप्रेमीहरुले आ आफ्नो टिम दर्ता गराई दिनु हुन अनुरोध गरिएको छ l 
  
          भाग्यशाली चिट्ठा कार्यक्रम 
 मनाङ परिवार दक्षिण कोरियाद्वारा आपतकालीन राहत कोष निर्माणार्थ "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " को अवसरमा भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने भएको छ l सो भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नगद ५० हजार रुपैंया , दोश्रो पुरस्कार नगद ३० हजार तथा तेश्रो पुरस्कार नगद २० हजार रुपैंया रहेको छ l 
गतबर्ष  भएको  पहिलो तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सहभागीहरुको भब्य उपस्थितिबाट हौसिएका मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष प्रकाश लामाले यस बर्षको प्रतियोगितालाई अझ प्रभाबकारी बनाउने  जानकारी दिएका छन् l उहाँले यस बर्षको भाग्यशाली चिट्ठाको आम्दानीबाट कोरियाभित्रको  समस्याको समाधानको लागी  उपयोग  गर्नको  लागि  आपतकालीन  राहत  कोषको  स्थापना  गर्ने पनि बताए l साथै १६ जुन  २०१३ आइतबार गरिन लागेको "तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा भाग्यशाली चिट्ठा "कार्यक्रममा सहभागी भइ सफल परिदिहुन कोरिया स्थित सम्पूर्ण संघ संस्थाहरु तथा नेपाली समुदायहरुमा बिनम्र अनुरोध गर्नु भएको छ l 
मनाङ परिवार दक्षिण कोरिया  सन् २००१ मा  कोरियामा रहेका मनाङबासी तथा अन्य दुखी  पिडित कोरियामा रहेका नेपालीहरुलाइ सहयोग गर्ने तथा उदेश्यले स्थापित संस्था हो l  मनाङ परिवार दक्षिण कोरियाले स्थापनाकाल देखि नै कोरियामा भएका हरेक विभिन्न संस्थाहरुसंग हातेमालो गर्दै हरेक सुख -दुखका गतिबिधिहरुमा संलग्न हुँदै आइरेह्को छ l मनाङ परिवार कोरियाले २०१२ / २०१३ मा विभिन्न संघ संस्थाहरुलाइ सहयोग गरिएको बिबरण यस प्रकारका छन् l
मनाङ परिवार कोरियाले २०१२ / २०१३ मा विभिन्न संघ संस्थाहरुलाइ सहयोग गरिएको बिबरण 

१. मुस्ताङ परिवार ( सांगीतिक सौगात ) - १०१००० वन + टिकट बिक्रि l 
२ . भोजपुर समिति ( चिनारी सांस्कृतिक कार्यक्रम ) - ५१.००० वन + टिकट बिक्रि l
३.नेपाल बौद्ध परिवार ( सांगीतिक सौगात ) - ५१,००० वन  + टिकट बिक्रि l 
४.किरात राइ यायोख्वा (साकेला कार्यक्रम ) - ५१००० वन + टिकट बिक्री l 
५ .डाइनामिक मोरङ कमिटि ( फिल्म फेसबुक ) - ३५००० वन + टिकट बिक्रि l  
६ .बागलुङ सम्पर्क समिति (धौलागिरि सांगीतिक ) - ५१००० वन + टिकट बिक्रि l 
७ .नेपाल कोरिया ब्यापार संघ ( सांस्कृतिक कार्यक्रम ) - ५१००० + टिकट बिक्रि  l 
८. एन.आर .एन कोरिया ( बुद्ध नेपाल डकुमेन्ट्री ) - ५१००० वन l 
९.गोर्खा परिवार ( मनासुलु सांगीतिक सौगात ) -१०१००० वन + टिकट बिक्रि l 
१०.नवलपरासी सम्पर्क समिति (फिल्म लुट  ) - ३५००० वन + टिकट बिक्रि l 
११.जनजाति महासंघ ( सांस्कृतिक कार्यक्रम ) - ५५ ००० + टिकट बिक्रि  l 
१२. भू.पु .खेलाडी संघ ( सांस्कृतिक कार्यक्रम ) - ५१००० + टिकट बिक्रि  l 
१३.कास्की परिवार (सालनाल  सांस्कृतिक कार्यक्रम ) - ५५ ००० + टिकट बिक्रि l
१४.तमु धी ( ल्होछार कार्यक्रम )               ३५००० वन + टिकट बिक्रि l 
१५.मगर संघ ( माघे संक्रान्ति )               ३५००० वन + टिकट बिक्रि l 
16 . नेवा पुचः(दिपक बज्राचार्य कार्यक्रम )- ५१००० वन l 
१७.पुष्पा बस्नेत सम्मान कार्यक्रम          - १,५०,००० वन l 
१८,छाबि चिप आमा दाह संस्कार कार्यक्रम - १० ५००० वन  l
 १९.  लुम्बिनी भ्रमण बर्ष प्रचार   प्रसार   -     ५०,००० l
२०.योङ्ग स्टार ग्रुप  (क्यान्सर रोगि )   - १५०,००० वन l 
२२ ,मुस्ताङ्ग ल्होछार  -                         ५,००,०००  वन l 
२३ ,शोभा श्रेष्ठ सम्मान कार्यक्रम         - ५१००० वन l
२४ .लम्जुङ्ग परिवार ( बिरामी युबराज घले ) २०१००० वन l
२५.मनाङ जिल्ला भरिका अपांगहरुलाइ      - २,००,००० रुपैया l 
२६. मनाङ गुम्बा निर्माण सहयोग            - ३,३१,८०० रुपैंया l  
२७ .धन कुमारी गुरुङ (किड्नी रोगि ,मनाङ परिवारद्वारा चन्दा संकलन )- २,२८,६०० रुपैंया l 
२८. नेपाल कोरिया न्युज (दृष्टिबिहिन गायक प्रकाश तिमिल्सिनालाइ )  -  १,०५००० वन l
२९ . खोटांग सेवा समाज , लम्जुङ्ग परिवार गुल्मी सम्पर्क समिति , थकाली सेवा समाज ,कास्की परिवार , स्याङ्जा परिवार ,लभ इन नेपाल , नेपाल कोरिया न्युज ,हरुले आयोजना गरेको भाग्यशाली चिट्ठा बिक्रि गरेको जानकारी l 
   जम्मा २०,६७००० वन ,र ने.रु. ७,६०,४४० रुपैंया सामाजिक कार्यमा सहयोग गरिएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने प्रतिबद्दता मनाङ परिवार ,दक्षिण कोरियाले ब्यक्त गरेको छ l
                                                               

Related

korea 3024253624609380147

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item